काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रमा रहेका समस्या समाधान गर्न छिट्टै कृषि ऐन ल्याउने तयारी भइरहेको जानकारी दिएको छन् ।
दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस एवं सप्ताह समारोह समितिले आज यहाँ आयोजना गरेको कृषि जैविक विविधता एवं रैथाने बालीउपज प्रदर्शनीमा मन्त्री भुसालले सो जानकारी दिएको हो ।
मुलुकमा आर्थिक रुपान्तरणका लागि कृषि क्षेत्रको विकास र विस्तार गरी आत्मनिर्भर बनाउनुपर्ने बताउँदै मन्त्री भुसालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए । यस कार्यका लागि कृषि ऐनले सहयोग पुर्याउने उनको भनाइ थियो ।
मुलुकका विभिन्न जातिका रैथाने बालीको संरक्षण गर्नुपर्ने उनले बताए । स्वदेशी तथा मौलिक विशेषता बोकेका रैथाने कृषिउपज लोपोन्मुख हुँदै गएकाले तिनको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
मौसम अनुकूल बीउको सञ्चितीकरण र त्यसको जगेर्ना गर्नुपर्ने बताउँदै उहाँले कृषि अनुसन्धान तथा कृषि विज्ञानका क्षेत्रमा प्राप्त भएका उपलब्धिको सदुपयोग गर्दै कृषि उत्पादन वृद्धि गर्नुपर्ने विचार व्यक्त गरे।
प्रदर्शनीमा परम्परागत प्रविधिका ओखल, ठेकी, मदानी, जाँतो, फलफूल, खाद्य सामग्री, सामुदायिक उत्पादनका बीउ बैंक, राउटेले निर्माण गरेका आरी, लोपोन्मुख खाद्यान्नसमेत राखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १३:३३
काठमाडौं । सरकारले गठन गरेको राजनीतिक संवाद समितिको टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालय अनुगमन गरेको छ।...
पौष ८ गते, २०८२ - ११:४८
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले संसद पुनर्स्थापनाको बाटो रोज्दै पार्टी महाधिवेशन ढिलो गर्नु कांग्रेसका लागि गम्भीर रूपमा प्रत्युत्पाद...
पौष ८ गते, २०८२ - ११:३८
काठमाडौं । काठमाडौंमा उत्पादन भएको रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ। बिक्रीका लागि मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको रायो साग...
पौष ८ गते, २०८२ - ११:३०
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ। मंगलबार सुनको मूल्य एकैदिन ५ हजार ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन...
पौष ८ गते, २०८२ - ११:२०
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको तीन महिनामै उप्किएको छ । ठेकदारको लापरबाहीका कारण सडकका विभिन्न स्थानमा काल...
पौष ८ गते, २०८२ - ११:०२
काठमाडौं । बंगलादेशमा इन्कलाब मञ्चसँग आबद्ध विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्का एक राजनीतिक नेतालाई सार्वजनिक स्थानमै गोली हानी हत्या गर...
पौष ८ गते, २०८२ - १०:५४
काठमाडौँ । हेटौँडा सडक विस्तारका क्रममा प्रभावित भएका स्थानीयहरूले माइतीघर मण्डलामा बाजासहित विरोध प्रदर्शन गरेका छन्। हेटौँडामा २५ गज सडक सीमाभित्...
पौष ८ गते, २०८२ - १०:४६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको क्षेत्रभित्र अनुमति लिएर पनि भौतिक रूपमा सञ्चालनमा नरहेका १०७ वटा विद्यालय फेला परेका छन्। महानगरपालिकाको नगर शिक्ष...
पौष ८ गते, २०८२ - १०:१९
भैरहवा। नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका उम्मेदवारका लागि जिल्लाबाट सिफारिस भएर आएका सबै नाम केन्द्रीय सम...
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...




प्रतिकृया लेख्नुहोस्: