Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

खबरडबली संवाददाता

काठमाडौं । बागमती प्रदेशको भावी मुख्यमन्त्री बन्ने विषयमा नेकपा एमालेभित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको छ। सरकारको नेतृत्व एमालेले पाउने निश्चित भएसँगै मुख्यमन्त्रीको कुर्सीका लागि नेताहरूबीच तीव्र प्रतिस्पर्धा, आरोप–प्रत्यारोप र आन्तरिक ध्रुवीकरण चुलिएको हो।

संसदीय दलका नेता जगन्नाथ थपलिया आफू स्वाभाविक दाबेदार रहेको दाबी गरिरहेका बेला भक्तपुरबाट निर्वाचित सांसद किरण थापा मगर पनि बलियो दाबेदारका रूपमा अघि आएका छन्। थापालाई पार्टी सचिव तथा बागमती इन्चार्ज महेश बस्नेतको साथ रहेको र अध्यक्ष केपी शर्मा ओलीको निकट मानिने भएकाले विवाद थप चर्किएको बताइन्छ।

मुख्यमन्त्री चयनका विषयमा अध्यक्ष ओलीको निवास गुण्डुमा सोमबार रातिसम्म चलेको छलफल निकै तनावपूर्ण बनेको थियो। छलफलका क्रममा नेताहरूबीच चर्काचर्की भएपछि थपलिया अचेत हुने अवस्थासम्म पुगेको स्रोतको दाबी छ। केही सांसदले थपलियाको नेतृत्व क्षमतामाथि नै प्रश्न उठाएका थिए भने उनलाई राजीनामा दिन दबाबसमेत दिइएको बताइएको छ।

थापा पक्षले संसदीय दलभित्र बहुमत सांसदको समर्थन जुटाएको दाबी गर्दै हस्ताक्षर अभियानसमेत अघि बढाएको थियो। यसले एमालेभित्र गुटबन्दी खुला रूपमा सतहमा आएको देखिएको छ। करिब एक वर्षका लागि मुख्यमन्त्री बन्ने दौडमा नेताहरू एकअर्काविरुद्ध उभिँदा पार्टीभित्र अविश्वास र असन्तुष्टि बढेको छ।

एमालेका केही नेताहरूले आफ्नै नेतृत्वले दललाई कमजोर बनाउने शैली अपनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूका अनुसार आन्तरिक छलफललाई सहमतिमूलक बनाउनुको सट्टा एक पक्षलाई कमजोर पार्ने प्रयास गरिएको छ।

यता, बागमती प्रदेशको सत्ता समीकरण पनि सहज छैन। १०४ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसद आवश्यक पर्छ। एमालेसँग उपसभामुखसहित २५ र नेकपासँग २६ सांसद छन्। दुवै दलको संख्या ५१ मात्रै हुने भएकाले सरकार गठनका लागि थप दुई सांसदको समर्थन आवश्यक छ। यस्तो अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्णायक भूमिकामा देखिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार एमालेले पहिले आफ्नै आन्तरिक विवाद समाधान गर्न नसके सरकार गठन प्रक्रिया नै प्रभावित हुन सक्छ। मुख्यमन्त्रीको कुर्सीलाई लिएर देखिएको यो संघर्षले दलभित्रको शक्ति सन्तुलन मात्र होइन, प्रदेश सरकार गठनको समीकरणसमेत जटिल बनाएको छ।

यसअघि बागमती प्रदेशमा नेपाली कांग्रेसभित्र पनि नेतृत्व परिवर्तनलाई लिएर यस्तै विवाद भएको थियो। त्यसबेला बहादुरसिंह लामालाई हटाएर इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बनेका थिए। अहिले त्यही शैलीको शक्ति संघर्ष एमालेभित्र देखिन थालेको राजनीतिक वृत्तमा चर्चा छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

वर्षा र पहिरोले देशभरका सडक अस्तव्यस्त, प्रमुख राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...

ग्यास नपाउने गुनासा बढेपछि ‘क्विक रेस्पोन्स’ टिम सक्रिय, दैनिक ४ सयसम्म गुनासा

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...

सडकबाट झरेको पहिरोले १३७ मुरी धान फल्ने खेत बगर बनायो, किसानको मेहनत खेर

खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending