Ntc summer Offer
Khabar Dabali ३ कार्तिक २०८१ शनिबार | 19th October, 2024 Sat
Investment bank

चितवनमा संस्थागतरुपमै वन अतिक्रमण

खबरडबली संवाददाता

चितवन । चितवन जिल्लामा वन क्षेत्र अतिक्रमण संस्थागतरुपमा बढी हुने गरेको पाइएको छ । डिभिजन वन कार्यालय चितवनअन्तर्गत रहेको ५७ हजार छ सय ५० हेक्टर क्षेत्रफलमध्ये एक हजार ६८७ दशमलव ८३ हेक्टर क्षेत्रफल वन अतिक्रमणमा परेको हो ।

 कार्यालयको तथ्याङ्कअनुसार ती क्षेत्रमा घर, मन्दिर, चर्च, विद्यालय लगायतका संरचना बनेका छन् । अतिक्रमित वन क्षेत्रमा ३८ वटा चर्च, ३० वटा मन्दिर, १७ वटा गुम्बा र २५ वटा विद्यालय रहेका छन् । यस्तै पाँच हजार १२ अर्ध पक्की घर, एक हजार सात सय २४ कच्ची घर र ६४७ पक्की घर निर्माण भएको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले बताए । 

उनका अनुसार वन अतिक्रमण सबैभन्दा बढी कालिका सव डिभिजन वन कार्यालयको क्षेत्रमा भएको छ । सो क्षेत्रमा ३९९ दशमलव १६ हेक्टर क्षेत्रफल जमिन अतिक्रमण भएको हो । जहाँ अर्ध पक्की घर छ सय ११, ६७ वटा पक्की घर, ३६ वटा कच्ची घर र दुई विद्यालय छन् । त्यसैगरी सबैभन्दा कम भरतपुर क्षेत्रमा अतिक्रमण भएको कार्यालयका सूचना अधिकारी खनालले बताए । 

सवडिभजन वन कार्यालय भरतपुरअन्तर्गत ५६ दशमलव ६८ हेक्टर क्षेत्रफल अतिक्रमित भएको छ । सो क्षेत्रमा अर्ध पक्की घर एक हजार एक सय ५१, पक्की घर एक सय ५० कच्ची घर एक सय आठ वटा निर्माण भएका छन् । यस्तै दुईवटा मन्दिर, एउटा गुम्बा, दुईवटा विद्यालय निर्माण भएको तथ्याङ्कलाई उल्लेख गर्दै खनालले जानकारी दिए । 

जसमध्ये देवघाट क्षेत्रको धार्मिक वन १७ दशमलव ७९ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको हो । यस्तै भरतपुरको गणेशस्थान वन क्षेत्रमा १६ दशमलव ६१ हेक्टर क्षेत्रफल अतिक्रमण भएको छ ।

खनालले भने, “जिल्लामा हाल व्यक्ति विशेषबाट वन क्षेत्रमा अतिक्रमणको समस्यामा कमी भए पनि तोकिएको मापदण्ड पूरा नगरी वन क्षेत्रमा विभिन्न किसिमका भौतिक पूर्वाधार निर्माण गरी संस्थागत अतिक्रमण बढ्दो छ ।” जिल्लामा विसं २०३० देखि २०७२ सम्म वन क्षेत्र अतिक्रमणमा परेको कार्यालयका प्रमुख थिरबहादुर कार्कीले जानकारी दिए । पुराना अतिक्रमण समाधानका लागि सरकारीस्तरबाटै विशेष योजना बनाएर अघि बढ्नुपर्ने बताउँदै उनले ती अतिक्रमित क्षेत्रमा थप अतिक्रमण हुन नदिने पक्षमा कार्यालय रहेको बताए । 

नयाँ अतिक्रमण भएको क्षेत्रमा वन अतिक्रमण तथा रोकथाम रणनीति २०६८ अनुसार खाली गराउने प्रक्रियामा डिभिजन वन कार्यालय लागेको छ ।

जिल्लाको कूल भूभागमध्ये ६५ दशमलव ८५ प्रतिशत वन क्षेत्रले ढाकेको छ । कूल वन क्षेत्र एक लाख ४७ हजार चार सय ९० हेक्टरमध्ये चितवन राष्ट्रिय निकुञ्जले ७१ हजार एक सय पाँच हेक्टर र मध्यवर्ती क्षेत्रले १८ हजार सात सय ३५ हेक्टर ओगटेको छ । डिभिजन वन कार्यालयअन्तर्गत ५७ हजार छ सय ५० हेक्टर क्षेत्रफलमा रहेको ३९ प्रतिशत वन कार्यालयले हेर्ने गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वका कारण चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटीले रगत अभाव भएकाले रक्तदान गर...

भक्तपुरमा ढकमक्क मखमली र सयपत्री

भक्तपुर । भक्तपुरका गाउँगाउँमा ढकमक्क फूल फुलेका छन् । व्यावसायिक रूपमा गरिएको सयपत्री र मखमली फूल फुलेर ढकमक्क हुँदा गाउँ यहाँका फाँटहरू राताम्मे देख...

सिनवारको मृत्युको हमासले पनि गर्यो पुष्टि

काठमाडौं । हमासका एक वरिष्ठ सदस्यले आफ्नो समूहका नेता याह्या सिनवारको मृत्यु भएको पुष्टि गरेका छन् । एक भिडियो सन्देशमा, हमासका उपनेता खलील अल-हयाले उ...

विद्युतीय झट्काले एक बालिकाको मृत्यु, दुई घाइते

महोत्तरी । खेतमा धान काट्न हिँडेकी महोत्तरीको गौशाला–३ मा बाटोमा रहेको नाङ्गो विद्युतीय तारले करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते...

फरार जिबीका दुई दाइसहित १४ विरुद्ध पक्राउ पुर्जी

पाेखरा । कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा शुक्रबार थप १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने छविलाल जोशीविरुद्ध २० दिन म्याद थप...

रवि लामिछाने पक्राउ बारे प्रहरीले सभामुखलाई दियो जानकारी

काठमाडौं । प्रहरीले सांसद समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेकाबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको ...

मन्त्रिपरिषद्को बैठक शुरु

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार साँझ बैठक शुरु भएको हो ।  आजको ...

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपमा भुटानसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको...

बाढी, पहिरोबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।  प्रधानमन्त...

दुर्घटना गराएर फरार ट्रक चालक पक्राउ

सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका –९, बस्तीपुरमा दुई साताअघि दुर्घटना गराएर फरार रहेको मिनी ट्रक चालकलाई प्रहरीले प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy