काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले अल–हैल व्यवसायिक तालिम तथा सांस्कृतिक केन्द्रले नागरिकलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
कतार च्याप्टर तथा हिल नेपालद्वारा आयोजित ‘अल–हैल व्यावसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवन समुद्घाटन तथा हस्तान्तरण समारोह’का अवसरमा मन्त्री आर्चायले तालिमबाट सीप आर्जन गरी आत्मनिर्भर बन्न केन्द्रले ठूलो भूमिका निर्वाह गर्ने बताए ।
“नेपालमा कतार च्यारिटीले निस्वार्थभावमा सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पुर्याएको योगदान प्रंशसनीय छ । व्यावसायिक तालिम केन्द्रले व्यावसायिक सीप प्रदान गरी नेपाली नागरिकलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ”, मन्त्री आर्चायले भने ।
व्यावसायिक तालिम केन्द्रले दुई मुलुकबीचको सौहार्द सम्बन्धलाई थप सुदृढ बनाउनेमा मन्त्री आचार्यले विश्वास व्यक्त गरे ।
कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कतार च्यारिटीले शिक्षा, सीप विकासलगायत क्षेत्रमा निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै केन्द्र कुनै धर्म समुदायको मात्र नभई देशको सम्पत्ति रहेको बताए ।
कार्यक्रममा हिल नेपाल र कतार च्यारिटी नेपालद्वारा निर्मित उक्त भवन असलाम सोसाइटीलाई हस्तान्तरण गरिएको छ । प्राविधिक तथा व्यावसायिक तालिम प्रदान र संस्कृतिको आदान–प्रदान तथा संरक्षण गर्ने मुख्य दुई उद्देश्यसहित निर्मित भवनको सोहीअनुसार रेखदेख तथा व्यवस्थापन गर्ने जिम्मेवारीसहित दुई पक्षबीच हस्ताक्षर गरिएको छ ।
असलाम सोसाइटीका अध्यक्ष नजरुल हसनले सोसाइटीले पाएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै केन्द्र सबै नेपालीको उत्थानका लागि रहने जनाए । समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले व्यावसायिक तालिम प्रदान केन्द्रलाई थप सहजीकरणको भूमिका परिषद्ले गर्ने आश्वासन व्यक्त गरे ।
कतार च्यारिटी नेपाल कार्यक्रमका निर्देशक मोहम्मद वकासले व्यावसायिक तालिम केन्द्रले स्थानीय समुदायमा सीप विकास तथा संस्कार संरक्षणमा टेवा पुग्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ३ गते, २०८१ - २०:५५
एजेन्सी । मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते ...
आश्विन ३ गते, २०८१ - २०:३४
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पद...
आश्विन ३ गते, २०८१ - २०:१९
बुटवल । बुटवलको सोह्र छत्तिस कुलोमा खसेर एक बालिकाको मृत्यु भएको छ । बिहीबार खेल्ने क्रममा बुटवल उपमहानगरपालिका– ११ की ४ वर्षीय विविशा खरेल स्रोत छत्त...
आश्विन ३ गते, २०८१ - १९:५३
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–८ स्थित धनगढीगाउँबाट प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीया ...
आश्विन ३ गते, २०८१ - १९:४९
मुस्ताङ । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमस...
आश्विन ३ गते, २०८१ - १९:४२
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर रहेको टिप्पणी गरेका छन् । कांग्रेस सभापति रिसा...
आश्विन ३ गते, २०८१ - १९:३७
काठमाडौं । असोज १७ गते (घटस्थापना) देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक...
आश्विन ३ गते, २०८१ - १९:३५
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्बजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ स्थानमा झरेको हो । यसअघि नेपाल...
आश्विन ३ गते, २०८१ - १९:३१
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्य सुरक्षा र सम्प्रभुता मौलिक हकका रुपमा राखिएकाले त्यसको कार्यान्वयनमा सर...
आश्विन ३ गते, २०८१ - १९:२६
ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयसापेक्ष संशोधनले नै संविधानले दीर्घजीवन प्राप्त गर्ने बताएका छन् । नेपाली कांग्रेसको...
प्रतिकृया लेख्नुहोस्: