Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौँ । यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले गएको वैशाख १ गतेदेखि आज असार ५ गतेसम्मको अवधिमा दुई हजार २११ वटा विपद्का घटनामा परेर १०५ जनाको मृत्यु भएको र ६०५ जना घाइते भएका जानकारी दिइन् ।

प्राधिकरणले आज सार्वजनिक गरेको अद्यावधिक विवरणमा उक्त अवधिमा तीन हजार ९२ घर प्रभावित भएको जनाइएको छ । प्राधिकरणका अनुसार सबैभन्दा बढी लेक लागेर २१ जनाको मृत्यु भएको छ । त्यसपछि आगलागीबाट १६ जना र सर्पदंश तथा चट्याङबाट १४–१४ जनाको मृत्यु भएको छ ।

यस्तै हुरीबतासबाट १३, जनावरको आक्रमणबाट १० जनाको मृत्यु भएको छ । अन्यमा बाढी, भारी वर्षा, डुङ्गा पल्टिएर, वन डढेलो र हिउँ पहिरोमा परेर मानिसले ज्यान गुमाएका छन् । प्राधिकरणले सार्वजनिक गरेको विवरणमा यो अवधिमा सबैभन्दा बढी ७३६ वटा आगलागीका घटना भएका छन् । त्यसपछि हुरीबतासका ४५२, सर्पदंशका २६९, चट्याङका १६०, जनावरको आक्रमणका ११४, पहिरोका १२७ र वन डढेलोका १७९ घटना भएका छन् ।

प्राधिकरणले पछिल्लो २४ घण्टामा मात्रै २६ जिल्लामा ३१ वटा विपद्का घटना भएको र ती घटनामा परेर चार जना घाइते भएका जानकारी दिइन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले बैठकमै प्रहरीको इन्ट्री, विष्णु पौडेल पक्राउपछि कर्णालीमा तरंग।

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सोमबार सुर्खेतमा पार्टीको कार्यक्रम चलिरहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको छ। चुनावी समीक्षा...

मोटरसाइकलले ठक्कर दिँदा बारामा तीन जनाको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जीतपुरबाट व...

कोटेश्वरमा कारको ठक्कर : चार मोटरसाइकलमा क्षति, पाँच जना घाइते

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्। सातदोबाटोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा.१४...

आरजुमाथि तत्काल मुद्दा नचल्ने, अख्तियारले छुट्टै अनुसन्धान अघि बढाउने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि तत्काल मुद्दा नचलाउने निर्णय गर्दै उनीसँग सम्बन्धित विषयमा...

विष्णु पौडेललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको छ। वीरेन्द्रनगरस्थित शुभम होटलमा एमालेको निर्वाचन समीक्षा तथा...

कांग्रेस नेता खरेलकाे निधन

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी  केही वर्षदेखि ‘दम’ रोगबाट...

आफ्नै कार्यकर्तादेखि सतर्क, बन्द सत्रमा बाउन्सर र मेटल डिटेक्टरको पहरा

काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...

एमालेभित्रको बहस : ‘पुनर्गठन’को संकेत कि नयाँ सहमतिकाे खोजी ?

काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...

लुम्बिनी प्रदेशसभा बैठकः आजदेखि बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची

लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending