प्रिय कामरेड विशाल भट्टराई नमस्कार,
हुन त तपाइहरुको लाइन नै यस्तै होला तर पनि यत्तिले मात्रै चित्त बुझाउन सकिन र केहीे प्रश्न गर्दै केही आफ्नो मनमा लागेको कुराहरु लेख्दैछु अपेक्षा छ मनन गरि समय र शब्द भएमा जवाफ समेत दिनुहुनेछ ।
सर्बप्रथम त तपाइहरुलाई सबै थाहा छ अहिले खोटाङ्गको प्रतिनिधि सभा सदस्यको गतिबिधी उहाँले के के गर्दै हुनुहुन्छ ? कता कता पहल छलफल भइरहेको छ ? तर, पनि किन बुझ पचाउनु हुन्छ सस्तो लोकपृयता र फण्डाको लागि ? लाज लाग्दैन ? तपाईहरुमा पोलिटिकल इथिक्स भन्ने चिज सकिएकै हो ?
हैन भने माननियको संसद बैठकको गतिविधी, गाउँ घरको गतिविधी, विकासे कार्यालयहरुको दौडधुप, निर्माण व्यावसायिहरु सँगको छलफल दवाब सबै कुरा सचिवालयदेखी अपडेट गराइएकै छ । तर तपाईहरु खोटाङ्गको प्रतिनिधि सभा सदस्य माननीय राम कुमार राईलाई खोजिरहेको जस्तो नाटक किन गर्नु हुन्छ ?
पुर्व माननीय विशाल भट्टराईले आफ्नो कार्यकालमा के के गर्नु भो ? लिष्ट बनाउनु सक्नु हुन्छ ? हैन भने आफु गफ र फण्डा भन्दा बढी केही नगर्ने अनि अरुले गरेको काम पनि गरेन भनेर जनता झुक्याउने । यो पुरानो तुरुप किन प्रयोग गर्नु हुन्छ ? अब यो एक्स्पायर भैसक्यो यसले काम गर्दैन झुटको खेती अब खोटाङ्गमा फाप्दैन हेक्का रहोस है ।
दोस्रो कुरा तपाइहरुकै भाषामा भन्दा जनताको पार्टी एमालेबाट निर्वाचित स्थानिय तहका जनप्रतिनिधीहरु के के गर्दै हुनुहुन्छ ? उहाँहरुको जिवनशैली, आर्थिक अपारदर्शिता, नैतिकता, अनुसाशनको बारेमा कहिले तपाईहरुको बैठकमा छलफल हुन्छ ?
थप अर्को कुरा तपाइहरुकै पार्टिका नेता कार्यकर्ता, तपाइको पार्टी सम्बद्ध ठेकेदार नेताहरुको बारेमा कहिले केही छलफल हुन्छ त्यहाँ ? सुरुमा आफू क्लियर हुनुस, आफ्नो बिगतको कदम कता कता चल्यो ? अहिले कता कता चल्दै छ र अब कता चल्न खोज्दैछ त्यो एक पटक मौन बसेर हेर्नुस त ।
हो तपाइहरुले खोजेको ठाउँमा माननीय राम कुमार राई पासाङ्ग नभेटिन सक्नु हुन्छ किन कि उहाँको उठ बस र घाँटि तस्कर, सुदखोर, दुराचारी सङ्ग जोडिएको छैन, जोडिने छैन र जोडिन दिइने छैन त्यहाँ त केवल भेटिने छ ‘सै पनि एमाले मै पनि एमाले ।’
र अन्तमा दश वर्षमा नभएको काम दुई दिनमा हुदैन भन्ने कुरा तपाईँहरुलाई थाहा नै होला छैन भने अब थाहा होस, मध्य पहाडी, सगरमाथा, पुल, हाइड्रो बनाउन माननीय राम कुमार राई एबकबलन च्बष् लाग्नु नै हुनेछ यताको पिर नगरी दिप्रुङ्ग र ऐसेलुखर्कमा भएको बेतिथीलाई न्युनिकरण गर्न तिर लाग्नुस हैन भने तपाईँहरु पनि त्यो कर्ममा सरिक हुनुहुन्छ भनेर बुझिने छ र बेतिथिको लिष्ट त सामाजिक सन्जालमा नै छ त्यतिले नपुगे सम्पर्क गर्नुस है ।
‘खोटाङ्गको बिकाशमा अत्ति बिलम्ब भो, अब अन्याय सहिन्न यसको बिरुद्ध लडिन्छ, दुधकोशी के भो ? सगरमाथा के भो? मध्य पहाडी के भो ? पुल के भो ?’ भनेर सामाजिक सन्जालमा रोइलो मच्याउन भन्दा दिप्रुङ्ग र ऐसेलुखर्कमा भएको बेतिथीलाई न्युनिकरण गर्न तिर लाग्न उचित होला । आगे तपाइहरुको जिम्मा ।
अरूण चाम्लिङ, खाेटाङ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - २२:४२
काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...
श्रावण ११ गते, २०८३ - २२:०७
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...



प्रतिकृया लेख्नुहोस्: