काठमाडौं । देशभर सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएकाे छ । काठमाडौं, कास्की, सुर्खेत र बारामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।
कागेश्वरी मनोहरा नगरपालिका-६ मूलपानीस्थित क्षेत्रीय उपत्यका बसपार्कमा बा२ख २५६९ नम्बरको बसको ठक्करबाट सिरहा गोलबजार नगरपालिका-१२ बेतौना घर भई काठमाडौं मुलपानी बस्ने २९ वर्षीय हरि यादवको शुक्रबार बेलुकी मृत्यु भएको छ ।
यसैगरी कास्कीको पोखरा महानगरपालिका-२४ कास्कीकोट काउलेस्थित सडकमा ग१क ४०८२ नम्बरको बाल प्रतिभा बोर्डिङ स्कुलको बसको ठक्करबाट उक्त विद्यालयको नर्सरी कक्षामा पढ्ने सोही ठाउँ बस्ने तेजबहादुर कार्कीको छोरा ३ वर्षीय समिर कार्कीको शुक्रबार दिउँसो मृत्यु भएको छ।
यता सुर्खेत जिल्लाको बराहताल गाउँपालिका-५ स्थित सडकमा पञ्चपुरीबाट सुर्खेततर्फ जाँदै गरेको बा८१प ९८४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बराहताल गाउँपालिका-५ बस्ने १५ वर्षीय चन्द्र बिकको मृत्यु भएको छ ।
त्यसैगरी, बाराको फेटा गाउँपालिका-३ फेटा नहरस्थित सडकमा ना५८प १३३१ नम्बरको मोटरसाइकल र बिआर ३० आर १३०१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा ना५८प १३३१ नम्बरको मोटरसाइकल चालक फेटा गाउँपालिका-३ फेटा बस्ने २७ वर्षीय रंजित साहको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २ गते, २०८१ - २०:५६
चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटीले रगत अभाव भएकाले रक्तदान गर...
कार्तिक २ गते, २०८१ - २०:३४
भक्तपुर । भक्तपुरका गाउँगाउँमा ढकमक्क फूल फुलेका छन् । व्यावसायिक रूपमा गरिएको सयपत्री र मखमली फूल फुलेर ढकमक्क हुँदा गाउँ यहाँका फाँटहरू राताम्मे देख...
कार्तिक २ गते, २०८१ - २०:२७
काठमाडौं । हमासका एक वरिष्ठ सदस्यले आफ्नो समूहका नेता याह्या सिनवारको मृत्यु भएको पुष्टि गरेका छन् । एक भिडियो सन्देशमा, हमासका उपनेता खलील अल-हयाले उ...
कार्तिक २ गते, २०८१ - २०:१३
महोत्तरी । खेतमा धान काट्न हिँडेकी महोत्तरीको गौशाला–३ मा बाटोमा रहेको नाङ्गो विद्युतीय तारले करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते...
कार्तिक २ गते, २०८१ - २०:०९
पाेखरा । कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा शुक्रबार थप १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने छविलाल जोशीविरुद्ध २० दिन म्याद थप...
कार्तिक २ गते, २०८१ - २०:०१
काठमाडौं । प्रहरीले सांसद समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेकाबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको ...
कार्तिक २ गते, २०८१ - १९:४५
काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार साँझ बैठक शुरु भएको हो । आजको ...
कार्तिक २ गते, २०८१ - १९:४२
काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपमा भुटानसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको...
कार्तिक २ गते, २०८१ - १९:३४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन् । प्रधानमन्त...
कार्तिक २ गते, २०८१ - १९:३०
सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका –९, बस्तीपुरमा दुई साताअघि दुर्घटना गराएर फरार रहेको मिनी ट्रक चालकलाई प्रहरीले प...
प्रतिकृया लेख्नुहोस्: