काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई ६ विकेटले हराएको छ ।
पुलिस क्लबको यो लगातार पाँचौँ जित हो । प्रतियोगितामा आफूले खेलेका सबै खेल जित्ने पुलिस क्लब एक मात्र टोली हो । हालसम्म सात खेल खेलेको मधेश प्रदेशको भने यो तेस्रो हार हो । मधेश प्रदेश चार खेलमा विजयी भएको छ ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निम्तो पाएको मधेश प्रदेशले २४ ओभरमै अलआउट हुनुअघि ९६ रन मात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पुलिस क्लबले भने १८।३ ओभरमै केवल चार विकेट गुमाएर ९९ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।
पुलिस क्लबका लागि ओपनर ब्याट्सम्यान सुनिल धमलाले २८ रन बनाए । उनले केवल २७ बलको सामना गरी दुई छक्का र तीन चौका पनि हिर्काए । अर्का ओपनर कुशल भुर्तेलले पनि टोलीको खातामा १९ रन थपे । उनले २३ बलमा एक छक्का र दुई चौका प्रहार गरे ।
पुलिस क्लबका लागि ओपनर ब्याट्सम्यान सुनिल धमलाले २८ रन बनाए । उनले केवल २७ बलको सामना गरी दुई छक्का र तीन चौका पनि हिर्काए । अर्का ओपनर कुशल भुर्तेलले पनि टोलीको खातामा १९ रन थपे । उनले २३ बलमा एक छक्का र दुई चौका प्रहार गरे ।
विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद सात रनमा आउट भए । दिलीप नाथले चार रन बनाए । अमित श्रेष्ठ १५ र आरिफ शेखले १६ रनमा अविजित रहे । पुलिस क्लबले अतिरिक्त रूपमा १० रन पाएको थियो ।
मधेश प्रदेशका बलर रञ्जित कुमार र अरनिको यादवले दुई–दुई विकेट लिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - १९:४९
जनकपुरधाम । थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएपछि नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्त...
आषाढ़ १८ गते, २०८३ - १९:४१
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही...
आषाढ़ १८ गते, २०८३ - १३:२९
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...
आषाढ़ १८ गते, २०८३ - १३:१९
काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...
आषाढ़ १८ गते, २०८३ - १३:१९
काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...
आषाढ़ १८ गते, २०८३ - १३:०२
काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...
आषाढ़ १८ गते, २०८३ - १२:५२
धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...
आषाढ़ १८ गते, २०८३ - १२:२५
कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...
आषाढ़ १८ गते, २०८३ - ११:५०
काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...
आषाढ़ १८ गते, २०८३ - ११:३८
तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...



प्रतिकृया लेख्नुहोस्: