सोलुखुम्बु । समयमा हिमपात नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका सेता हिमाल क्रमशः कालो बन्दै गएका छन् । समयमा हिमपात तथा वर्षात नहुँदा सधैँजसो चाँदी झैँ टलक्क टल्कने सेता हिमाल कालापत्थरमा परिणत हुँदै गएका हुन् ।
बितेका वर्षमा मङ्सिर महिनामै हिमपात हुने गरेकामा यस वर्ष माघ लागिसक्दा समेत हिउँ पर्ने छाँटकाँट नरहेको स्थानीय सन्तोष मगरले बताए । गत वर्ष पनि ढिला गरी हिमपात भएको थियो भने यस वर्ष पनि माघ लाग्दासमेत हिउँ पर्न नसकेको उनको चिन्ता छ ।
मगरले भने, “हिउँ नपर्दा हिमाल कालो हुन थालेको छ भने बालीनाली पनि सुक्न थालेका छन् । यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे ।” सदरमुकाम सल्लेरीबाट आँखै अघि देखिने नुम्बुर हिमाल यस वर्ष खासै चहकिलो देखिएको छैन । सधैँजसो हिउँले पूरै भरिने नुम्बुर हिमालमा अहिले पहाडका कालो भाग देखिन थालेको सल्लेरीका एक वृद्ध जाङ्बु शेर्पाले बताए ।
उनले भने, “हिउँ नपर्दा हिमाल हिमालजस्तो रहेन, डाँडाकाँडा पूरै सुक्खा हुँदै गएर विरक्त लाग्दा देखिएको छ, खै के भएर यस्तो भएको हो, समय फेरिएर हो कि के भएको हो, अचम्म लाग्दो भएको छ ।” सामान्यतया चिसो मौसममा हिमपात हुन्छ ।
पुसको सुरुआत नै यहाँका लागि हिमपातको मुख्य याम हो तर यस वर्ष तल्लो क्षेत्र मात्र नभई उच्च हिमाली क्षेत्र खुम्बुमा समेत अहिलेसम्म हिमपात भएको हुन सकेको छैन । हिमपात हुने समयमा हिउँ नपर्दा खुम्बुका स्थानीयले समेत अनौठो मानेका छन् ।
सर्वाेच्च शिखर सगरमाथासहित ल्होत्से, नुत्से, पुमरी, आमादब्लम, कोङ्गदे जस्ता चर्चित हिमालमा हिउँको मात्रा कम हुँदै गएको नाम्चेका लामाकाजी शेर्पाको अनुभव छ । “करिब दुई वर्षअघि पुसको सुरुआतमै दुई फिटसम्म हिमपात भएपछि गाउँदेखि आन्तरिक पर्यटक हिउँमा रमाएका थिए तर गत वर्ष पनि ढिला गरी हिमपात भयो, यस वर्ष पनि माघ लागिसक्दा हिउँ पर्न सकेको छैन”, शेर्पाले सम्झँदै भने ।
मौसममा हिउँ नपर्नु, पानी नपर्नु जलवायु परिवर्तनको मुख्य असर भएको स्थानीयले समेत महसुस गरेका छन् । वनजङ्गलको तीव्र फँडानी, हानिकारक ग्यासको उत्सर्जनलगायत कारण जलवायुमा परेको असरले वातावरणमा असर पर्न थालेको वातावरणविद् राजन थापाले बताए ।
समयमा हिमपात तथा वर्षात नहुँदा हिमाली क्षेत्रमा हरियाली कम देखिन थालेको छ भने हिम नदीले बहने धार समेत परिवर्तन गर्दै गएको खुम्बुका पेम्बा शेर्पाको अनुभव छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८२ - २०:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच देशका नवनियुक्त गैरआवासीय राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । ...
बैशाख १७ गते, २०८२ - २०:३६
विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनको तयारी पूरा भएको छ । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रदेश सरकारले लगानी सम्म...
बैशाख १७ गते, २०८२ - २०:२१
काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले आज भेटवार्ता गरेका छन् । नेपाल भ्रमणका लागि काठमाडौँ आइप...
बैशाख १७ गते, २०८२ - २०:१७
मकवानपुर । मकवानपुरमा आफ्नै छारोले चलाएको भरुवा बन्दुकको छर्राले लागेर बाबु घाइते भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ९ स्थित अघोरका कान्...
बैशाख १७ गते, २०८२ - २०:१३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बिस्तार गरेका छन् । जसअनुसार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली...
बैशाख १७ गते, २०८२ - २०:०९
यी हुन् सरकार र शिक्षक महासंघबीच भएका ९ वटा बुँदा
बैशाख १७ गते, २०८२ - १९:१७
हुम्ला । हुम्लाको मध्येभेगमा रहेको सर्केगाड गाउँपालिकामा लामो समयदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । सर्केगाड गाउँपालिक...
बैशाख १७ गते, २०८२ - १९:१२
स्याङ्जा । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बोलेरभन्दा पनि कामले नतिजा देखिनुपर्ने बताएका छन् । केदारनाथ मन्दिर महायज्ञ मूल समारोह स...
बैशाख १७ गते, २०८२ - १९:०८
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट वर्तमान लोकतन्त्र प्राप्त भएसँगै तानाशाही राजतन्त्र अन्त्य भएकाले अब राजतन्त्र कहिल्यै नफर...
बैशाख १७ गते, २०८२ - १९:००
भारत । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको प्रहरीले बुधबार बताएको छ । आगलागी भएको होटलमा केही मानिस बच्नका ल...
प्रतिकृया लेख्नुहोस्: