भोजपुर । प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउराली फुटबल क्लबले हातपारेको छ । अन्तिम खेलमा आम्तेक–११ लाई ३–२ अन्तरले हराउँदै देउरालीले उपाधि जितेको हो । जितसँगै देराउराली फुटबल क्लबले नगद रु तीन लाखसँगै ट्रफी मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बन्ने आम्तेक ११ ले नगद दुई लाख, मेडल र प्रमाणपत्र पाएको छ ।
यही माघ १ गतेबाट सुरु भएको प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए । प्रतिस्पर्धात्मक खेलमा देउरालीका लागि बिजु भुजेलले दुई गोल गर्नुभयो भने थप एक गोल सुवास तामाङले गर्नुभयो । उता आम्तेक ११ का लागि दुवै गोल निशान लिम्बूले गरेका थिए ।
देउरालीका बिजु भुजेल फाइनल खेलको म्यान अफ द म्याच चुनिएका छन् । उत्कृष्ट खेलाडी देउरालीकै विवेक राई, उत्कृष्ट गोलरक्षक देउरालीका चरी लिम्बू, उत्कृष्ट डिफेन्डर आम्तेकका रेमन उदास घोषित भएको आयोजक समितिका सचिव देउमान राईले बताए ।
त्यस्तै उत्कृष्ट मिडफिल्डर आम्तेक–११ का रोशन भुजेल, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ताको पुरस्कार आम्तेक–११ का निशान लिम्बूले प्राप्त गरेको पौवादुङमा गोल्डकप तथा माघीमेला कार्यक्रम–२०८० आयोजक समिति अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिए ।
विजेता तथा उपविजेता बन्ने समूहलाई पुरस्कार वितरण गर्दै खेलक्षेत्रको विकाससँगै युवा, बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि गाउँपालिकाले गोल्डकप प्रतियोगिता सञ्चालन गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । प्रतियोगिता सञ्चालनले यहाँको पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुगेको अध्यक्ष राईको भनाइ छ ।
“गाउँपालिकाको आर्थिक व्यवस्थापनमा हामीले प्रथम पौवादुङमा गोल्डकपसँगै माघीमेला सञ्चालन गरेका हौँ”, अध्यक्षर राईले भने, “प्रतियोगिताले खेलक्षेत्रको विकाससँगै यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ । यस्ता प्रतियोगितामामार्फत खेलक्षेत्रको विकास गर्ने हाम्रो लक्ष्य हो ।” पौवादुङमा रङ्गशालामा प्रतियोगिता सञ्चालन गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - ०७:२४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेको छ। पार्टीका संसदीय दलका उपनेता तथा केन्द्रीय सदस्य ग...
आषाढ़ १९ गते, २०८३ - ०७:०९
काठमाडौं । भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि १४० टन भग्नावशेषमुनि आठ दिनसम्म फसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। यो उद्धारलाई हालसम्मकै सबैभ...
आषाढ़ १९ गते, २०८३ - ०७:०७
खोटाङ । खोटाङकाे जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा पहिलेदेखि सुरू भएको बोपुङको...
आषाढ़ १९ गते, २०८३ - ०७:०४
काठमाडौं । फिफा विश्वकप २०२६ मा पोर्चुगलले रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। भर्खरै सम्पन्न खेलमा पोर्चुगलले क्रोएसियालाई ...
आषाढ़ १९ गते, २०८३ - ०७:०२
रुपन्देही । रुपन्देहीका विभिन्न स्थानमा महिलाको घाँटीबाट सुनका सिक्री तानेर लुट्ने (स्न्याचिङ) घटनामा संलग्न ५ जनालाई प्रहरीले चोरी गरिएका गहनासहित पक...
आषाढ़ १९ गते, २०८३ - ०६:५७
काठमाडाैं । पछिल्लाे २४ घण्टामा दुई हजार ४२ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १३ लाख ३३ हजार रुपैयाँ राजस्व दाखि...
आषाढ़ १९ गते, २०८३ - ०६:४०
काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देश...
आषाढ़ १८ गते, २०८३ - २०:५७
महोत्तरी । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरबाट दोषी ठहर भएका नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेक...
आषाढ़ १८ गते, २०८३ - २०:५३
सेवा छाडेका कर्मचारीका ४ हजारभन्दा बढी प्रवेश पास अझै सक्रिय



प्रतिकृया लेख्नुहोस्: