गलकोट । यही माघ ११ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तारूढ गठबन्धनका उम्मेदवारहरु मत माग्नका लागि जिल्लाका विभिन्न क्षेत्रमा पुगेका छन् । गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने गठबन्धनका उम्मेदवारहरु बागलुङका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया तथा भेटघाट गर्नका लागि बागलुङ आइपुगेका छन् ।
सत्ता पक्षीय पाँचदलीय गठबन्धनका तर्फबाट गण्डकी प्रदेशबाट उम्मेदवार करिणबाबु श्रेष्ठ, मनरुपा शर्मा र पदमबहादुर परियार निर्वाचनको मिति नजिकिएसँगै बागलुङसहित गण्डकी प्रदेशका जिल्ला जिल्लामा मतदाता भेटघाटमा व्यस्त रहेका छन् । उनीहरु मतदाताका रुपमा रहेको स्थानीय तहको सरकारप्रमुख उपप्रमुख तथा प्रदेशसभा सदस्यहरुबीच भेटघाट र परिचय कार्यक्रमका लागि बागलुङ आएका हुन् ।
यहाँ आयोजित कार्यक्रममा बागलुङ जिल्लाका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख अध्यक्ष, उपाध्यक्ष तथा यहाँबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सत्तापक्षीय प्रदेशसभा सदस्यहरुले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रियसभा सदस्य उम्मेदवार किरणबाबु श्रेष्ठले गठबन्धनको औचित्य र आवश्यकता अझै बाँकी रहेकाले आफूहरु अहिले पनि गठबन्धनका तर्फबाट उम्मेदवार बनेको बताए ।
“संविधान र व्यवस्थामाथि नै प्रहार भएपछि बनेको गठबन्धनको आवश्यकता अहिले पनि छ”, उनले भने, “अहिले पनि गठबन्धन नै गरेर निर्वाचनमा जाँदैछौँ, जनतामा आशा जगाउने गरी काम गर्नका लागि सरकारलाई सघाउने र जनताको प्रतिनिधिका रुपमा सरकारलाई सही मार्गमा हिँडाउनका लागि निरन्तर प्रयत्न गर्छौैं ।”
राष्ट्रियसभा सदस्य उम्मेदवार मनरुपा शर्माले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नका लागि आफूलाई राष्ट्रियसभामा भूमिका खेल्ने बताउँदै मत मागिन् । उनले गठबन्धनलाई मत माग्न जिल्ला जिल्लामा पुग्ने कार्यक्रमअन्तर्गत बागलुङ आएको बताइन् ।
राष्ट्रियसभा सदस्यका उम्मेदवार पदमबहादुर परियारले हरेक क्षेत्रलाई समावेशी बनाउन, स्थानीय तहलाई बलियो बनाउन भूमिका खेल्ने बताए । कार्यक्रममा सहभागी गठबन्धन दलका नेताले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको मर्मअनुसार अगाडि बढेर उम्मेदवारलाई विजयी गराउन भूमिका खेल्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
निर्वाचन परिचालन समितिका संयोजक एवं नेपाली कांग्रेस गण्डकी प्रदेशका महामहान्त्री विष्णु लामिछानेले सबै एक ढिक्का भएर निर्वाचन जित्ने वातावरण सृजना गर्न स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सदस्यहरुले सहयोग गर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - ०८:०४
सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा...
चैत्र १२ गते, २०८२ - ०७:५४
काठमाडौं । जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कार...
चैत्र १२ गते, २०८२ - ०७:४८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकार गठनको अन्तिम तयारी अघि बढाएको छ। प्रति...
चैत्र १२ गते, २०८२ - ०७:४१
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ...
चैत्र १२ गते, २०८२ - ०७:३९
पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात ...
चैत्र १२ गते, २०८२ - ०७:३७
काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु...
चैत्र १२ गते, २०८२ - ०७:२७
सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतल...
चैत्र १२ गते, २०८२ - ०७:२४
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचि...
चैत्र १२ गते, २०८२ - ०७:१६
बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प...
चैत्र १२ गते, २०८२ - ०७:१३
तनहुँ । जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा ...



प्रतिकृया लेख्नुहोस्: