कालीकोट । विभिन्न जातजाति र समुदायमा फरक–फरक तरिकाले मनाइने माघे सङ्क्रान्ति कालीकोटमा भने छोरीलाई कोसेली दिएर मनाइने गरेको छ । माघी तिहार अवसरमा कर्णालीमा चेलीलाई हरियो पोकामा कोसेली दिएर माघी पर्व मनाइने गरिन्छ ।
चेलीलाई माघी पर्वका अवसरमा दिने हरियो पोकामा कोसेली दिने चलन रहेको छ । यो परापूर्वकालदेखि चल्दै आएको र १५ दिनसम्म छोरीलाई दिने गरिन्छ । विभिन्न परिकारसहितको कोसेली हरियो पातमा छोरीचेलीलाई दिने चलन परापूर्वकालदेखि चलिआएको छ ।
धार्मिक मान्यताअनुसार यो माघ महिनालाई पवित्र महिनाका रुपमा लिने गरिएको नरहरिनाथ उत्थान केन्द्रका सल्लाहकार किशोरकुमार रावलले बताए। “कर्णालीमा अन्य ठाउँको भन्दा भिन्न तरिकाले माघी मनाउने चलन छ,” उनले भने, “वैदिक मान्यताअनुसार कर्णाली तथा सुदूरपश्चिममा माघ महिनालाई पवित्र महिनाका रुपमा लिएर चेलीलाई कोसेली दिने चलन रहेको छ ।”
धार्मिक मान्यताअनुसार माघ महिनामा कपाल काट्न, खौरिन नहुने, बलि दिन नहुने र यस अवसरमा कागको पूजा गर्ने चलन रहेको पञ्चदेवल मावि खाँडाचक्र नगरपालिका–२ मान्मका सहायक प्रधानाध्यापक चन्द्रप्रसाद कोइरालाले बताए। “टाढाटाढा रहेका दिदीबहिनीलाई हरियो पातमा कोसेली पुर्याउने चलन छ,” उनले भने, “कर्णालीमा माघ पवित्र महिना भएका कारणले मारकाट पनि गरिँदैन ।” टाढाटाढा रहेका छोरीलाई माइती पक्षले माघ महिनाभर नै कोसेली पुर्याउने चलन कर्णाली क्षेत्रमा रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: