Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

किसानको गुनासो- दुधको भुक्तानी पाइएन, परिवार पाल्न धौधौ भयो

खबरडबली संवाददाता

इलाम । इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् । इलाम नगरपालिकाद्वारा  आयोजित ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको समस्या र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीले पछिल्लो पाँच महिनादेखि दुध र दुग्धजन्य पदार्थको भुक्तानी नहुँदा समस्या भोग्नुपरेको गुनासो गरेका थिए ।

इलाम–५ का किसान वीरबहादुर अधिकारीले गतसाउन १५ देखि दुधको पैसा नपाएको गुनासो पोखे । “साउनयता दुधको भुक्तानी भएको छैन । पाउनुपर्ने रकम नपाएपछि परिवार चालाउन धौधौ भइसक्यो”, उनले भने, “हामीले कसलाई भन्दा भुक्तानी हुने हो, थाहा छैन । हाम्रो अभिभावक नगरपालिका हो । नगरपालिकाले आवश्यक पहल गरिदिनुपर्छ ।”

सोही ठाउँका अर्का किसान गङ्गाप्रसाद नेपालले किसानले पाउनुपर्ने रकम स्थानीय, प्रदेश र सङ्घीय सरकार मिलेर भुक्तानी गर्न माग गरे । उनले किसानले दुधको भुक्तानी नपाउँदा नगरपालिकाले राहतको कार्यक्रम नल्याएको गुनासो गर्दै दुग्ध उत्पादक किसानलाई राहत ‘प्याकेज ’ ल्याउन नगरपालिकासँग माग गरे ।

इलाम–५ माइपोखरीका किसान भुप्रसाद बजगाईँले दुध लिन दुग्ध विकास संस्थान (डिडिसी)को गाडी दैनिक आउन छोडेकाले दुध बिक्री हुन छोडेको बताए । “डिडिसीको गाडी दैनिकरूपमा दुग्ध चिस्यान केन्द्रमा आउनुपर्ने हो । तर आजकल दुई–तीन दिनमा मात्र आउँछ । नआएको दिन दुध बिक्री हुँदैन, किसान मारमा छन्”, उनले भने, “किसानको दुध लिन कमसेकम डिडिसीको गाडी दैनिकरूपमा आउने वातावारण बनाउन नगरपालिले पहल गर्नुपर्छ ।”

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ इलामका अध्यक्ष होम कट्टेलले गत भदैदेखि किसानले दुधको भुक्तानी नपाएको गुनासो गरे । उनले माघ तेस्रो सातासम्म पनि दुधको भुक्तानी नपाए किसानले आन्दोलन गर्नुपर्ने परिस्थिति सिर्जना भएको बताए ।

“किसानले गत भदौदेखि हालसम्म मासिक १५ दिनको मात्र दुधको भुक्तानी पाएका छन् । किसानलाई दैनिक गुजारा चलाउनसमेत धौधौ पर्न थालिसक्यो”, उनले भने, “किसानका समस्या समाधानका लागि चाँडो पहल गरियोस् । यो महिनाको तेस्रो सातासम्म पनि भुक्तानी नपाए किसान आन्दोलित हुनुको विकल्प छैन ।”

डिडिसीले साउनदेखि पुससम्मको नौ लाख ५६ हजार पाँच सय ६० लिटर दुधको भुक्तानी दिन बाँकी रहेको अध्यक्ष कट्टेलले बताए । डिडिसीले दुग्ध चिस्यान केन्द्र बिब्ल्याँटेमा दुई लाख ११ हजार ५० लिटर, दुग्ध चिस्यान केन्द्र तीनघरेमा दुई लाख ६१ हजार छ सय १० लिटर, दुग्ध चिस्यान केन्द्र फिक्कलमा एक लाख ८२ हजार चार सय लिटर र दुग्ध चिस्यान केन्द्र शान्तिडाँडामा तीन लाख एक हजार चार सय लिटर दुधको भुक्तानी दिन बाँकी रहेको उनले जानकारी दिए ।

इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहेका व्यवसायी चेतनाथ पौड्यालले रु एक करोड १५ लाख बढीको घिउ र छुर्पी नबिकेर स्टोरमा थन्क्याउनुपरेको बताए । उनले अझ स्टोरमा नै रहने हो भने अखाद्य तत्वका रूपमा परिणत हुने चिन्ता व्यक्त गरे । “हामी व्यवसायीसँग रु करोड १५ लाख बढीको घिउ र छुर्पी नबिकेर स्टोरमै राख्न बाध्य छौँ । अझ १५ दिनसम्म पनि बिक्री भएन भने अखाद्य तत्वमा परिणत हुन्छ । नष्ट गर्नुको विकल्प रहँदैन”, उनले भने, “यसबाट हामीले करोडौँको क्षति व्यहोर्नुपर्छ ।” उनले एक लिटर दुध उत्पादनमा रु ५६ उत्पादन लागत लाग्ने भएकाले दुधको मूल्य घट्दासमेत किसान नै मर्कामा परेको बताए ।

राष्ट्रिय कृषक महासङ्घका संयोजक राम मगरले गुणस्तरीय दुग्ध सामग्री उत्पादन र बजारीकरणका लागि रणनीतिक अनुगमन गर्नुपर्ने बताए । इलाम नगर प्रवक्ता एवं वडा नं ४ का वडाध्यक्ष नुतनदेव दुलालले भारतीय दुग्ध सामग्री आयातमा प्रतिबन्ध लगाएमात्र नेपाली दुग्ध उत्पादनले बजार पाउने बताए । 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले किसानको समस्या सधानका लागि आफ्नो तर्फबाट पहल हुने प्रतिबद्धता जनाए । “किसानले राख्नुभएका विभिन्न समस्या र सुझावलाई प्रधानमन्धी तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय तथा सम्बन्धित निकायमा सम्प्रेषण गर्नेछु”, उनले भने, “दुग्ध विकास संस्थान (डिडिसी)को गाडी दैनिकरूपमा आउने वातावरण बनाउन समन्वय गर्छु ।”

नगरप्रमुख केदार थापाले किसानका समस्यालाई नगरपालिकाले गम्भीरतापूर्वक लिएको बताउनुहुँदै स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । “उत्पादनदेखि बजारीकरणसम्म नै किसानका थुप्रै समस्या छन्, ती समस्याबारे नगरपालिका गम्भीर छ” उनले भने, “स्थानीय सरकारका तर्फबाट किसानका लागि गर्नसक्ने काममा नगरपालिका सधैँ प्रतिबद्ध छ ।  तर प्रदेश र सङ्घीय सरकारबाट गर्नुपर्ने काममा विषयमा हामीले उहाँहरूसँग सहजीकरण र आवश्यक पहल गरिरहेका छौँ ।” 

इलाम नगरमा मात्र दैनिक २० हजार लिटर दुध उत्पादन हुने गरेको इलाम नगरपालिका पशु शाखाका प्रकाश लुइँटेलले बताए । उहाँका अनुसार दैनिक दुई हजार लिटर दुध डिडिसीमार्फत विराटनगर जाने गरेको छ । बाँकी दुध निजी डेरी, चिज कारखाना, छुर्पी बनाउने उद्योग र मीठाइ बनाउने उद्योगमा खपत हुने गरेको छ ।

जिल्लामा भने निजी क्षेत्रमा दैनिक ५३ हजार लिटर हाराहारीमा दुग्ध खपत हुँदै आएको छ । निजी डेरीमा मात्र एक हजारभन्दा धेरै किसानले दुध बिक्री गर्दै आएका छन् । इलाममा १८ वटा चिज कारखाना, एक सय ५० वटा छुर्पी बनाउने उद्योग र १३ वटा दुग्ध मीठाइ बनाउने उद्योग रहेको सरकारी तथ्याङ्क छ ।  इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दुग्ध पदार्थ उत्पादन हुने गरेको छ । होलिस्टिन र जर्सी गरी यहाँ ३३ हजार तीन सय ७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्याङ्क छ ।

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending