Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

कङ्गोमा बम विस्फोटमा परी कम्तीमा १९ जनाको मृत्यु

खबरडबली संवाददाता

एजेन्सी । लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी म्वेसो सहरमा विद्रोहीहरूले गरेको बम विस्फोटमा बिहीबार कम्तीमा १९ जना सर्वसाधारणको मृत्यु भएको सेनाले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।

मार्च २३ आन्दोलनका विद्रोहीहरूले १२० भन्दा बढी गोलाबारी प्रहार गरी गरेको आक्रमणमा १९ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको बताइएको छ । अधिकारीहरूले उक्त आक्रमणलाई आतङ्कवादी कार्य र अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन मानेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२३  मा पूर्वी कङ्गोमा उच्च स्तरको हिंसा र विस्थापनका कारण मानवीय सङ्कट अझै बिग्रिएको छ । सन् २०२१ को अन्त्यमा पुनःरुत्थान भएको विद्रोही समूहले द्वन्द्व र मानवीय सङ्कट निम्त्याएको छ र कङ्गोको भूमिमा प्रमुख किल्लाहरू कब्जा गरेको छ । 

यसैबीच, गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्र सङ्घका एजेन्सीहरूले बिहीबार देशभरका बाढी पीडितहरूका लागि लगभग ३६ लाख अमेरिकी डलर परिचालन गरेका छन् । विपद् राहत कोष कङ्गोमा संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरूका संयोजक क्रिस एमबुरुले सामाजिक मामिला, एकता तथा मानवीयकार्यमन्त्री इरेन मेरी सिसिल एमबुकोउ–किम्बाट्सालाई हस्तान्तरण गरेका थिए । 

लिकौला, प्लेटक्स, क्युभेट र पुल गरी चारवटा विभागहरूका लागि बनाइएको कोषले स्थानीय सरकारलाई पानी, सरसफाई, स्वास्थ्य र खाद्य सुरक्षाको समस्या सामना गर्न सक्षम बनाउनेछ । कङ्गोमा  संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरूले बाढी पीडितहरूका लागि आपतकालीन मानवीय प्रतिक्रियामा सरकारलाई सहयोग गर्न ३६ लाख जारी गरेको एमबुरूले बताए । 

राष्ट्रव्यापी भारी वर्षाका कारण आएको बाढीबाट कम्तीमा २३ जनाको मृत्यु भएको सरकारी प्रवक्ता थिएरी मोङ्गाल्लाले बताए । बाढीका कारण कूल तीन लाख  ३६ हजार ५६० जना मानिस प्रभावित भएका थिए । 

तीमध्ये छ हजार १७८ जना विस्थापित भएका थिए । बाढीले प्रभावित क्षेत्रका २६ वटा स्वास्थ्य केन्द्र १२० वटा  विद्यालय र करिब ६४ हजार घरहरूमा पुर्ण रुपमा क्षति पुर्‍याएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE