कास्की । पोखरा रङ्गशालामा आहा ! रारा पोखरा गोल्डकप फुटबलको शनिबार क्वाटरफाइनलको पहिलो खेल थियो । सार्वजनिक बिदा भएकाले साधारणतथा भिआइपी प्यारापिटमा दर्शक उल्लेख्य थिए ।
प्रतिस्पर्धामा उत्रिएका थिए नेपालको थ्रिस्टार क्लब र विदेशी पाहुना टोली भुटानको पारो फुटबल क्लब । खेलको पहिलो र दोस्रो हाफको समयमा दुवै टोलीले गोलरहित बराबरी खेले । नियमित समयमा दुवैले बराबरी खेलेपछि ३० मिनेटको समय थप गरिएको थियो ।
अतिरिक्त समयको पहिलो १५ मिनेटमा पनि गोल निस्केन । खेलको निर्णय पेनाल्टी सुटआउटमा हुने आकलन गरिएको थियो । तर खेल सकिन छ मिनेटको समय बाँकी रहँदा थ्रिस्टारले पाुहना टोलीलाई स्तव्ध पार्दै गोलको खाता खोल्यो ।
पहिलो गोलपछि उत्साहित थ्रिस्टारले केही समयमै पुनः अर्को गोल थप्यो । अन्तिम केही मिनेट सम्हालिन नसक्दा पाहुना टोली पारो थ्रिस्टार क्लबसँग २-० गोलअन्तरले पराजित हुँदै घर फर्किन बाध्य बन्यो ।
थ्रिस्टारका लागि दुवै गोल आशीष चापागाईँले गरे । अत्यन्त प्रतिस्पर्धात्मक खेलको एक सय १४औँ र खेल सकिन एक मिनेट समय बाँकी छँदा चापागाईँले गोल गरेका थिए । नियमित समयमा दुवै टोलीले गोलका केही सुन्दर मौका खेर फालेका थिए ।
थ्रिस्टार क्लबले प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारालाई पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको थियो । पाहुना टोली पारो भने सिधै क्वाटरफाइनल खेलेको हो ।
प्रतियोगिताअन्तर्गत आइतबार दोस्रो क्वाटरफाइनलको खेल सङ्कटा क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकाबीच हुने आयोजक सहारा क्लबका अध्यक्ष केशवराज बरालले बताए ।
यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइलन खेल माघ २० गते हुनेछ । प्रतियोगितको विजेताले रु १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी उपविजेता टोलीले रु छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ । प्रतियोगितामा एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: