Ntc summer Offer
Khabar Dabali ३ कार्तिक २०८१ शनिबार | 19th October, 2024 Sat
Investment bank

सडेको खाना बिक्री गर्ने होटललाई जरिवाना

खबरडबली संवाददाता

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालित एउटा होटल कारबाहीमा परेको छ । होटलले ग्राहकलाई खुवाउन राखेको मासु सडेको भेटिएपछि गैँडाकोट–९ मा सञ्चालित होटल राप्ती मुनाललाई बजार अनुगमन टोलीले कारबाही गरेको हो ।

होटलमा बिक्रीका लागि राखिएको खाद्य सामग्री सडेको अवस्थामा फेला परेपछि कारबाही स्वरुप होटललाई रु पाँच हजार जरिवाना गरिएको गैँडाकोट नगरका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतमले जानकारी दिए । मुनाल होटलले पकाएको चियामा टमाटर भेटिएको, सरसफाइमा ध्यान नदिएको, खानेकुरा राख्दा समेत खाद्य गुणस्तरमा ध्यान नदिइएको तथा उचित व्यवस्थापन नगरेको पाइएपछि कारबाही गरिएको उनको भनाइ थियो ।

गैँडाकोटको सडक किनारमा सञ्चालित होटलले अस्वस्थ्यकर खाना खुवाएको जन गुनासो आएपछि गैँडाकोटको कांग्रेसचोक, थुम्सीलगायत क्षेत्रका विभिन्न होटल तथा पसलमा आज अनुगमन गरिएको थियो । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौलीको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका अखाद्य सामग्री नष्ट गरिएको खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्यले जानकारी दिइन् । केही स्थानमा भेटिएका शङ्कास्पद खाद्य पदार्थको गुणस्तर परीक्षण गर्न नमूना सङ्कलन गरिएको भन्दै उनले अनुगमनका क्रममा स्थानीय पसललाई मूल्यसुची राख्न, म्याद गुज्रिएका सामग्री बिक्री नगर्न सुझाव दिइएको बताइन् । 

गैँडाकोटमा सञ्चालित अधिकांश किराना पसल तथा होटलहरुमा चिसो पेय पदार्थको म्याद गुज्रिएको अवस्थाका फेला परेका आचार्यले जानकारी दिइन् । म्याद गुज्रिएका पेय पदार्थ भेटिएको पसलका सञ्चालकले आफूहरुलाई डिलरले झुक्याएर त्यस्ता सामग्री छाड्ने गरेको गुनासो गरेका थिए । 

मूल्यसूची तथा परलमा साइन बोर्ड नराखेको, व्यवसाय दर्ता र नवीकरण नभएको, किराना पसलमा खाद्य सामग्री र विषादी एकै स्थानमा राखिएको, सरसरफाइमा कमजोरी भेटिएको पाइएकाले व्यवसायीलाई सचेत गराइएको आचार्यले जानकारी दिइन् । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौलीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कावासोती, गैँडाकोट नगरपालिका उपभोक्ता हित संरक्षण समिति, इलाका प्रहरी कार्यालय गैँडाकोट र गैँडाकोटको नगर प्रहरीले संयुक्तरुपमा बजार अनुगमन गरेका हुन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काङ्ग्रेस कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुग्यो: उपेन्द्र यादव

जलेश्वर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले काङ्ग्रेस कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुगेको बताएका छन् ।  जनता स...

स्याङ्जाको चापाकोटमा बम बिस्फोट, एक घाइते

स्याङ्जा । स्याङ्जाको चापाकोटमा बम बिस्फोट भएको छ । चापाकोट नगरपालिका–४ मल्याङ्कोट पुरीगाँउका गोबिन्द पुरीको घरमा बम बिस्फोट भएको हो ।  पुरीको तीन ...

वेस्ट ह्याममाथि टोटनह्यामको शानदार जित

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा टोटनह्यामले वेस्ट ह्यामलाई ४-१ गोल अन...

कांग्रेसकाे आउँदो महाधिवेशन निर्धारित समयभित्र हुनुपर्छ:शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आउँदो महाधिवेशन निर्धारित समयभित्र हुनुपर्नेमा जोड दिएका छन् । शनिबार मोरङको बेलबारीमा नेपाल भूतपूर्...

भूमिसम्बन्धी समस्या समाधान गर्न कात्तिकभित्रै आयोग गठन हुन्छ: मन्त्री अधिकारी

त्रिशूली । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न छिट्टै आयोग गठन हुने बताएका छन् । नेपाल कम्यु...

कानुनी प्रक्रियालाई सघाउन तयार छौँ: सन्तोष परियार

त्रिवेणी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापतिलाई लागेको आरोपका विषयमा हुने कानुनी प्रक्रियालाई सघाउने ...

झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

झापा । पूर्व पश्चिम राजमार्गको कमल गाउँपालिका–५ मा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोरङ केराबारी गाउँपलि...

क्युबामा देशभर विद्युत अवरुद्ध

काठमाडौं । ल्याटिन अमेरिकी देश क्युबाको मुख्य विद्युत् केन्द्र असफल भएपछि सिंगो देश विद्युत् संकटमा परेको छ । मुख्य पावर ग्रिड फेल भएपछि झण्डै देशैभर ...

नेपाल र चीनबीच भएका समझदारी कार्यान्वयन गर्नुपर्नेमा प्रचण्डको जोड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको...

ललितपुरको सातदोबाटोमा गुडिरहेको बसमा आगलागी

काठमाडौं । ललितपुरको सातदोबाटोमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । आगलागी भएपछि यात्रुहरू हतार हतार ओर्लिएको प्रत्यक्षदर्शीले बताएका छन् ।  ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy