एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ को नारालाई जोड दिँदै आफू दोस्रो पटक राष्ट्रपति भएको भए युक्रेन र गाजामा द्वन्द्व हुने नहुने बताएका छन् ।
अमेरिकी पूर्व राष्ट्रपतिले आफ्नो कार्यकालमा आफ्नो प्रशासनको नीतिका कारण इरान ‘विभाजित’ भएको तर गलत नीतिका कारण आज देशले युद्धका नाममा पैसा ‘पम्पिङ’ गरिरहेको बताए ।
न्यू ह्याम्पसायरको लण्डनडेरी सिटीमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “यदि उनीहरू (अमेरिकी मतदाताहरू) एउटा महान् देश चाहन्छन् भने उनीहरूले ‘अमेरिकालाई फेरि महान बनाउने’ हो भने रिपब्लिकन पार्टीको ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानमा सहभागी हुनुपर्छ । यसैको पक्षमा मतदान गर्नुपर्छ ।”
रिपब्लिकन पार्टी अमेरिकालाई महान् बनाउने अभियानमा लागिरहेको उनको दावी थियो । पूर्व राष्ट्रपति ट्रम्पले आफू सत्तामा हुँदा सबै कुरा ‘सहज र राम्रोसँग’ चलिरहेको भए पनि आज पूरै विश्व ‘हिंसा’ को त्रासमा रहेको बताए ।
उनले भने, “हामीले ती मुलुकसँगका समस्यालाई राम्रो तरिकाले सम्वोधन गरेका थियौं । हामीसँग कुनै युद्ध थिएन । रूसले युक्रेनमाथि कहिल्यै आक्रमण गर्ने थिएन र इज्राएलमाथि पनि आक्रमण हुने थिएन ।
ट्रम्पले थपे, “इरान टुक्रियो, तपाईलाई थाहा छ उनीहरुसँग पैसा किन थिएन ? किनभने मैले अन्य देशहरूलाई भनें, जबसम्म हामी सम्झौता गर्दैनौं तबसम्म तपाईं उनीहरूसँग व्यवहार गर्न सक्नुहुन्न ।” अहिले इरानले चारैतिर पैसा फैलाइरहेको छ । हामी फेरि मध्यपूर्वमा बम बारी गर्दैछौं, र यसको कुनै असर छैन ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक ३ गते, २०८१ - १९:५३
त्रिवेणी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापतिलाई लागेको आरोपका विषयमा हुने कानुनी प्रक्रियालाई सघाउने ...
कार्तिक ३ गते, २०८१ - १९:४३
झापा । पूर्व पश्चिम राजमार्गको कमल गाउँपालिका–५ मा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ केराबारी गाउँपलि...
कार्तिक ३ गते, २०८१ - १९:०१
काठमाडौं । ल्याटिन अमेरिकी देश क्युबाको मुख्य विद्युत् केन्द्र असफल भएपछि सिंगो देश विद्युत् संकटमा परेको छ । मुख्य पावर ग्रिड फेल भएपछि झण्डै देशैभर ...
कार्तिक ३ गते, २०८१ - १८:५८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको...
कार्तिक ३ गते, २०८१ - १८:५३
काठमाडौं । ललितपुरको सातदोबाटोमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । आगलागी भएपछि यात्रुहरू हतार हतार ओर्लिएको प्रत्यक्षदर्शीले बताएका छन् । ...
कार्तिक ३ गते, २०८१ - १८:४९
काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी चालकले ठाउँकाठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक ...
कार्तिक ३ गते, २०८१ - १८:४५
जुम्ला । यहाँका किसानलाई मार्सीधान काट्न भ्याइनभ्याइ भएको छ । यहाँ चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ मा उन्नत जातका मार्सीधानको खेती हुँदै आ...
कार्तिक ३ गते, २०८१ - १८:४०
बाँके । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको सीमा क्षेत्र पेडारी खोलामा पक्की पुल निर्माण हुने भएको छ । २०६३ सालमा पेडारी खोलाको पुल भत्किएको थियो...
कार्तिक ३ गते, २०८१ - १८:३७
जनकपुरधाम । गत असोज ११, १२ र १३ गतेको अविरल वर्षासँगै आएको बाढीले बागमती मनुष्मारा झाँझ सिँचाइ कार्यालय अन्तर्गत करिब रु दुई करोड बराबरको भौतिक क्षति...
कार्तिक ३ गते, २०८१ - १८:३०
चितवन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सबै माओवादी पार्टीबाट अलग भएका एकताबद्ध भएर अघि बढ्नसके माओवादी पार्टीले २०६४ सालको परिणा...
प्रतिकृया लेख्नुहोस्: