जनकपुर । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा सप्तरीको राजविराज नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेको छ । सोमबार हुने राम मन्दिरको प्राण प्रतिष्ठामा राजविराज नगरपालिकाले सार्बजनिक बिदा घोषणा गरेको हो ।
कार्यबाहक नगरप्रमुख इसरत परविनले एक सूचना जारी गर्दै रामको प्राण प्रतिष्ठाको दिन मातहतको सबै निकायमा बिदा रहेको जनाएका छन् । सो दिन नगरपालिकाभित्र माछा, मासु, मदिरा बिक्री वितरण बन्द हुने सूचनामा उल्लेख छ ।
भगवान रामको प्राण प्रतिष्ठा हुने दिन सनातनी हिन्दु धर्मावलम्बीका लागि विशेष दिन भएकाले पालिका भित्रको घरघर तथा मठमन्दिरमा दीप प्रज्वलन गर्न समेत आग्रह गरेको छ ।
यसैगरी बाराको कलैया उपमहानगरपालिका नगर प्रमुख विनोद प्रसाद साहले पनि एक सूचना जारी गर्दै सम्पूर्ण नगरवासीमा आ–आफ्नो घर टोल समुदायमा दीप प्रज्वलन गरी उत्सव मनाउन अनुरोध गरेका छन् ।
साथै उक्त दिन कलैया उपमहानगरपालिका क्षेत्र भित्र कुनै पनि पशुपंक्षी जिवजन्तु आदीको बध, मदिरा, माछा मासुको विक्रि वितरण लगायतका कार्यहरु नगर्न नगरबासीलाई अनुरोध गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८१ - १४:०६
दुर्गा प्रसाईंलाई फेरि थुन्ने तयारी
पौष १२ गते, २०८१ - १३:५३
तनहुँ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने कालीगण्डकी नदीमा निर्माणाधिन पुल अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेशअन्तर्गत तनहुँको घिरिङ गाउँपालिका...
पौष १२ गते, २०८१ - १३:५१
काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्क...
पौष १२ गते, २०८१ - १३:३९
भैरहवा । भगावन बुद्धले हिँडेरै विश्वभर बुद्ध सन्देश फैलाएका थिए । यसैले बौद्ध धर्ममा पदयात्राको खास महत्व छ । यही पदयात्रालाई प्रबद्र्धन गर्ने र लुम्ब...
पौष १२ गते, २०८१ - १३:३९
काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मेला महोत्सवले देशको अर्थतन्त्रलाई लयमा ल्याउन प्रत्यक्ष रुपमा प्रभाव पार्ने बताएका छन्। ...
पौष १२ गते, २०८१ - १३:३७
झापा। मेचीनगर नगरपालिका–७ गैरीगाउँकी १४ वर्षीया पार्वती ठकुरी विद्यालयबाट घर फर्केपछि साथीहरुसँग क्रिक्रेट खेल्न नेपाल र भारतको दशगजामा पुग्छिन् । उनक...
पौष १२ गते, २०८१ - १३:३१
भक्तपुर । भक्तपुरको ऐतिहासिक नगरी भक्तपुरको मध्यपुर थिमिमा शुक्रबारदेखि मध्यपुर महोत्सव सुरु भएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजनामा सुरु महोत्स...
पौष १२ गते, २०८१ - १३:०३
बागलुङ । जैमिनी नगरपालिका–१ की सुजता थापा बुटवल जाँदा कुश्मीसेराबाट बस चढ्न पाइन् । सदरमुकामबाट पोखरा, स्याङजाहुँदै जाने सवारी भन्दा कालीगण्डकी करिडोर...
पौष १२ गते, २०८१ - १२:५३
सिमकोट। सर्केगाड गाउँपालिका१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ। अनुदानमा प्राप्त हुने नौको नुनलाई उनीहर...
पौष १२ गते, २०८१ - १२:५१
काठमाडौं । कजाकस्तानमा भएको घातक हवाई दुर्घटनामा रूसको हात रहेको जनाइएको छ । अजरबैजानको प्रारम्भिक अनुसन्धानले रुसको वायु रक्षा प्रणालीले विमान ख...
प्रतिकृया लेख्नुहोस्: