Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

हिमपात नहुँदा हुम्ली किसान चिन्तित

फाइल फोटो
खबरडबली संवाददाता

हुम्ला । हुम्लाका किसान लामो समयसम्म हिमपात नहुँदा खडेरी पर्ने चिन्तामा परेका छन् । माघको पहिलो सातासम्म पनि हिमपात नहुँदा यहाँका किसानको चिन्ता झन् बढेको हो । 

पहिलेका वर्षमा यो समय हिमपात हुनुका साथै सदरमुकाम सिमकोटसहितका अग्ला थुम्का र डाँडा सेताम्ये देखिने गर्दथे । यस वर्ष जिल्लामा दुई पटक मात्रै हिमपात भएको छ । त्यसले किसानमा खासै उत्साह छैन । जिल्लामा हिउँदयाममा हिमपात नहुँदा चिसो बढेको छ । हुम्लाको आकाशमा केही दिनदेखि बादल मडारिए पनि हिमपात हुन सकिरहेको छैन । 

मङ्सिर, पुस र माघमा अत्यधिक हिमपात हुने भए पनि यस वर्ष मङ्सिर र पुस दुई महिनासम्म हिमपात खासै भएन । यो समय जिल्लामा हिमपात भएर सेताम्य हुने भए पनि उराठलाग्दो देखिएको छ । सिमकोट गाउँपालिका–३ का स्थानीय पेमा लामाले भनिन्, “यतिबेला हिउँले जताजतै सेत्याम्ये देखिन्थ्यो, हिउँमा बालबालिकादेखि युवायुवती रमाउने गर्थे, तर यस वर्ष त्यसो हुनसकेन, पुस महिना सकिएर माघको आज ८ गते भइसक्यो ।” 

यस वर्षको हिउँद याममा हिमपात र वर्षा दुवै नहुँदा विशेषगरी किसान चिन्तित बन्न थालेका छन् । हुम्लामा बर्सेनि मङ्सिर, पुस र माघमा भारी हिमपात हुने गरे पनि यस वर्ष किसानले सोचेअनुसार हिमपात हुन नसकेको बताएका छन् । सिमकोट–२ ठेहेका गौगोरा बोहराले भनिन्, “जाडो मौसममा भारी हिमपात नभएका कारण खेतमा लगाइएको जौ, गहुँ र उवा बालीको उत्पादन घट्ने देखिएको छ, विगतका वर्षमा कात्तिकदेखि फागुनसम्म हिमपात हुनुका साथै किसानलाई राहत हुन्थ्यो ।” 

यहाँको जमिन सुक्खा देखिँदै गएको छ भने हिउँदका समयमा हिउँ नपर्नुले सेताम्य हिमाल काला पत्थरमा परिणत हुन थालेका छन् । पुसमा बाक्लो हिमपात भएर सेताम्ये हुने जिल्लाका विभिन्न चाङ्ला, रलिङ, सैपाल, पञ्चमुखीलगायत उच्च हिमाल सुक्खा देखिएका छन् । 

जलवायु परिवर्तनमा आएको असर हुम्लासमेत परेको छ । आकाशमा बादल देखिए हिउँ पर्छ कि भनेर यहाँका किसानले आशा राखे पनि केही समयपछि बादल आकाशमै हराउने गरेको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँका गोर्ख रोकायाले बताए । उनले भने, “हुम्लामा दुई–तीन वर्षयतादेखि १० वर्ष पहिलाको जस्तो सोचेअनुसारको हिमपात हुन छाडेको छ ।” 

हुम्लाका किसानले सोचेजस्तो हिमपात नहुँदा जेठमा पाक्ने जेठासी बाली उवा, गहुँ, जौलाई असर गर्छ भनेर कृषक चिन्तित भएका छन् । खेतबारीमा लगाइएको गहुँ, जौ, उवालगायत बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकतापर्ने भएकाले यस वर्ष समयमा वर्षा नहुँदा कृषक चिन्तित बनेका छन् । गर्त वर्ष ढिलोगरी हिमपात र वर्षा भएकाले यस वर्ष पनि ढिलो गरी हुन सक्छ कि भन्ने आशामा किसान छन् । 

जाडोयाममा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कोतिर तुषारोले बाली खानेमा कृषक चिन्तित रहेको सर्केगाड गाउँपालिका–६ बराई गाउँका मानबहादुर ऐडीले बताए । आवश्यक पर्ने हिउँ र वर्षा नभएपछि खेतमा लगाएको बाली नउम्रने र उम्रे पनि मरेर जाने भएको ऐडीले बताए । 

ऐडीले भने, “हुम्लामा १० वर्षअघि जस्तो हिउँ अचेल परेको छैन, मङ्सिरमा दुई पटक पातलो हिउँ प¥यो, केही समयमै बिलायो ।” हिउँदमा हिउँ बेस्सरी परेर बाली राम्रो भएको वर्ष जेठासीको उत्पादनले चार, पाँच महिना मुस्किलले खान पुग्ने गरेको उनको भनाइ छ । हिउँदको महिना हिउँ नपर्दा जेठासी बालीका लागि खेतबारीमा सिँचाइको व्यवस्था नहुँदा खडेरीको समस्या निम्तिएको हो । 

किसान चिसो बढेकोभन्दा पनि हिमपात नभएका कारण खेतमा लगाइएको हिउँदेबाली जेठमा पाक्ने उवा, गहुँ र जौ सुक्ने भन्दै चिन्तामा छन् । हिमाली जिल्ला हुम्ला मात्रै नभएर कर्णाली प्रदेशका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटका उच्च भेगमा हिमपात नहुँदा कृषक पनि चिन्तित बनेका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वमन्त्री यादव र वीरगञ्ज महानगर प्रमुख सिंह एमालेमा प्रवेश, इस्तियाक राई पनि सूर्य चिह्न लिएर उठ्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर पूर्वमन्त्री प्रदीप यादव नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन्। उनीसँगै वीरगञ्ज महान...

अमरेश सिंहलाई साथ लिएर बालेनले गरे जानकी मन्दिर दर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज बिहानै जानकी मन्दिरमा पुगेर दर्शन गरेका छन्। हिजो साँझ जनकपुरधाम पुगेका श...

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । निर्वाचन कार्यतालिका...

चिसो छल्न बस्ती छाडेपछि सुनसान छ खुम्बु क्षेत्र

सोलुखुम्बु । हरेक वर्षको हिउँदयाममा खुम्बु क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरू चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान ...

सोनाम ल्होसारले समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस्: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि...

पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात, छुर्पी र मुसुरो दालको व्यापारमा पनि उछाल

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका रैथाने उत्पादनहरूको निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ। साउनदेखि पुस ...

निर्वाचन आचारसंहिता आजबाट लागू- सरकारी नियुक्ति सरुवा र बढुवा आजदेखि बन्द

काठमाडौँ । निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि (आज...

हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाइँदै, आज सार्वजनिक बिदा

काठमाडौँ । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । म...

आईसीसी महिला टी-२० विश्‍वकप छनोट : थाइल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी महिला टी २० विश्‍वकप ग्लोबल छनोटको पहिलो खेल नेपाललले थाइल्यान्डसँग खेल्दैछ।  थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले...

गाईभैँसी पालनबाट मासिक एक लाखभन्दा बढी आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending