Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

घरभित्रै हत्या गरिएकी महिलाको शव तीन महिनापछि भेटीयो, भारत पुगेर फर्किएका आरोपी परे पक्राउ

खबरडबली संवाददाता

काठमाडौं ।  काठमाडौंको शोभाभगवतीस्थित एक घरमा डेरागरी बस्ने एक महलिाको हत्या भएको तीन महिनापछि शव फेला परेको छ । तनहुँ भिमाद नगरपालिकाकी ५१ वर्षीया सफिना मियाको हत्या भएको तीन महिना पछि शव फेला परेको हो । 

गत शुक्रबार दिउँसो ३ बजे काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित दुइ तले घरको भुइँ तलामा उनकोे शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । एक वर्षदेखि एक जोडी ‘लिभिङ टुगेदर’ उक्त घरमा बस्दै आएका भिएपनि  उनीहरूको नाम–ठेगाना लगायतका विवरण घरबेटीलाई थाहा थिएन । कारण उक्त घरकी घरबेटी सरिता गिरी भने अर्कै घरमा बस्थिन् ।

शुक्रबार दिउँसो उक्त घरमा घरबेटी गिरी पुग्दा बाहिरबाटै ताला लगाइएको ताला लगाइएको घरमा बाहिरसम्म गन्ध आएपछि उनले स्थानीयलाई बोलाएकी थिईन् ।  हल्लाखल्ला भएपछि प्रहरीलाई समेत बोलाइएको थियो । अनुसन्धानका लागि प्रहरी वृत्त स्वयम्भूबाट डिएसपी पूर्णिमाकुमारी चन्द र जिल्ला प्रहरी परिसर काठमाडौंबाट विशेष टोली खटिएको थियो । 

घरको ढोका फोडेर हेरेपछि एक जना महिलाको शव भुँइमा सडिगलिसकेको अवस्थामा फेला परेको परिसर प्रमुख एसएसपी भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार बाहिरबाट ताला समेत लगाइएको र भित्र महिला मृत फेला परेपछि हत्याकै आशंकामा अनुसन्धान अघि बढाएको थियो ।

दुइ जना बस्ने घरमा महिला मृत फेला पर्नु र बाहिरबाट ताला लगाएको हुँदा हत्या हो भन्ने आशंकामा अनुसन्धान अघि बढेको उनले बताए । घरेबेटीले आफ्नो घरमा बस्नेको विवरण नराख्दा मृत फेला परेकाको पहिचान सुरूमा खुल्न नसकेको र अनुसन्धानका क्रममा मात्रै पहिचान खुलेको उनले बताए ।

एसएसपी खत्रीका अनुसार घरमा केही कागजात फेला परेपछि मृतक महिला तनहुँ भिमाद नगरपालिकाकी ५१ वर्षीया सफिना मिया हुन् भनेर पहिचान खुलेको हो । उनीसँगै बस्ने पुरूष भने गायब थिए । 

शव सडिगलिसकेको अवस्थामा हुनु र सँगै बस्ने पुरूष फेला नपरेपछि उनी नै मुख्य आरोपी हुनसक्ने प्रहरीको अनुमान थियो । ती पुरूषको पहिचान खुलाउन पनि प्रहरीले केही कागजातहरू फेला पारे । घरमा फेला परेका गार्मेटका कागजातबाट उनको पहिचान खुलेको थियो । उनी भारतको मोतिहारीका ४३ वर्षीय इकरामउल हक अन्सारी थिए ।

मृतक मिया र फरार रहेका अन्सारी दुबै जना विवाहित हुन् । उनीहरू छुट्टिएर काठमाडौंमा बस्दै आएका थिए । काठमाडौंमा गार्मेट उद्योगमा कालिगढको काम गर्ने उनले जिबिएस गार्मेटबाट भदौ २४ गते दुई हजार रुपैयाँ भुक्तानी लिएको रेकर्ड कार्ड प्रहरीले घरबाट फेला पारेको थियो । जसबाट उनीसम्म पुग्ने आधार  पाएको एसएसपी खत्रीले बताए  । तर सोही बेला अन्सारी भारत भागिसकेको सूचना प्रहरीले पायो ।

उनी बल्खुबाट बिहान करिब ६–७ बजेतिर वीरगन्ज जाने सुमो चढेर भागेपछि परिसरले भारतीय प्रहरीसँग समन्वय गर्यो ।  प्रहरीले अनुसन्धान गर्दै जाँदा उनी रक्सौल, गुजरात, लखनउ हुँदै भारतका विभिन्न स्थानमा दुइ महिनासम्म भारतमा बसिरहेको खुलेको थियो ।

आफूले गरेका हत्याबारे प्रहरीले थाहा पाए पाएनन् भनेर साथीहरूसँग उनले निरन्तर सूचना लिइरहेका र प्रहरीले थाहा नपाएपछि अन्सारी पुनः काठमाडौं नै फर्किएर आएको अनुसन्धनबाट खुलेको एसपि खत्रीले बताए ।

काठमाडौं आएपछि कालिमाटीस्थित बिएन फेसन गार्मेन्टमा काम गरिरहेको थाहा पाएपछि प्रहरीले अन्सारीलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार घटना कात्तिक पहिलो साता भएको र  हत्या भएको यकिन मिति भने खुलि नसकेको पैहरीले जनाएको छ । 

इकरामउल र सफिनाबीच पछिल्लो समय विवाद भइरहन्थ्यो ।  इकरामउलले मदिरा सेवन गरी विवाद गर्ने गरेका थिए। एक राति करिब ९ बजेदेखि सुरू भएको विवाद भोलिपल्ट बिहान ३–४ बजेसम्म भएको थियो ।

त्यसैक्रममा इकरामउलले भित्री ढोकाको आग्लोले प्रहार गरी गम्भीर बनाएको अनुसन्धानबाट खुलेको छ । चिकित्सकको पोष्टमर्टम रिपोर्टअनुसार सफिनाको शरीरका विभिन्न ठाउँमा चोट देखिएका छन् । कुटपिट गरेपछि घाँटीमा सलले बाँधेर हत्या गरेको देखिएको एसएसपी खत्रीले बताए । 

हत्यापछि डरले घरमा ताला लगाएर हिँडेका इकरामउले घरको चाबी पनि झाडीमा फालेर बल्खुतिर हिँडेर गएका थिए  । परिसरले उनलाई आइतबार सार्वजनिक गरेको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा त्रासः फ्लाइटमा पेजर र वाकीटकी लैजान कतार एयरवेजले लगायो प्रतिबन्ध

काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...

तनहुँमा पनि स्ट्रबेरीखेती

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...

फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...

ट्रंकलाइन बक्यौता तिर्न कात्तिक ८ को अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...

लगातार घटेको सुनको मूल्य शुक्रबार बढ्यो

काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

बागलुङ ।  धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा

हेटौंडा । विभिन्न आन्दोलन तथा संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ। जनताबाट निर्वाचित प्रतिनिधिले ...

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० खि काठमाडौंमा हुने

काठमाडौं। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)  को २३ औं राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ। असोज १० देखि १२ गते...

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy