Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८२ बिहीबार | 1st May, 2025 Thu
Investment bank

संयुक्त राष्ट्रसङ्घद्वारा यो वर्ष युक्रेनका लागि ४.२ अर्ब अमेरिकी डलर जुटाउने प्रयास

खबरडबली संवाददाता

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले द्वन्द्वग्रस्त युक्रेनको समुदाय र शरणार्थीका लागि यसवर्ष  ४.२ विलियन अमेरिकी डलर जुटाउन खोजिरहेको छ । युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरूको पुन एकीकरण मन्त्रालयले सोमबार यस्तो जनाएको छ । 
 
विशेष गरी, संयुक्त राष्ट्रसङ्घले युक्रेनमा ८५ लाख मानिसलाई मानवीय सहायता प्रदान गर्न दाताबाट ३.१ अर्ब डलर आकर्षित गर्ने योजना बनाएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो ।  

रूस–युक्रेन द्वन्द्वका कारण देशबाट भाग्न बाध्य भएका २.३ मिलियन युक्रेनी शरणार्थीलाई सहयोग गर्न १.१ अर्ब डलर जुटाउने पनि विश्व निकायको लक्ष्य रहेको छ । युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेशुकले द्वन्द्वबाट प्रभावित युक्रेनीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय मानवीय योजनामा कीभले उच्च आशा राखेको बताए । 

उनले आन्तरिक रूपमा विस्थापित मानिस तथा युद्धबाट भागेर विदेश गएका आफ्ना नागरिकलाई समर्थन जारी राख्नुपर्ने बताएका छन् । 

सन्  २०२२ को फेब्रुवरीदेखि करिब ६३  लाख मानिस युक्रेनबाट भागेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । युक्रेनी अधिकारीहरूका अनुसार देशभित्र करिब ४९  लाख मानिस विस्थापित भएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिसमक्ष पाँच राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच देशका नवनियुक्त गैरआवासीय राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । ...

काेशी प्रदेशकाे लगानी सम्मेलन प्रधानमन्त्री उद्घाटन गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको  लगानी सम्मेलनको तयारी पूरा भएको छ । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रदेश सरकारले लगानी सम्म...

गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबिच भेटर्वार्ता

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले आज भेटवार्ता गरेका छन् ।  नेपाल भ्रमणका लागि काठमाडौँ आइप...

मकवानपुरमा छोराले बन्दुक चलाउँदा बाबु घाइते

मकवानपुर । मकवानपुरमा आफ्नै छारोले चलाएको भरुवा बन्दुकको छर्राले लागेर बाबु घाइते भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ९ स्थित अघोरका कान्...

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, गर्बुजा राज्य मन्त्री नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बिस्तार गरेका छन् । जसअनुसार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली...

शिक्षक महासंघ र सरकारबीच विद्यालय शिक्षा ऐन असार १५ भित्र जारी गर्ने सहमति

यी हुन् सरकार र शिक्षक महासंघबीच भएका ९ वटा बुँदा

सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध, सेवाग्राही मर्कामा

हुम्ला । हुम्लाको मध्येभेगमा रहेको सर्केगाड गाउँपालिकामा लामो समयदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् ।  सर्केगाड गाउँपालिक...

बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

स्याङ्जा । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बोलेरभन्दा पनि कामले नतिजा देखिनुपर्ने बताएका छन् । केदारनाथ मन्दिर महायज्ञ मूल समारोह स...

राजतन्त्र अब कहिल्यै फर्किदैन: प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट वर्तमान लोकतन्त्र प्राप्त भएसँगै तानाशाही राजतन्त्र अन्त्य भएकाले अब राजतन्त्र कहिल्यै नफर...

भारतीय होटलमा आगलागी, १५ जनाको मृत्यु

भारत । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको प्रहरीले बुधबार बताएको छ । आगलागी भएको होटलमा केही मानिस बच्नका ल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending