म्याग्दी । वारि म्याग्दीको ज्यामरुककोट, पारि बागलुङको चर्चित धार्मिक पर्यटकीयस्थल पञ्चकोट, बीचमा पर्छ ठूलो ९ढोडेनी० खोला, खोलाको वल्लोपट्टी बेनी नगरपालिका–२ ज्यामरुककोटको फापरखेत र पारिपट्टि बागलुङ नगरपालिका–५ मा पर्ने चनौटे गाउँ । चनौटेबाट तेरपायँ ९तेस्रो र उकालो० बाटो उक्लेपछि पुग्न सकिन्छ, बागलुङको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पञ्चकोट ।
म्याग्दी र बागलुङ जिल्लाको सिमाना भएर बग्ने ठूलो ९ढोडेनी० खोलामा झोलुङ्गे पुल बनेपछि प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पञ्चकोट र प्रसिद्ध ऐतिहासिकस्थल ज्यामरुककोटको दूरी नजिकिएको छ ।
पुल नहुँदा ज्यामरुककोटको भकुण्डेचौर, सानालेख हुँदै बागलुङको पञ्चासे र सीम हुँदै पञ्चकोट पुग्नुपर्ने बाध्यता अन्त्य भएकाले यी दुवै धार्मिक र ऐतिहासिकस्थल अब नजिकिएका ज्यामरुककोटका टीकाबहादुर कार्कीले बताए ।
बागलुङको मालिका र म्याग्दीको ज्यामरुककोटको साँध ९सिमाना०मा बग्ने ठूलो खोलामाथि सन्टेशन ग्रिड डिभिजन कार्यालय ललितपुरको झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत सो पुल निर्माण गरिएको हो । रु एक करोड ३९ लाखको लागतमा निर्माण भएको सो पुलको लम्बाइ २६० मिटर र उचाइ ८५ मिटर रहेको छ ।
पुल निर्माण भएपछि छिमेकी जिल्ला बागलुङका चनौटे, रातमाटा, भान्छा, पञ्चकोट, पञ्चासे र म्याग्दीका अर्जम, फापरखेत, भकुण्डेलगायत गाउँका हजारौँ मानिसलाई आवतजावत गर्न सहज भएको भकुण्डेचौरका खिमबहादुर कार्कीले बताए ।
बागलुङको पञ्चासे र चनौटे गाउँका बासिन्दाको खेत म्याग्दीमा र म्याग्दीको फापरखेत र अर्जमका बासिन्दाको खेत जग्गा बागलुङमा पर्ने भएकाले खेती गर्नका लागि डेढ, दुई घन्टा हिँडेर आवतजावत गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । ठूलो खोलामा पुल नहुँदा निकै सास्ती खेप्नुपर्ने बाध्यतामा रहेका दुवै जिल्लाका बासिन्दा पुल बनेपछि हर्षित भएका छन् ।
पुल निर्माणपछि कृषकलाई मात्रै होइन, विद्यार्थी, शिक्षक र कर्मचारीलाई पनि निकै सहज भएको छ । दुई घन्टा लगाएर भकुण्डेको अर्जुन माविमा पढ्न आउने चनौटेका विद्यार्थी अब घरबाट निस्केको १५ मिनेटमा विद्यालय र विद्यालय छुटेको १५ मिनेटमा घर पुग्न पाएका छन् । त्यसैगरी शिक्षक र कर्मचारीलाई पनि निकै सुविधा पुगेको स्थानीय भीम पौडेलले जानकारी दिए । गाउँको पुछारमा दुई जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि म्याग्दीको फापरखेत र बागलुङको चनौटे गाउँको मुहार नै फेरिएको चनौटे घर भई हाल फापर खेतमा बस्दै आएका प्रवेश कुँवरले बताए । पुल हेर्न र प्राकृतिक सौन्दर्यमा रमाउनका लागि दैनिक २० भन्दाबढी व्यक्ति गाउँमा आउने गरेको फापरखेतका स्थानीयवासी शिव घिमिरेले जानकारी दिए ।
पुल निर्माण भएपछि स्थानीयलाई त फाइदा भएको छ नै धार्मिक क्षेत्र पञ्चकोट र ऐतिहासिकस्थल ज्यामरुककोटमा पर्यटक आवागमन बढेको छ । बागलुङको धार्मिक पर्यटकीयस्थल पञ्चकोटमा आएका पर्यटक म्याग्दीको ऐतिहासिकस्थल ज्यामरुककोटमा आउने गरेका छन् भने ज्यामरुककोटमा आएका पर्यटक पञ्चकोटसम्म पुग्ने गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १७:१६
काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...
पौष ९ गते, २०८२ - १७:००
काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...
पौष ९ गते, २०८२ - १६:४७
काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...
पौष ९ गते, २०८२ - १६:३३
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...
पौष ९ गते, २०८२ - १६:२६
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...
पौष ९ गते, २०८२ - १३:५२
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...




प्रतिकृया लेख्नुहोस्: