कालीकोट । विभिन्न जातजाति र समुदायमा फरक–फरक तरिकाले मनाइने माघे सङ्क्रान्ति कालीकोटमा भने छोरीलाई कोसेली दिएर मनाइने गरेको छ । माघी तिहार अवसरमा कर्णालीमा चेलीलाई हरियो पोकामा कोसेली दिएर माघी पर्व मनाइने गरिन्छ ।
चेलीलाई माघी पर्वका अवसरमा दिने हरियो पोकामा कोसेली दिने चलन रहेको छ । यो परापूर्वकालदेखि चल्दै आएको र १५ दिनसम्म छोरीलाई दिने गरिन्छ । विभिन्न परिकारसहितको कोसेली हरियो पातमा छोरीचेलीलाई दिने चलन परापूर्वकालदेखि चलिआएको छ ।
धार्मिक मान्यताअनुसार यो माघ महिनालाई पवित्र महिनाका रुपमा लिने गरिएको नरहरिनाथ उत्थान केन्द्रका सल्लाहकार किशोरकुमार रावलले बताए। “कर्णालीमा अन्य ठाउँको भन्दा भिन्न तरिकाले माघी मनाउने चलन छ,” उनले भने, “वैदिक मान्यताअनुसार कर्णाली तथा सुदूरपश्चिममा माघ महिनालाई पवित्र महिनाका रुपमा लिएर चेलीलाई कोसेली दिने चलन रहेको छ ।”
धार्मिक मान्यताअनुसार माघ महिनामा कपाल काट्न, खौरिन नहुने, बलि दिन नहुने र यस अवसरमा कागको पूजा गर्ने चलन रहेको पञ्चदेवल मावि खाँडाचक्र नगरपालिका–२ मान्मका सहायक प्रधानाध्यापक चन्द्रप्रसाद कोइरालाले बताए। “टाढाटाढा रहेका दिदीबहिनीलाई हरियो पातमा कोसेली पुर्याउने चलन छ,” उनले भने, “कर्णालीमा माघ पवित्र महिना भएका कारणले मारकाट पनि गरिँदैन ।” टाढाटाढा रहेका छोरीलाई माइती पक्षले माघ महिनाभर नै कोसेली पुर्याउने चलन कर्णाली क्षेत्रमा रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: