एजेन्सी । विवादास्पद निर्वाचअघि बढ्दो उग्रवादसँग लडिरहेको पाकिस्तानले आगामी महिना निर्वाचनअघि आफ्ना उत्तरपश्चिमी क्षेत्रमा हजारौँ सुरक्षा बल तैनाथ गर्ने अधिकारीहरूले बताएका छन् ।
कारागारमा रहेका लोकप्रिय विपक्षी नेता इमरान खानलाई उम्मेदवार हुनबाट रोक लगाइएको र पहिलादेखि नै निर्वाचनपूर्व धाँधलीको आरोपमा ढिलाइ भएको निर्वाचनमा फेब्रुअरी ८ मा २४ करोडले मतदान गर्नेछन् ।
पाकिस्तानमा अघिल्ला निर्वाचन अभियानहरूमा हिंसाका घटनाहरू भएका छन् जसमा धेरै उम्मेदवार र मतदातालाई इस्लामी बम विस्फोट तथा बन्दुक हमलाको निशाना बनाइएको छ ।
फेब्रुअरीको पहिलो सातामा करिब पाँच हजार अर्धसैनिक फ्रन्टियर कन्स्टेबुलरी (एफसी) बल अफगानिस्तानको सीमा जोडिएको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा तैनाथ हुने कमान्डर मोअज्जम जाह अन्सारीले जानकारी दिए ।
गत साता प्रान्तीय विधानसभाका लागि निर्वाचन लडिरहेका एक स्वतन्त्र उम्मेदवार र उनका दुई सहयोगीको प्रान्तमा निर्वाचन प्रचार गर्ने क्रममा कारमा गोली प्रहारबाट मृत्यु भएको प्रहरीले बताएको छ ।
“सुरक्षा स्थिति बिग्रँदै गइरहेको छ र मतदानको दिन मतदान केन्द्रहरूमा अतिरिक्त प्रहरी टिम तैनाथ गरिने छ”, एक वरिष्ठ क्षेत्रीय सरकारी अधिकारीले भने । उनका अनुसार अतिरिक्त एक हजार सात सय एफसी बल राजधानी इस्लामाबाद र चार सय दक्षिणी तथा सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर कराँचीमा तैनाथ गरिने छ । एफसी बललाई आतङ्कवादी हमलाको चपेटामा परेका प्रहरीलाई सहयोग गर्ने जिम्मा दिइने छ ।
यसैबीच मङ्गलबार आफ्नो कार्यालयद्वारा जारी आदेशमा दक्षिणी सिन्ध प्रान्तका मुख्यमन्त्री मकबुल बकरले महिनौँदेखि विलम्ब भएको निर्वाचनका लागि उम्मेदवारहरूमाथि हमलाका धेरै रिपोर्ट प्राप्त भएको चेतावनी दिए ।
उक्त हमलालाई ‘अपराधको बढ्दो लहर’ भन्दै केही मानिसलाई ‘दिनदहाडै’ अपहरण गरिएको उनले बताए । इस्लामाबादस्थित सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजका अनुसार गत वर्ष एक हजार पाँच सयभन्दा धेरै सर्वसाधारण, सुरक्षा बल र आतङ्कवादी मारिएका थिए । यो पछिल्लो छ वर्षमा सबैभन्दा धेरै मृत्युको आँकडा हो ।
पाकिस्तानका लागि सबैभन्दा ठूलो आतङ्कवादी खतरा तहिरक–ए–तालिबान पाकिस्तान (टिटिपी) को नामले चिनिने तालिबान आन्दोलनको घरेलु अध्याय हो । इस्लामाबादले काबुलको तालिबान सरकारमाथि टिटिपी लडाकूहरूलाई शरण दिएको र उनीहरूलाई पाकिस्तानी भूमिमा दण्डहीनताका साथ आक्रमण गर्न अनुमति दिएको आरोप लगाएको छ । काबुलले बारम्बार ती आरोपलाई अस्वीकार गर्दै आएको छ ।
गत वर्षको जनवरीमा टिटिपी खैबर पख्तुनख्वाको राजधानी पेशावर सहरको एउटा मुख्यालयमा भएको मस्जिद बम विस्फोटमा ८० भन्दा धेरै प्रहरी अधिकारी मारिएका थिए । डिसेम्बरमा टिटिपीका एक सहयोगीले सोही प्रान्तमा एउटा सैन्य अड्डामा विस्फोटक पदार्थले भरिएको सवारीमा ठोक्काएर २३ सैनिकको हत्या गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: