Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८२ बिहीबार | 1st May, 2025 Thu
Investment bank

पर्यटनलाई समृद्धिको आधारका रुपमा स्थापित गर्नुपर्छ : राष्ट्रपति

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनसङ्ख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नबाली तथा अर्गानिक खाद्यवस्तु सिधै होटलमा आपूर्ति गरी ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन सुझाव दिएका छन् ।

होटल सङ्घ नेपालले आफ्नो स्थापना दिवसका अवसरमा मनाउन सुरु गरेको ‘प्रथम सत्कार दिवस, २०८०’ को आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको मौलिक रैथाने खाना र संस्कृतिलाई समेत विश्वमाझ प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । 

राष्ट्रपति पौडेलले नेपालको होटल क्षेत्रले ‘अतिथि देवो भवः’ को मूल मर्मलाई जीवन्त राखी विश्वसामु राष्ट्रिय गरिमालाई अभिवृद्धि गर्न सफल हुनु खुसीको विषय भएको बताए । उनले भने, “सेवा, सत्कार र आतिथ्य मुलुकको पहिचानको महत्वपूर्ण पाटो रहेको हुँदा यस क्षेत्रमार्फत राष्ट्रिय समृद्धि हासिल गर्न सम्भव हुने भएकाले होटल व्यवसायीको यसमा विशेष ध्यान जाने मैले अपेक्षा गरेको छु ।”
     
उनले पर्यटन तथा होटलको विस्तारसँगै नेपालका नयाँ गन्तव्यको विकास र समृद्धि भएको बताउँदै मुलुकको पर्यटनलाई सफल तुल्याउन पूर्वाधारका काम भइरहेको र अगाडि बढिरहेको स्पष्ट पारे । 

राष्ट्रपति पौडेलले पर्यटनलाई आयआर्जन र समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिए । उनले भने, “नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा  प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापित गर्नुपर्दछ । यस वर्ष दश लाखभन्दा बढी पर्यटक भित्रिसकेको सन्दर्भमा आगामी दिन अझ उत्साहजनक हुनेछ भन्ने मलाई आशा छ ।”
     
राष्ट्रपति पौडेलले नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा ल्याई मुलुकमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सके समृद्धि छिट्टै हासिल गर्न सकिनेमा विश्वास व्यक्त गरे । उनले पर्यटन क्षेत्रबाट हुने आय पछिल्लो समय आशातित ढङ्गले बढिरहेको सन्दर्भमा पर्यटकीय गन्तव्यमा खानेपानी, शौचालय, सरसफाइ, ढल व्यवस्थापन, साइकलमार्ग, निःशुल्क इन्टरनेटलगायतका आधारभूत सुविधा उपलब्ध गराउँदा यसको प्रभाव थप बढ्ने उल्लेख गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिसमक्ष पाँच राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच देशका नवनियुक्त गैरआवासीय राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । ...

काेशी प्रदेशकाे लगानी सम्मेलन प्रधानमन्त्री उद्घाटन गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको  लगानी सम्मेलनको तयारी पूरा भएको छ । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रदेश सरकारले लगानी सम्म...

गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबिच भेटर्वार्ता

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले आज भेटवार्ता गरेका छन् ।  नेपाल भ्रमणका लागि काठमाडौँ आइप...

मकवानपुरमा छोराले बन्दुक चलाउँदा बाबु घाइते

मकवानपुर । मकवानपुरमा आफ्नै छारोले चलाएको भरुवा बन्दुकको छर्राले लागेर बाबु घाइते भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ९ स्थित अघोरका कान्...

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, गर्बुजा राज्य मन्त्री नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बिस्तार गरेका छन् । जसअनुसार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली...

शिक्षक महासंघ र सरकारबीच विद्यालय शिक्षा ऐन असार १५ भित्र जारी गर्ने सहमति

यी हुन् सरकार र शिक्षक महासंघबीच भएका ९ वटा बुँदा

सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध, सेवाग्राही मर्कामा

हुम्ला । हुम्लाको मध्येभेगमा रहेको सर्केगाड गाउँपालिकामा लामो समयदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् ।  सर्केगाड गाउँपालिक...

बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

स्याङ्जा । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बोलेरभन्दा पनि कामले नतिजा देखिनुपर्ने बताएका छन् । केदारनाथ मन्दिर महायज्ञ मूल समारोह स...

राजतन्त्र अब कहिल्यै फर्किदैन: प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट वर्तमान लोकतन्त्र प्राप्त भएसँगै तानाशाही राजतन्त्र अन्त्य भएकाले अब राजतन्त्र कहिल्यै नफर...

भारतीय होटलमा आगलागी, १५ जनाको मृत्यु

भारत । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको प्रहरीले बुधबार बताएको छ । आगलागी भएको होटलमा केही मानिस बच्नका ल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending