काठमाडौं । संवैधानिक कानुन व्यवसायी मञ्च (क्लाफ) का नवनिर्वाचित अध्यक्ष ओमप्रकाश अर्यालको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै जिल्ला अदालत काठमाडौँमा रिट निवेदन दायर गरिएको छ ।
अधिवक्ता अनन्तराज लुइँटेलले दायर गरेकाे रिटमा मञ्चको साधारण सदस्य हुन मञ्चकाे विधानमा संवैधानिक कानुनमा स्नातकोत्तर (एलएलएम) गर्नुपर्ने व्यवस्था भए पनि अध्यक्ष अर्यालले अन्तर्राष्ट्रिय मानवअधिकार कानुनमा स्नातकोत्तर (एलएलएम)को प्रमाणपत्र प्रस्तुत गरेको उल्लेख छ । उक्त रिटमाथिको सुनुवाई बुधबारका लागि तोकिएको छ ।
गत शुक्रबार सम्पन्न मञ्चको २१औँ साधारणसभाबाट अध्यक्षमा अर्याल निर्वाचित भएका थिए । जसमा अर्यालले १२ मत प्राप्त गर्दा रिट निवेदनकर्ता अधिवक्ता लुइँटेलले पाँच मत प्राप्त गरेका थिए । साथै अर्का उम्मेदवार अधिवक्ता रुद्र शर्मा दुई मत प्राप्त गरेका थिए ।
आफू मञ्चको संस्थापक सदस्य भएको र वरिष्ठताका आधारमा समेत आफू अध्यक्ष हुनुपर्ने अधिवक्ता लुइँटेलले रिटमा माग गरेका छन् । विधानको धारा ९(क)मा संवैधानिक कानुनको विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी कानुन व्यवसायमा संलग्न वा सोही योग्यता पुगी संवैधानिक कानुनको विकास तथा सम्वर्द्धनमा क्रियाशील व्यक्ति मञ्चको सदस्य बन्न सक्ने व्यवस्था छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २ गते, २०८१ - २०:५६
चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटीले रगत अभाव भएकाले रक्तदान गर...
कार्तिक २ गते, २०८१ - २०:३४
भक्तपुर । भक्तपुरका गाउँगाउँमा ढकमक्क फूल फुलेका छन् । व्यावसायिक रूपमा गरिएको सयपत्री र मखमली फूल फुलेर ढकमक्क हुँदा गाउँ यहाँका फाँटहरू राताम्मे देख...
कार्तिक २ गते, २०८१ - २०:२७
काठमाडौं । हमासका एक वरिष्ठ सदस्यले आफ्नो समूहका नेता याह्या सिनवारको मृत्यु भएको पुष्टि गरेका छन् । एक भिडियो सन्देशमा, हमासका उपनेता खलील अल-हयाले उ...
कार्तिक २ गते, २०८१ - २०:१३
महोत्तरी । खेतमा धान काट्न हिँडेकी महोत्तरीको गौशाला–३ मा बाटोमा रहेको नाङ्गो विद्युतीय तारले करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते...
कार्तिक २ गते, २०८१ - २०:०९
पाेखरा । कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा शुक्रबार थप १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने छविलाल जोशीविरुद्ध २० दिन म्याद थप...
कार्तिक २ गते, २०८१ - २०:०१
काठमाडौं । प्रहरीले सांसद समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेकाबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको ...
कार्तिक २ गते, २०८१ - १९:४५
काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार साँझ बैठक शुरु भएको हो । आजको ...
कार्तिक २ गते, २०८१ - १९:४२
काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपमा भुटानसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको...
कार्तिक २ गते, २०८१ - १९:३४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन् । प्रधानमन्त...
कार्तिक २ गते, २०८१ - १९:३०
सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका –९, बस्तीपुरमा दुई साताअघि दुर्घटना गराएर फरार रहेको मिनी ट्रक चालकलाई प्रहरीले प...
प्रतिकृया लेख्नुहोस्: