एजेन्सी । बङ्गलादेश सरकारले बिहीबार कोरोनाभाइरसको नयाँ भेरियन्ट जेएन १ को पहिचान भएको पुष्टि गरेको छ ।
जेएन १ प्रजाती कोभिड–१९ का बिरामीहरूमा फेला परेको थियो । कोभिड–१९ को जेएन १ प्रजातीबारे बङ्गलादेमा हालसम्म कुनै रेकर्ड नभएको यहाँको महामारी विज्ञान, रोग नियन्त्रण र अनुसन्धान संस्थान (आईईडीसीआर) का निर्देशक तहमिना सिरिनले पत्रकारहरूलाई बताएका छन् ।
यस सन्दर्भमा स्वास्थ्य मन्त्रालय अन्तर्गत बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले बिहीबार सूचना जारी गरी अधिकारीहरूलाई पहिलो, दोस्रो र बूस्टर डोजका लागि कोभिड–१९ खोप कार्यक्रम पुनः सुरु गर्न निर्देशन दिएको छ ।
बङ्गलादेश सरकारले अर्को वर्षसम्ममा कोभिड–१९ खोपको २५ करोड डोज लगाउने योजना बनाएको एक वरिष्ठ अधिकारीले बताएका छन् । बङ्गलादेशको स्वास्थ्य सेवा विभागका सचिव जहाँगीर आलमले खोपहरूमध्ये आधा यस वर्ष चौथो डोजको रूपमा दिइने र बाँकी २०२५ मा दिइने सञ्चारकर्मीहरूलाई बताए ।
अधिकारीका अनुसार नयाँ खोप अभियानले कोभिड–१९ को जेएन १ भेरियन्टको उदयको चिन्तालाई ध्यानमा राख्दै अग्रपङ्तीका कामदार र स्वास्थ्य कमजोरी भएका व्यक्तिहरूलाई प्राथमिकता दिनेछ ।
गत महिना, विश्व स्वास्थ्य सङ्गठनले जेएन १ प्रजातीलाई छुट्टै संस्करणको रूपमा वर्गीकृत गर्दै विश्वव्यापी रूपमा द्रूत गतिमा फैलिरहेको बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १९:२५
काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मै...
मंसिर २४ गते, २०८२ - १९:०५
बैतडी । बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्य...
मंसिर २४ गते, २०८२ - १९:०३
जनकपुरधाम । मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दो क्रममा रहेको ताजा तथ्याङ्कले देखाएको छ । महिला पुनर्स्थापना केन्द्र, ...
मंसिर २४ गते, २०८२ - १८:५९
ओखलढुङ्गा । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।...
मंसिर २४ गते, २०८२ - १८:५५
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंह...
मंसिर २४ गते, २०८२ - १८:०६
काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपे...
मंसिर २४ गते, २०८२ - १८:०४
लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् । उक...
मंसिर २४ गते, २०८२ - १७:५७
लन्डन । बेलायतका प्रधानमन्त्री कीर स्टारमरले रूस–युक्रेन शान्ति वार्ताको विषयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, फ्रान्सका राष्ट्रपति इमानुए...
मंसिर २४ गते, २०८२ - १७:५५
पेरिस । यस वर्ष विश्वभर मारिएका सबै पत्रकारमध्ये लगभग आधाको मृत्युका लागि इजरायल जिम्मेवार रहेको रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)ले मङ्गलबार जानकार...
मंसिर २४ गते, २०८२ - १७:५२
इन्डोनेसिया । इन्डोनेसियाको सेन्ट्रल जकार्ताको ड्रोन कम्पनी “टेरा ड्रोन” को कार्यालय भवनमा मङ्गलबार आगलागी हुदाँ कम्तीमा १८ जनाको मृत्यु भएको स्थानीय ...




प्रतिकृया लेख्नुहोस्: