Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

पूर्वमा जारी नामाङ्कनको आन्दोलन अब सीमाङ्कनतिर अघि बढ्नुपर्छः आहुति

उत्पीडित जनजातिहरूको घनत्व भएको ठाउँहरूलाई मुख्य आधार बनाएर नयाँ सीमाङ्कनमा जाने कि नजाने ?

खबरडबली संवाददाता

काठमाडौं । विश्लेषक विश्वभक्त दुलाल ‘आहुति’ले पूर्वमा जारी प्रदेश पुनःनामाङ्कनको आन्दोलन अब सीमाङ्कनको मुद्दातिर अघि बढ्नुपर्ने विचार व्यक्त गरेका छन् । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयोजकसमेत रहेका आहुतिले किरात गणराज्य मोर्चा, यलाखोम समितिद्वारा काठमाडौंमा आयोजित ‘पूर्वी नेपालमा जनविद्रोहको दिशाबोध’ विषयक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“नामाङ्कनबाट आन्दोलन उठ्यो, ठीक छ । यो जहाँबाट पनि उठ्न सक्छ । तर, अबचाहिँ यही नामाङ्कनकै विषयमा अल्झिरहनुचाहिँ ठीक होइन, अब यो सीमाङ्कनतिर अघि बढ्नुपर्छ,” आहुतिले भने ।  त्यसअघि उनले भने, “उत्पीडित आदिवासी जनजातिहरूको घनत्व भएको ठाउँहरूलाई मुख्य आधार बनाएर नयाँ सीमाङ्कनमा जाने कि नजाने, मुख्य प्रश्न यो हो । लिम्बूहरूको घनिभूत जनसङ्ख्या भएको ठाउँहरूलाई समेटेर लिम्बूवान् बनाउन प्रयास गर्ने कि नगर्ने रु किरातहरूको बहुसङ्ख्यक जनसङ्ख्या भएको ठाउँलाई समेटेर किरात, तामाङहरूको बहुसङ्ख्यक जनसङ्ख्या भएको ठाउँलाई समेटेर ताम्लासिङ बनाउने कि नबनाउने रु प्रश्न यो हो ।”

यसो हुँदा मात्रै जारी आन्दोलनको औचित्य पुष्टि हुने उनले बताए । “यदि यसो भयो भने मात्रै तेस्रो जनआन्दोलन भनेपनि, जनयुद्ध भनेपनि त्यसको महत्त्व रहन्छ । तर, अहिलेकै संविधान ठीक छ, यही संविधानको प्रदेशको सीमाङ्कन ठीक छ, यही व्यवस्था ठीक छ भनियो भने उत्पीडित राष्ट्रहरूको मुक्ति सम्भव छैन,” उनले भने ।

उनले वर्तमान संविधान र व्यवस्था उत्पीडित आदिवासी जनजातिहरूको मौलिक विशेषतासँग नमिल्ने बताए । “अहिलेको चालू राज्य व्यवस्था अर्को छ, आदिवासी जनजातिहरूको मौलिक विशेषताहरू अर्कोतिर छ । यो पनि छलफल हुनुपर्छ,” उनले भने ।

उनले उत्पीडित राष्ट्रहरूले पहिलो संविधान सभाले टुङ्ग्याएको १४ वटा प्रदेश खोज्नुपर्ने बताए । “त्यहाँ लिम्बूवान्-किरातको कुरा नभइ लिम्बूवान् मात्रै, किरात मात्रैको कुरा रहेको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending