कैलाली । धनगढी उपमहानगरपालिकाले ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । उपमहानगरले ‘गो ड्रिमर्स’ को साझेदारीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत छनोटमा परेका वडा नं १२ स्थित सिद्धनाथ माध्यमिक विद्यालय जुगेडा र वडा नं १८ स्थित चन्द्रोदय माध्यमिक विद्यालय फूलबारीमा उक्त कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख गोपाल हमालले जानकारी दिए ।
नमुना विद्यालयमा क्रिकेटको नर्सरी विकास गर्न यो कार्यक्रम महत्वपूर्ण हुने उनले बताए । नयाँ प्रतिभा उत्पादन गर्ने उदेश्यका साथ विगतदेखि नै धनगढीलाई क्रिकेटको सहरका रुपमा स्थापित गर्न अग्रसर सुवास शाहीको टोलीसँग उपमहानगरले क्रिकेट विकास कार्यक्रमको सम्झौता गरेको उनको भनाइ छ ।
नमुना स्कुलमा क्रिकेटको नर्सरी तयार गर्ने समझदारी भएको जनाउँदै नगर प्रमुख हमालले क्रमिकरुपमा अन्य विद्यालयमा यो कार्यक्रम लागू गर्दै जाने बताए । ग्रासरुट कार्यक्रमले धनगढीलाई क्रिकेटको सहरका रुपमा स्थापित गर्ने अभियानलाई मूर्तरुप दिने विश्वास लिएको जनाइएको छ ।
गो ड्रिमर्सका अध्यक्ष शाहीले अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित उपमहानगरपालिकासँगको सहकार्यमा सो कार्यक्रम सुरु गरिने बताए । नेपाली क्रिकेटको विकासका लागि स्थानीय तहसँगको सहकार्यमा हुन लागेको यो कार्यक्रम मोडेलका रुपमा स्थापित हुने उनको भनाइ छ ।
धनगढीलाई क्रिकेटको सहरका रुपमा स्थापित गर्न गो ड्रिमर्सको टोलीले विगतदेखि नै धनगढी क्रिकेट लिग प्रतियोगिता गर्दै आएको छ । धनगढी प्रिमियर लिगसम्मका व्यावसायिक क्रिकेट प्रतियोगिता, नेपालमै पहिलोपटक क्रिकेट खेलाडीको अक्सन, धनगढी एफसीलाई लगातार दुईपटक नेपाल सुपर लिगको उपविजेता बनाइसकेको गो ड्रिमर्सले धनगढीलाई ग्लोबल सिटीका रुपमा विकास गर्न निरन्तर भूमिका निर्वाह गरिरहेको जनाइएको छ ।
उपमहानगरपालिकासँग भएको ग्रासरुटस्तरको क्रिकेट विकास कार्यक्रममा थुप्रै प्रतिभावान खेलाडी रहेकोे विश्वास गरिएको छ । यस कार्यक्रममा सामुदायिक विद्यालयका विद्यार्थीलाई क्रिकेटका आधारभूत कुरा सिकाउन, उनीहरुको क्षमता अभिवृद्धि गर्न, खेलप्रतिको लगाव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाइएको छ ।
समझदारीअनुसार दुई विद्यालयमा क्रिकेटका आधारभूत संरचनाको विकास गर्दै क्रिकेट प्रशिक्षकको व्यवस्था गरी नियमित प्रशिक्षण दिलाइने भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: