Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

जोखिममा परेका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाई सेवा

खबरडबली संवाददाता

मकवानपुर । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा जोखिममा परेका गर्भवती र सुत्केरीका लागि निःशुल्क हवाई उद्धार सुरु गर्ने भएको छ । 

प्रदेश सरकारले गर्भवती तथा प्रसूति अवस्थामा ज्यान जोखिममा परेका महिलाका लागि निःशुल्क हवाई उद्धार गर्न गत भदौमा सो सेवासम्बन्धी मन्त्रिपरिषद्को बैठकले कार्यविधि स्वीकृत गरेको थियो । यस सेवाले प्रदेशका काठमाडौँ र ललितपुरबाहेक ११ जिल्लाका स्थानीय तहलाई समेट्ने छ । 

गर्भवती तथा प्रसूति अवस्थामा ज्यान जोखिममा परेका महिलाका लागि निःशुल्क हवाई उद्धार सेवासम्बन्धी कार्यविधि प्रदेश राजपत्रमा प्रकाशित भएसँगै कार्यक्रम कार्यान्वयनमा आउने भएको हो । 

प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले गर्भवती तथा ज्यान जोखिममा परेका सुत्केरीलाई हेलिकोप्टरबाट अस्पतालमा पुर्‍याउन हवाई उद्धार सेवा प्रदायक संस्थाको छनोट गर्नुपर्ने व्यवस्थाअनुसार बोलपत्र आह्वान गर्ने तयारी गरिएको जानकारी दिए । उनले बोलपत्र आह्वानपछि प्रतिस्पर्धाका आधारमा छनोट भएका हवाई उद्धार सेवा प्रदायक संस्थासँग सम्झौता गरी निःशुल्क उद्धार सेवा सुरु गर्ने बताए । 

प्रदेश स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन भुसालले यसअघि बनेको कार्यविधिमा समिति निर्माण लगायतका केही विषय छुट भएकाले कार्यविधिको नाम परिवर्तन गरी छुटेका विषय समेटेर नयाँ कार्यविधि बनाइएको बताए । 

प्रदेशभित्र बसोबास गर्ने प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न बागमती प्रदेशको मन्त्रिपरिषद्बाट स्वीकृत कार्यविधि कार्यान्वयनको प्रक्रिया सुरु गरिएको उनको भनाइ छ ।

गर्भवती तथा ज्यान जोखिममा परेका सुत्केरीलाई हेलिकोप्टरबाट तोकिएको अस्पतालमा पुर्‍याउन हवाई सेवा प्रदायक संस्थालाई हवाई उद्धार सेवा प्रदान गर्नका लागि प्रस्ताव आह्वान गरी सूचीकृत गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । 

यसअघि कार्यविधिमा समन्वय समितिको व्यवस्था भए पनि समिति कसको नेतृत्वमा बन्ने भन्ने स्पष्ट व्यवस्था नभएकोमा संशोधनपछि प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयका निर्देशकको संयोजकत्वमा हवाई उद्धार सेवा समन्वय समिति गठन गर्ने व्यवस्था गरिएको छ । उपचार सम्भव नभई तत्काल आकस्मिक उपचार गरी ज्यान जोगाउनुपर्ने भनी स्वास्थ्यकर्मी वा चिकित्सकबाट सिफारिस भएकाले सो सेवा पाउनेछन् । 

मन्त्रालयका सूचना अधिकारी भुसालले चालु आर्थिक वर्षमा यस कार्यक्रमका लागि रु ४० लाख बजेट विनियोजन भएको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगलागी प्रभावित गाउँपालिकालाई काठमाडाैं महानगरले आर्थिक सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने भएको छ । महानगरको विपद् व्यवस्थानि समितिको आज बसेको बैठकले ...

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम । अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका  छन् । जिल्लाको कमलबजार नगरपालिका–ढुङ्गाल्लाका ५२ वर्षीय शिवराम चलाउने घाइते भएका हुन् । उनलाई...

रौतहटमा एक जनाको शव फेला

राैतहट । रौतहटमा एक जनाको शव फेला परेको छ ।  रौतहटको चन्द्रपुर नगरपालिका-१ माथिल्लो क्यान्टिन बजार बस्ने ३० वर्षीयको कृष्ण बाबु लामा छिमेकीको घरको ...

लुम्बिनी गुरुयोजनाबारे राष्ट्रियसभा विधायन समितिको चासो

लुम्बिनी । राष्ट्रियसभाअन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज बुद्धजन्मस्थल लुम्बिनीका पछिल्ला गतिविधि र सम्पदा क्षेत्र स्थाल...

हरेक पालिकामा औद्योगिक ग्राम बनाउने सरकारको नीति छः मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हरेक पालिकामा एउटा औद्योगिक ग्राम विकास गर्ने वर्तमान सरकारको नीति रहेको बताएका छन् ।  ...

चक्रवात नजिकिएसँगै केन्यामा बाढीका कारण मृत्यु हुने सङ्ख्या बढेर दुई सयभन्दा माथि

एजेन्सी । तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई सयभन्दा धेरै पुगेको गृह मन...

मधेश प्रदेश सरकारबाट अग्निपीडितका लागि तत्काल राहत सहयोग गर्न माग

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग मटिहानी आगलागीपीडितका लागि तत्काल विशेष राहत सहयोगको माग गरिएको छ ।  विभिन्न राजनीतिक दलका ने...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो

बझाङ । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको अधिकांश भूभाग अँध्यारो भएको छ ।  मध्याह्नतिर वातावरण प्...

बागमती प्रदेशसभाको बैठक वैशाख ३१ गते आह्वान गर्न सरकारलाई आग्रह

मकवानपुर । बागमती प्रदेशसभा सचिवालयमा आज बसेको सर्वदलीय बैठकले यही  वैशाख ३१ गते बजेट अधिवेशन आह्वान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गर...

सिधाकुरा डटकमसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकम अनलाइनले प्रकाशन तथा प्रसारण गरेको अडियोसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखेको छ ।  न्यायाधीश हरिप्रसाद फु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies