काठमाडौं । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा त्रिभुवन विश्वविद्यालयले विद्यमान ऐन–नियमको पूर्ण पालना नगरी सेवासुविधा प्रदान भइरहेको अवस्थासहितको अध्ययन प्रतिवेदन प्रस्तुत भएको छ ।
समितिको साेमबार आजको बैठकमा अधिवक्ता चक्रमान विश्वकर्माद्वारा प्रस्तुत प्रतिवेदनमा त्रिविलाई आर्थिक भार पर्ने गरी कर्मचारी कल्याण कोष, औषधि उपचार कर्मचारी सापटी कोषजस्ता कोषहरु विनियमावली बनाई स्थापना भएको देखिएकाले त्यस्ता कोषहरु ऐन वा विनियमावलीबाट व्यवस्था गर्न सुझाव दिइएको छ ।
यस्तै त्रिविका पदाधिकारीको पारिश्रमिक, सेवा, सर्त तथा सुविधा आफँै तोकी विनियमावली बनाइनु विधिसम्मत नभएको तथा त्रिवि ऐन, २०४९ कार्यान्वयनमा आएको ३१ वर्ष भइसकेकाले नयाँ ऐन ल्याउनुपर्ने निचोड पनि समितिसमक्ष पेस गरिएको छ ।
समितिका सभापति मायाप्रसाद शर्माले प्रत्यायोजित विधायनको निर्माण र कार्यान्वयन सम्बन्धमा विश्वविद्यालय स्पष्ट हुनुपर्ने र संविधानले प्रत्याभूत गरेको उच्चशिक्षालाई सहज, गुणस्तरीय र पहुँचयोग्य बनाई क्रमशः निःशुल्क बनाउँदै लैजान आग्रह गरे । सो विषयमा समितिका सदस्यका सुझावबमोजिम अध्ययन प्रतिवेदनलाई पूर्णता दिई समितिले आवश्यक निर्देशन दिनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १२ गते, २०८१ - २०:०८
मकवानपुर । मकवानपुर प्रहरीले १६० किलो लागुऔषध गाँजा र गाँजा बोक्न प्रयोग भएको बोलेरो गाडीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको भीम...
मंसिर १२ गते, २०८१ - २०:०४
धनगढी । कैलालीबाट एक जना लागूऔषधसहित पक्राउ परेका छन् । गोदावरी नगरपालिका–८ का २० वर्षीय बिबेक चौधरीलाई लागूऔषध (हेरोईन) सहित पक्राउ गरेको इलाका प्रहर...
मंसिर १२ गते, २०८१ - १९:५९
पाेखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुविधा, प्रविधिमैत्री प्रणाली विकास गर्नसके सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन गर्न स...
मंसिर १२ गते, २०८१ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सिङ्गो पार्टी एकताबद्ध भएर सङ्गठन सुदृढीकरणसहित जनतामाझ जानुपर्ने खाँचो औँल्याएका छन् । ...
मंसिर १२ गते, २०८१ - १९:४९
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन् । ...
मंसिर १२ गते, २०८१ - १९:२२
गाेरखा । गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताललाई मातृशोक परेको छ । सभामुख धितालको ममतामयी आमा चित्रकुमारी धितालको वि.सं. १९९४ सालमा जन्म भएर २...
मंसिर १२ गते, २०८१ - १९:१९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारीरुपमा काम गर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । चालु ...
मंसिर १२ गते, २०८१ - १९:१२
धनगढी । नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदुरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता भएको छ । माया मेट्रो र रोयल्सबीच मेडिकल पार्ट...
मंसिर १२ गते, २०८१ - १९:०९
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले विकल्प खोज्ने बेला आएको बताएका छन् । काठमाडौंको कीर्तिपुरमा ...
मंसिर १२ गते, २०८१ - १९:०६
जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही मंसिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण रूपमा सम्प...
प्रतिकृया लेख्नुहोस्: