Ntc summer Offer
Khabar Dabali ३ कार्तिक २०८१ शनिबार | 19th October, 2024 Sat
Investment bank

सामाजिक सद्भाव र राष्ट्रिय एकता आवश्यक : अध्यक्ष ओली

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्र जोगाउनुपर्नेमा जोड दिएका छन् । 

ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नयाँ केन्द्रीय सदस्यलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले नेपाली समाज, राजनीति, अर्थतन्त्र, संस्कृति हरेक क्षेत्रमा आक्रमण भइरहेको बताउँदै सद्भाव र एकता जरुरी रहेको बताए । उनले मुलुकको विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए । 

अध्यक्ष ओलीले पार्टीभित्र अराजकता र अनुशानहीनता स्वीकार्य नहुने स्पष्ट पार्दै आगामी वर्ष पार्टीका लागि शुद्धीकरण र सुदृढीकरणको वर्ष हुने बताए । उनले नयाँ केन्द्रीय कमिटी सदस्य वैचारिक र सूचनाका दृष्टिले निरन्तर अध्ययनबाट आफूलाई अद्यावधिक गर्न, व्यवहारमा अनुकरणीय बन्न र हरेक दृष्टिकोणबाट योग्यताका साथ पार्टीको निर्णायक तहमा भूमिका निर्वाह गर्न आग्रह गरे । 

अध्यक्ष ओलीले केन्द्रीय सदस्य तुलसीप्रसाद न्यौपाने (सङ्खुवासभा) रामअवतार यादव (सिराहा) केशवराज पाण्डे (नुवाकोट), विनोद शाह (दैलेख), दामोदर भण्डारी (बैतडी) र दीपक कार्की (झापा)लाई शपथ ग्रहण गराए । 

त्यस अवसरमा महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाललगायतको उपस्थिति थियो । गत पुस २० गते बसेको सचिवालय बैठकले उनिहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वका कारण चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटीले रगत अभाव भएकाले रक्तदान गर...

भक्तपुरमा ढकमक्क मखमली र सयपत्री

भक्तपुर । भक्तपुरका गाउँगाउँमा ढकमक्क फूल फुलेका छन् । व्यावसायिक रूपमा गरिएको सयपत्री र मखमली फूल फुलेर ढकमक्क हुँदा गाउँ यहाँका फाँटहरू राताम्मे देख...

सिनवारको मृत्युको हमासले पनि गर्यो पुष्टि

काठमाडौं । हमासका एक वरिष्ठ सदस्यले आफ्नो समूहका नेता याह्या सिनवारको मृत्यु भएको पुष्टि गरेका छन् । एक भिडियो सन्देशमा, हमासका उपनेता खलील अल-हयाले उ...

विद्युतीय झट्काले एक बालिकाको मृत्यु, दुई घाइते

महोत्तरी । खेतमा धान काट्न हिँडेकी महोत्तरीको गौशाला–३ मा बाटोमा रहेको नाङ्गो विद्युतीय तारले करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते...

फरार जिबीका दुई दाइसहित १४ विरुद्ध पक्राउ पुर्जी

पाेखरा । कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा शुक्रबार थप १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने छविलाल जोशीविरुद्ध २० दिन म्याद थप...

रवि लामिछाने पक्राउ बारे प्रहरीले सभामुखलाई दियो जानकारी

काठमाडौं । प्रहरीले सांसद समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेकाबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको ...

मन्त्रिपरिषद्को बैठक शुरु

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार साँझ बैठक शुरु भएको हो ।  आजको ...

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपमा भुटानसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको...

बाढी, पहिरोबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।  प्रधानमन्त...

दुर्घटना गराएर फरार ट्रक चालक पक्राउ

सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका –९, बस्तीपुरमा दुई साताअघि दुर्घटना गराएर फरार रहेको मिनी ट्रक चालकलाई प्रहरीले प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy