काठमाडौं। मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरण शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ता सदस्यहरूको धारामा वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन ।
सिंहदरबारमा आयोजित खानेपानी पथान्तर कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘‘सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौं उपत्यकामा नयाँ वितरण प्रणाली र फोहोर पानी प्रशोधन प्रणालीसमेत विकास गरिनेछ। केही वर्षभित्रमा अर्को चरणमा काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ता सदस्यहरूको धारामा वितरण गरिने व्यवस्था मिलाउनका लागि सम्बन्धित निकायलाई निर्देशितसमेत गर्दछु।’’
प्रधानमन्त्रीले सिएमसी कम्पनिले बीचमै काम छोडेर जाँदा बाँकी रहेको दायित्व कसरी भुक्तानी गर्ने भन्ने विषयमा डा। दिल बहादुर गुरूङको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा उचित निर्णय लिइने जानकारीसमेत दिए ।
‘‘मेलम्ची खानेपानी आयोजनाको सुरुङ्ग निर्माणमा संलग्न इटालियन निर्माण कम्पनी सिएमसीसँग ठेक्का रद्द भएपश्चात उक्त कम्पनीसँग आवद्ध विभिन्न स्थानीय आपूर्तिकर्ता र गोदाम एवं भण्डारणका लागि घर भाडामा दिएका घर तथा जग्गाधनीहरूले भुक्तानी नपाएको समस्या लगायत विविध कारणले आयोजनाको काम पटकपटक अवरुद्ध हुन गएकोले सो समस्या समाधानका लागि सिएमसीबाट पछि सरकारी बाँकीसरह असुलउपर गर्ने गरी नेपाल सरकारले तत्काललाई राहत प्रदान गर्ने विषयमा राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य डा। दिल बहादुर गुरूङको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा उचित निर्णय लिइनेछ,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - १५:३०
काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...
चैत्र २ गते, २०८२ - १५:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...
चैत्र २ गते, २०८२ - १५:१०
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...
चैत्र २ गते, २०८२ - १४:५३
राजविराज। सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ स्थित जनता माध्यमिक विद्यालय खुदीबखारी कुपहीमा परीक्षा फारम भर्ने विषयलाई लिएर विद्यार्थी र विद्यालय प्रशास...
चैत्र २ गते, २०८२ - १४:२५
सुर्खेत । सुर्खेतमा बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि सम्पर्कविहीन भएका छन्। प्रहरीका अनुसार, सुर्खेत बराहताल गाउँपालिका...
चैत्र २ गते, २०८२ - १४:०६
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग सञ्चालनका लागि एकतर्फी निर्णय गरेको विरोधमा क्लबहरू आन्दोलित बनेका छन्। सोमबार प...
चैत्र २ गते, २०८२ - १३:४३
कास्की। नेपाल हवाई खेलकुद संस्था(ना) को आयोजनामा पाँच वर्षपछि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । आगामी चैत ५ गतेदेखि ७ गतेसम्म प...
चैत्र २ गते, २०८२ - १३:३०
काठमाडौं । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय माग्दै काठमाडौंमा आज पनि विरोध प्रदर्शन भएको छ। काठमाडौंको माइतीघर मण्ड...
चैत्र २ गते, २०८२ - १३:१९
कालीकोट। कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको रास्कोट नगरपालिका –८ बाँखरकोटका अन्दाजी ५० वर्षे मन वरालको करेन्ट लागेर मृत्यु भएको ह...
चैत्र २ गते, २०८२ - १३:०९
इनरुवा। सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ । खुल्ला सीमाको मौका छोपी भारतीय बजारबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा...


प्रतिकृया लेख्नुहोस्: