भक्तपुर । प्रतिनिधिसभा सदस्य एवम् नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भूकम्प गएको आठ वर्षसम्म पनि सिंहध्वाका दरबारको पुनःनिर्माण नहुँदा भक्तपुर दरबार क्षेत्र असुरक्षित र जोखिमपूर्ण बनेको बताएका छन्।
२६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज यहाँ आयोजित सुरक्षित घर निर्माणसम्बन्धी प्रदर्शनी उद्घाटन गर्दै उहाँले विश्वसम्पदा सूचीमा सूचीकृत सिंहध्वाका दरबार मल्लकालीन शैलीमै छिट्टै पुनःनिर्माण हुनुपर्नेमा जोड दिए ।
विसं १९९० माघ २ गते गएको भूकम्पको सम्झनामा भक्तपुर नगरपालिका, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले दत्तात्रयमा संयुक्तरुपमा सो प्रदर्शनी आयोजना गरेका थिए । त्यस अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बलियो र भूकम्पप्रतिरोधी घर तथा भवन निर्माणमा नगरपालिकाले जोड दिएको बताए।
बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले १९९० सालको भूकम्पपश्चात पनि गएका ठूला भूकम्पले पु¥याएको क्षतिबाट पाठ सिक्नुपर्ने बताए।
उनले पुर्खाले पनौती, चित्तपोल, कटुञ्जे, कीर्तिपुरलगायतका ठाउँमा बस्ती विकास गर्दा र मठ मन्दिर, पाटी पौवा केबल देवता राख्नका लागि मात्र नभई यहाँको जनजीवन र भौगर्भिक स्थितिलाई मध्यनजर गर्दै भौगर्भिक ज्ञान सीपबाट निर्माण गरेको चर्चा गरे ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पूर्वजले सिकाएको प्रविधि, स्थानीय स्रोत र साधनको प्रयोगबाट बनेका सम्पदा अझै पनि अत्यन्त महत्वपूर्ण संरचनाका रुपमा रहेको बताए।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इञ्जिनियरिङका उपप्राचार्य रत्नशोभा प्रजापतिलगायतले २०७२ को भूकम्पले क्षति पु¥याएका घरको अझै पुनःनिर्माण हुन नसक्नुमा चिन्ता व्यक्त गरे ।
प्रदर्शनीमा ३१ वटा भूकम्प प्रतिरोधी नमूना घर, ४३ वटा चित्रकला, २६ वटा ‘पेपर ब्रिज’, छ वटा तस्बिर र उद्धार सामग्री राखिएका थिए । त्यस अवसरमा जनप्रतिनिधि, सरकारी कर्मचारी, सुरक्षा निकाय, स्थानीय र विभिन्न विद्यालयका विद्यार्थीलगायतको सहभागिता थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - ०९:३१
काठमाडौं । नेपाली कांग्रेसभित्र चुनावी टिकट वितरणलाई लिएर तीनै प्रमुख गुटका नेताहरू सक्रिय बनेका छन्। यही विषयमा सहमति खोज्ने प्रयासस्वरूप गएराति काठम...
माघ ६ गते, २०८२ - ०९:२६
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार चयन प्रक्रियामा विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताएका छन्। सामाजिक स...
माघ ६ गते, २०८२ - ०९:१८
पर्सा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सा जिल्ला सुरक्षा समितिले सुरक्षा तयारी तीव्र पारेको छ। जिल्लाभर रहेका कुल १६७...
माघ ६ गते, २०८२ - ०८:१६
काठमाडौं । ‘सुदूरपश्चिममा शेरबहादुर देउवाको उत्तराधिकारी को ?,’ तीन महिनाअघि कांग्रेसको आन्तरिक राजनीति सामान्य रहेकै बेला सुदूरपश्चिममा कार्यकर्ताबीच...
माघ ६ गते, २०८२ - ०८:१०
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर पूर्वमन्त्री प्रदीप यादव नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन्। उनीसँगै वीरगञ्ज महान...
माघ ६ गते, २०८२ - ०८:००
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज बिहानै जानकी मन्दिरमा पुगेर दर्शन गरेका छन्। हिजो साँझ जनकपुरधाम पुगेका श...
माघ ६ गते, २०८२ - ०७:४१
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । निर्वाचन कार्यतालिका...
माघ ६ गते, २०८२ - ०७:३९
सोलुखुम्बु । हरेक वर्षको हिउँदयाममा खुम्बु क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरू चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान ...
माघ ६ गते, २०८२ - ०७:३८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि...
माघ ६ गते, २०८२ - ०७:३५
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका रैथाने उत्पादनहरूको निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ। साउनदेखि पुस ...




प्रतिकृया लेख्नुहोस्: