Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दाबी

खबरडबली संवाददाता
एजेन्सी । उत्तर कोरियाले हाइपरसोनिक युद्धाभ्यासयुक्त नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको सोमबार बताएको छ । उक्त परीक्षण दक्षिण कोरियाली र अमेरिकी लक्ष्यहरूलाई धम्की दिनका लागि उन्नत हतियारको खोजीमा पछिल्लो सफलता भएको उसको भनाइ छ । 
 
प्योङयाङको यस वर्षको पहिलो ज्ञात हतियार परीक्षण र ठोस–इन्धन हाइपरसोनिक मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र (आइआरबिएम) को पहिलो परीक्षण सोलको सेनाले आइतबार दिउँसो पत्ता लगाएको थियो । 
 
आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) को संक्षिप्त रिपोर्टले ठोस–इन्धन आइबिआरएमबी हाइपरसोनिक युद्धाभ्यास नियन्त्रित वारहेडयुक्त भएको बताएको छ । परीक्षणको उद्देश्य हतियारको ‘ग्लाइडिङ र कौशलता विशेषताहरू’ तथा ‘नयाँ विकसित बहुचरण उच्च थ्रस्ट ठोस–इन्धन इन्जिनको विश्वसनीयता’ लाई प्रमाणित गर्नका लागि भएको केसिएनएले बताएको छ । 
 
केसिएनएले आइतबारको प्रक्षेपणबाट कुनै पनि छिमेकी मुलुकको सुरक्षामाथि कुनै असर नगरेको र यसको क्षेत्रीय अवस्थासँग कुनै सरोकार नभएकोसमेत बताएको छ । 
 
यद्यपि प्योङयाङले दक्षिण कोरियासँगको मुलुकको तनावपूर्ण सामुद्रिक सीमा नजिकै लाइभ–फायर अभ्यास आयोजना गरेको केही दिनपछि यो परीक्षण भएको छ । यसले जवाफी अभ्यास र केही दक्षिण कोरियाली सीमावर्ती टापूहरूलाई खाली गर्न आदेशलाई प्रेरित गरेको छ । 
 
गत साता उत्तर कोरियाली नेता किम जोङ उनले सोललाई आफ्नो ‘प्रमुख दुश्मन’ को संज्ञा दिएपछि र प्रमुख हतियार कारखानाहरूको भ्रमण गर्दा दक्षिण कोरियालाई नष्ट गर्न आफूले कुनै सङ्कोच नमान्ने चेतावनी दिएपछि यस्तो परीक्षण भएको छ । 
 
सोलको रक्षा मन्त्रालयले प्रक्षेपणको निन्दा गर्दै उत्तर कोरियाले दक्षिणविरुद्ध ‘प्रत्यक्ष उत्तेजना’ गरेको खण्डमा ‘अत्यधिक प्रतिक्रिया’ दिने बताएको छ । उत्तर कोरियाको यो व्यवहार स्पष्टरूपमा उत्तेजित पार्ने खालको छ जसले “ब्यालेस्टिक क्षेप्यास्त्रको प्रयोगमाथि प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन गर्दछ, साथै हामी कडा चेतावनी जारी गर्दछौँ र यसलाई तुरुन्त रोक्न आग्रह गर्दछौँ ।”
 
ठोस–इन्धन क्षेप्यास्त्रहरूलाई लुकाउन सजिलो हुन्छ र यसलाई फायर गर्न छिटो हुन्छ । हाइपरसोनिक क्षेप्यास्त्रहरूले सामान्यतया प्रयोगकर्ताहरूलाई लक्ष्यमा राम्रोसँग हिट गर्नका लागि उडानमा कौशलता देखाउन अनुमति दिन्छ । दुवै प्रविधि लामो समयदेखि मिको उद्देश्यहरूको सूचीमा छन् । 
 
“उत्तर कोरिया एकै समयमा ठोस इन्धन रकेट बुस्टरको प्रयोग गरेर हाइपरसोनिक क्षेप्यास्त्र तथा आइआरबिएमको विकासका लागि अगाडि बढिरहेको छ”, कोरिया रिसर्च इन्स्टिच्युट फर नेसनल स्ट्राटिजीका क्षेप्यास्त्र विशेषज्ञ चाङ यङ–क्युनले भने, “मध्यमदेखि लामो दूरीका हाइपरसोकि क्षेप्यास्त्रहरू अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट बच्न गुआममा हमला गर्न विशेषरूपमा उपयोगी हुनेछन् ।”
 
उत्तर कोरियाको अन्तिम क्षेप्यास्त्र परीक्षण डिसेम्बर १८ मा ह्वासोङ–१८ ठोस–इन्धन अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आइसिबिएम) को थियो ।
 
केसिएनएले आफ्नो सोमबारको रिपोर्टका साथ क्षेप्यास्त्र परीक्षणको एउटा तस्बिर पनि जारी गरेको छ जसमा परीक्षणको निरीक्षण गर्न किम उपस्थित भएको उल्लेख गरिएको छैन । 
 
अमेरिकास्थित विश्लेषक अङ्कित पाण्डाले विशेषज्ञ साइट एनके न्युजसँग तस्बिरले क्षेप्यास्त्रमा एउटा कथित म्यानुभरेबल रि–इन्ट्री वाहन (एमआरभी) पनि देखाएको बताए । उनका अनुसार प्योङयाङले उन्नत सटीकता र क्षेप्यास्त्र प्रतिरक्षालाई ‘राम्रोसँग आरपार गर्ने’ क्षमतायुक्त हतियार विकसित गर्ने प्रयास गरिरहेको छ ।
 
गत वर्ष किमले संविधानमा आणविक शक्तिका रूपमा मुलुकलाई स्थायी हैसियतमा पुर्याएपछि र उन्नत आइसिबिएमको परीक्षण गरेपछि दुवै कोरियाबिचको सम्बन्ध दशकौँमा सबैभन्दा तल्लो स्तरमा पुगेको छ । 
 
यसैबिच परम्परागत सहयोगी रुस र उत्तर कोरियाले हालै सम्बन्धलाई बढाएका छन् । किमले सेप्टेम्बरमा रुसको सुदूरपूर्वमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न एउटा दुर्लभ विदेश भ्रमण गरेका थिए । 
 
मस्कोका रक्षा तथा विदेशमन्त्रीसहित वरिष्ठ रुसी अधिकारीहरूले पनि गत वर्ष उत्तर कोरियाको भ्रमण गरेका थिए । दुवैतर्फको भ्रमणबाट सम्भावित हतियार सम्झौताको सम्भावनामाथि किएभका सहयोगीहरूबिच चिन्ता बढेको थियो । 
 
केसिएनएको रिपोर्टअनुसार सोमबार विदेशमन्त्री चो सोन हुईको नेतृत्वमा उत्तर कोरियाली सरकारको एक प्रतिनिधिमण्डल आधिकारिक भ्रमणका लागि मस्को पुगेको छ । 
 
गत वर्ष प्योङयाङले एउटा जासुसी उपग्रह सफलतापूर्वक अन्तरिक्ष कक्षमा स्थापना गरेको थियो । यसलाई दक्षिण कोरियाले युक्रेनमा मस्कोलाई युद्धका लागि हतियारको खेपको बदलामा रुसी सहयोग प्राप्त भएको दाबी गरेको थियो । 
 
कठिन आर्थिक स्थिति भए पनि प्योङयाङले सन् २०२३ मा आफ्नो पहिलो ठोस–इन्धन आइसिबिएमयुक्त हतियारहरूको परीक्षणको रेकर्ड–ब्रेकिङ शृङ्खला आयोजना गरेको थियो । यसलाई विश्लेषकहरूले ठूलो प्राविधिक सफलता भनेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE