Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

पूर्वमा जारी नामाङ्कनको आन्दोलन अब सीमाङ्कनतिर अघि बढ्नुपर्छः आहुति

उत्पीडित जनजातिहरूको घनत्व भएको ठाउँहरूलाई मुख्य आधार बनाएर नयाँ सीमाङ्कनमा जाने कि नजाने ?

खबरडबली संवाददाता

काठमाडौं । विश्लेषक विश्वभक्त दुलाल ‘आहुति’ले पूर्वमा जारी प्रदेश पुनःनामाङ्कनको आन्दोलन अब सीमाङ्कनको मुद्दातिर अघि बढ्नुपर्ने विचार व्यक्त गरेका छन् । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयोजकसमेत रहेका आहुतिले किरात गणराज्य मोर्चा, यलाखोम समितिद्वारा काठमाडौंमा आयोजित ‘पूर्वी नेपालमा जनविद्रोहको दिशाबोध’ विषयक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“नामाङ्कनबाट आन्दोलन उठ्यो, ठीक छ । यो जहाँबाट पनि उठ्न सक्छ । तर, अबचाहिँ यही नामाङ्कनकै विषयमा अल्झिरहनुचाहिँ ठीक होइन, अब यो सीमाङ्कनतिर अघि बढ्नुपर्छ,” आहुतिले भने ।  त्यसअघि उनले भने, “उत्पीडित आदिवासी जनजातिहरूको घनत्व भएको ठाउँहरूलाई मुख्य आधार बनाएर नयाँ सीमाङ्कनमा जाने कि नजाने, मुख्य प्रश्न यो हो । लिम्बूहरूको घनिभूत जनसङ्ख्या भएको ठाउँहरूलाई समेटेर लिम्बूवान् बनाउन प्रयास गर्ने कि नगर्ने रु किरातहरूको बहुसङ्ख्यक जनसङ्ख्या भएको ठाउँलाई समेटेर किरात, तामाङहरूको बहुसङ्ख्यक जनसङ्ख्या भएको ठाउँलाई समेटेर ताम्लासिङ बनाउने कि नबनाउने रु प्रश्न यो हो ।”

यसो हुँदा मात्रै जारी आन्दोलनको औचित्य पुष्टि हुने उनले बताए । “यदि यसो भयो भने मात्रै तेस्रो जनआन्दोलन भनेपनि, जनयुद्ध भनेपनि त्यसको महत्त्व रहन्छ । तर, अहिलेकै संविधान ठीक छ, यही संविधानको प्रदेशको सीमाङ्कन ठीक छ, यही व्यवस्था ठीक छ भनियो भने उत्पीडित राष्ट्रहरूको मुक्ति सम्भव छैन,” उनले भने ।

उनले वर्तमान संविधान र व्यवस्था उत्पीडित आदिवासी जनजातिहरूको मौलिक विशेषतासँग नमिल्ने बताए । “अहिलेको चालू राज्य व्यवस्था अर्को छ, आदिवासी जनजातिहरूको मौलिक विशेषताहरू अर्कोतिर छ । यो पनि छलफल हुनुपर्छ,” उनले भने ।

उनले उत्पीडित राष्ट्रहरूले पहिलो संविधान सभाले टुङ्ग्याएको १४ वटा प्रदेश खोज्नुपर्ने बताए । “त्यहाँ लिम्बूवान्-किरातको कुरा नभइ लिम्बूवान् मात्रै, किरात मात्रैको कुरा रहेको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending