Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

कोशीमा धोका पाएपछि समीक्षाको चरणमा पुगेको माओवादीमा के चलिरहेको छ ?

खबरडबली संवाददाता

काठमाडौं । कोशी प्रदेशमा राष्ट्रिय सभाको चुनाव हारेपछि नेकपा माओवादी केन्द्रको बैठक शुक्रवार निकै लामो चल्यो। उक्त पार्टीका सचिव राम कार्कीका भनाइमा उनको पार्टी माओवादीलाई कोशीमा ‘ठूलो चोट’ लागेको छ।

“सहकार्यलाई लिएर समीक्षा गर्नुपर्ने बेला भएको छ,” उनले भने। जानकारहरूका अनुसार कोशी प्रदेश तहमा त्यो क्रम सुरु भएको छ। माओवादीका एक नेताका भनाइमा शुक्रवार भएको ‘व्यापक छलफल’ त्यसकै एउटा अंश हो।

दलभित्र र गठबन्धनका नेताहरूबीच पनि चुनावको परिणाम र त्यसले पार्ने प्रभावबारे छलफल भएको ती नेताले जानकारी दिए।

माओवादी कोशीका नेता इन्द्र आङ्बोका अनुसार कोशी गठबन्धनको बैठकमा जननिर्वाचित प्रतिनिधिको तहबाट भएको अन्तर्घात लज्जस्पद भएको र त्यसबारे अनुसन्धान गरेर कारबाही गर्ने कुरा भएको छ।

त्यस्तै माओवादी पार्टी बैठकमा कांग्रेसभित्रको आन्तरिक कारणले आफूहरूलाई बारम्बार धोका भएको कुरा नेताहरूले उठाएको बताइएको छ।

नेता आङबोले भने, "विगतको निरन्तरताको रूपमा कोशीमा परिणाम आएको छ, यसरी निसासिएर सहकार्य गर्न गाह्रो हुन्छ, यसबारे कांग्रेसको संस्थागत धारणा आउनु पर्छ, त्यसका आधारमा गठबन्धनको भाविष्यबारे कुरा गर्न सकिन्छ भन्ने कुरा भएको छ।"

कांग्रेससँगको सङ्गतले केके गर्‍यो?

एमालेको समर्थनमा प्रधानमन्त्री बनेपछि प्रचण्डले कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन गर्दै समीकरण परिवर्तन गरेका थिए।

कोशीमा छ महिनाअघि भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहयोगमा कांग्रेस नेता केदार कार्की मुख्यमन्त्री बन्न पुगेका हुन्। कांग्रेससहितको सत्ता गठबन्धनले त्यहाँ माओवादीलाई मुख्यमन्त्री दिने सहमति गरेको थियो।

गत चुनावमा कांग्रेसको भोट नआएको भन्दै तालमेल अपेक्षाअनुरूप फाइदाजनक नभएको माओवादी सहितका वामपन्थी दलले गुनासो गरेका थिए।

राष्ट्रिय सभाको बिहीवार सम्पन्न चुनावमा कांग्रेसले एमाले र माओवादी दुवैसँग रणनीतिक एकता गरेको देखिएको माओवादी नेता राम कार्कीको बुझाइ छ।

“त्यो सोचविचार गरिएको एकै ठाउँबाट सञ्चालित हो कि भवितव्य हो। तर कोशीमा एमालेलाई सघाएर मुख्यमन्त्रीको चुनावको गुण तिरे,” कार्की भन्छन्, “बाँकी प्रदेशमा माओवादीसँग सहकार्य गरेर लिनुपर्ने लाभ पनि लिए।”

त्यसै कारण अब कांग्रेससँगको सहकार्यको समीक्षा गर्नुपर्ने बेला आएको उनको ठम्याइ छ। कांग्रेससँग गठबन्धन/सहकार्य गरेर कम्युनिस्ट पार्टीले दुई थरी अवसर पाएको कार्की बताउँछन्।

“सत्तामा जाने र पश्चिमा शक्तिसँग हात मिलाउने अवसर त पाए,” उनले भने, “तर यो सङ्गतले कम्युनिस्टहरूको मूल्यको स्खलन बेस्सरी भयो, कम्युनिस्टहरू पनि कांग्रेस जस्तै भए।”

राष्ट्रिय सभा अध्यक्षमा सिटौलालाई मान्लान्?

राष्ट्रिय सभाको अध्यक्ष बनाउन माओवादी तयार भएपछि कांग्रेस नेता कृष्णप्रसाद सिटौला चुनाव लडेको कांग्रेस नेताहरूले बताउने गरेका छन्।

उनीनिकट कोशीका पूर्वमुख्यमन्त्री उद्धव थापाले राष्ट्रिय सभा चुनावमा सबै दलमा अन्तर्घात देखिएको बताए। त्यसैले माओवादीको असन्तुष्टि स्वाभाविक रहेको टिप्पणी गर्दै उनले सिटौलालाई अध्यक्ष बन्न नदिने गरी राजनीतिक घटनाक्रम विकास हुने सम्भावना नरहेको दाबी गरे।

उनले भने, “यसअघि पनि बेलाबखत अप्ठेरो परिस्थिति देखिएकै हो, यस पटक पनि केन्द्रको सत्ता गठबन्धनलाई नै असर गर्दैन, सिटौलाजी अध्यक्ष बन्नुहुन्छ।”

कतिपयले कोशीमा बेहोरेको हारपछि माओवादीभित्र राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई दिने वा गठबन्धनबारे समेत पुनर्विचार गर्न दबाव पर्ने आकलन गरेका छन्। राष्ट्रिय सभामा माओवादी सबैभन्दा ठूलो दलको रूपमा उदाएको छ।

माओवादी सचिव कार्कीले ‘कोशीमा पार्टीलाई ठूलो चोट लागेको तर पार्टीहरू असाध्यै केन्द्रीकृत रूपमा चलेको’ बताउँदै भने, “त्यसैले केन्द्रीय सर्वोच्च नेताहरूको स्वार्थमा केही नहुँदासम्म यस्ता कुरा साना मसिना नै हुन्छन्।”

कोशीको गठबन्धनमा धक्का

कांग्रेस नेता उद्धव थापाका भनाइमा सिटौलाले पनि गठबन्धनको सबै मत पाएनन्। तर त्यो अन्तर्घात पार्टीभित्रबाटै भएको हो वा गठबन्धनका अन्य दलले मत नदिएको हो प्रस्ट हुन बाँकी छ।

त्यसबारे अध्ययन गरिने उनले बताए। यसअघि आमचुनावमा हारेको पात्रलाई राष्ट्रिय सभामा अवसर दिन नहुने मत कांग्रेसमा उठेको थियो। त्यही असन्तुष्टि चुनावमा प्रतिविम्बित भएको ठान्नेहरू पनि छन्।

“चुनावमा जाँदासम्म त्यस्तो हुने कुनै सङ्केत देखिएको थिएन, पार्टीभित्र पनि एकता, नेताहरूबीच पनि एकता, गठबन्धनभित्र पनि एकता, मतदाताहरूबीच पनि एकता थियो,” थापाले भने, “तर परिणाममा त भोट यताउति भएको देखियो।”

एमालेको मत पनि सिटौलाले पाएको बताउँदै अन्तर्घात हुने कल्पना कांग्रेस, एमाले, माओवादी वा राप्रपा कसैले नगरेको उनको भनाइ छ। कोशीमा एमालेको समर्थनमा कांग्रेसका मुख्यमन्त्री बनिसकेपछि माओवादीले गठबन्धन कायम राखेको छ।

राष्ट्रिय सभाको परिणामले कोशीको सत्ता गठबन्धनमा केही अप्ठेरो परिस्थितिको निर्माण गरेको थापाले बताए। तर त्यसको प्रकृतिबारे उनले थप खुलाएनन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending