Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

राष्ट्रियसभा निर्वाचन- माओवादीलाई कांग्रेस र राप्रपालाई एमालेको ‘धोका’

खबरडबली संवाददाता

काठमाडौं । सत्तारूढ र सरकारबाहिरका दल गठबन्धन बनाएर राष्ट्रिय सभा निर्वाचनमा सहभागी भए पनि दुवैतर्फ अनपेक्षित परिणाम देखिएको छ । चासोपूर्वक हेरिएको कोशी प्रदेशमा सत्ता र प्रतिपक्षी दुवै गठबन्धनले अपेक्षा गरेभन्दा बाहिरको परिणाम आएको हो । 

कोशीमा सत्ता गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी हुँदा माओवादीकी चम्पादेवी कार्की पराजित भएकी छन् । अर्कोतर्फ प्रतिपक्षी गठबन्धन एमालेका उम्मेदवार रुक्मिणी कोइराला विजयी हुँदा राप्रपाका उद्धव पौडेल पराजित भए । 

कोशीमा सिटौलाले ५ हजार २ सय ९२ मतभार ल्याएर निर्वाचित हुँदा माओवादी चम्पादेवीले ४ हजार ९ सय ९२ मतभार प्राप्त गरिन् । प्रतिपक्षी गठबन्धनबाट राप्रपाका पौडेलले ४ हजार ५ सय २६ मतभार प्राप्त गर्दा एमालेकी रुक्मिणी कोइराला ५ हजार ८६ मत ल्याएर निर्वाचित भइन् ।

यो विजयसँगै सिटौलाले संसदीय र सत्ता यात्रामा पुनरागमन गरेका छन् । २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले–राप्रपा गठबन्धनबाट लगातार पराजित भएपछि उनको संसदीय यात्रामा अल्पविराम लागेको थियो । कोशीमा सत्तारूढ गठबन्धनको स्पष्ट बहुमत थियो । गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतको मतभार जोड्दा एमालेभन्दा अगाडि थियो । 

त्यहाँ एमालेको मतभार ४ हजार २ सय ४८, कांग्रेसको ३ हजार ६ सय ८४, माओवादीको १ हजार २ सय ७८, राप्रपाको ३ सय ९४, एकीकृत समाजवादीको ३ सय ४५, जसपाको १ सय २९ थियो । सत्ता गठबन्धनको ५ हजार ४ सय ३६ मतभार थियो भने प्रतिपक्षी एमाले–राप्रपा गठबन्धनको ४ हजार ६ सय ४२ थियो । तर, पौडेलले ४ हजार ५ सय २६ मतभार प्राप्त गरे । यसलाई राप्रपाले ‘धोका’ को टिप्पणी गरेको छ ।

राप्रपासँग गठबन्धन गरेर एमालेले परशुराम अधिकारीको उम्मेदवारी निष्क्रिय गराएको थियो तर उनलाई एक प्रदेश सांसद र पाँच स्थानीय जनप्रतिनिधिले मत दिएका छन् । कोशीमा आफ्ना उम्मेदवार पराजित भएपछि माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले कांग्रेसको एक समूहले अन्तर्घात गरेको प्रतिक्रिया दिए । मुख्यमन्त्री माओवादीलाई दिन नहुने लबिइङमा लागेको कांग्रेसको एक समूहले राष्ट्रिय सभा निर्वाचनमा पनि धोका दिएकाले प्रदेशमा गठबन्धनको औचित्य सकिएको उनको भनाइ छ ।

राष्ट्रिय सभा परिणामले सत्तारूढ गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेको माओवादीलाई भने झस्काएको छ । सत्ता गठबन्धनको राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति सदस्यसमेत रहेका माओवादी उपमहासचिव वर्षमान पुनले कांग्रेसलाई कतिसम्म विश्वास गर्ने भन्नेमा संशय पैदा भएको प्रतिक्रिया दिए । कोशीको मुख्यमन्त्रीदेखि अहिले राष्ट्रिय सभा निर्वाचनको परिणाम हेर्दा कांग्रेसमाथि संशय पैदा भएको र त्यसको हल निकाल्नुपर्ने उनको भनाइ छ । 

‘संगठित रूपमा नै गठबन्धनविरुद्ध कांग्रेसबाट यस्तो व्यवहार देखिएको छ,’ उनले भने, ‘यसअघि मुख्यमन्त्री चयन गर्दा हाम्रो दलका नेता इन्द्र आङ्बोलाई बनाउने गरी गठबन्धनले निर्णय लियो । कांग्रेसको एउटा समूहले एमालेको समर्थन लिएर सरकार बनायो र पनि हामीले समर्थन गरिदियौं । अहिले कांग्रेसमा त्यही प्रवृत्ति दोहोरियो, आफ्ना उम्मेदवार जिताउने र हामीलाई हराउने गर्दा अविश्वास बढ्यो ।’

प्रतिपक्षी एमाले र राप्रपा गठबन्धनमा पनि धोका भएको भन्दै असन्तुष्टिको स्वर आएको छ । राप्रपाको भोट लिएर एमालेले आफ्ना उम्मेदवार रुक्मिणी कोइरालालाई जिताएको तर सोहीअनुसार आफ्ना उम्मेदवारलाई भोट नआएको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए । ‘हामीले इमानदारीपूर्वक मतदान गर्‍यौं तर एमालेबाट सहमतिअनुरूपको भोट आउन सकेन । धोका भयो ,’ उनले भने । यो समाचार आजको कान्तिपूर दैनिकमा छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८५वर्षमा फर्कियो ७ वर्षअघि गुमेको दृष्टि

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा...

जेनजी आन्दाेलन छानबिन आयोग प्रतिवेदन: भदौ २३ लाई कारबाही, २४ लाई उन्मुक्ति

काठमाडौं । जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कार...

बालेनलाई आज संसदीय दलको नेता चयन गर्दै रास्वपा, भोलि प्रधानमन्त्रीको शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकार गठनको अन्तिम तयारी अघि बढाएको छ। प्रति...

यस्तो छ आजको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ...

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात ...

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु...

चुलोचौकोदेखि क्याम्पससम्म: बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतल...

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचि...

जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प...

तनहुँको मह विश्व बजारमा, किसान उत्साहित

तनहुँ ।  जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending