Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

कांग्रेसका पुराना र परम्परागत गुट भत्काउनै पर्छ: महामन्त्री शर्मा

खबरडबली संवाददाता

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले आफू पार्टीका पुराना र परम्परागत गुट भत्काउने अभियानमा जुटेको बताएका छन् । उनले आफू वर्तमानमा स्वतन्त्र कांग्रेस रहेको दाबी समेत गरे । 

गृहनगर झापाको धुलाबारीमा सोमबार (आज) नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको नयाँ नेतृत्वलाई प्रमाणपत्र वितरण गर्दै महामन्त्री शर्माले उस्तै परे आगामी महाधिवेशनमा पार्टी सभापतिमा आफूले प्रतिस्पर्धा गर्न सक्ने संकेत गरे । 

'प्रधानमन्त्रीमा गगन थापालाई अघि सारेर आफूले सभापतिमा प्रतिस्पर्धा गर्नु पनि पर्ने हुन्छ सक्छ,' शर्माले भने, 'पूर्णबहादुर खड्का र शेखर कोइराला मध्ये एकजनालाई सभापति छाडेर उपसभापतिमा बस्नु पर्ने अवस्था पनि नहोला भन्न सकिन्न ।' 

पार्टीभित्र झापामा अहिले मनोवैज्ञानिक एकता रहेको शर्माको टिप्पणी छ। महामन्त्री शर्माले अनुभवका आधारमा कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभाको सांसद बनाएको खुलाए।

कार्यकर्ता पंक्तिमा जनताबाट पटकपटक अस्वीकृत नेता सिटौलालाई राष्ट्रियसभामा लगेको आवाज चर्को बनेको बेला महामन्त्री शर्माले त्यस्तो मत राकेका हुन् । शर्माले पछिल्लो समय सिटौलासँग छ्याप्पै मिलेको आरोप खेप्दै आएका छन् ।

विकास निर्माण संगठन निर्माणको आधार हुने तर्क गरेका उनले संघीयता  समृद्ध नेपाल बनाउने आधार भएको दावी गरेका छन् । महामन्त्री शर्माले संघीयताले समृद्ध नेपाल बनाउने ठोकुवा  समेत गरे। शर्माले भने, 'संघीयता काङ्ग्रेसले उठाएको मुद्दा नभई  हृदयले स्वीकार गरेको विषय हो ।'

विकासक उग्र कुरा गर्ने पार्टी र तिनका नेताप्रति लक्षित गर्दै शर्माले विध्वंस गर्ने बम विष्फोटनको आवाज चर्को हुने तर समृद्ध मुलुक निर्माण गर्ने  स्वर मलिन हुने बताए । अघिल्लो दिन सहरी विकासमन्त्री सीता गुरुङ सहित आफू पुगेका स्थानका युवाले पछिल्लो दिन आफूलाई खोजेको समाचार पढेर र तस्वीर हेरेर आफू छक्क परेको सुनाए । 

टायर बाल्ने, बाटो छेक्ने हुलहुज्जत गर्ने भन्दा पनि शान्तिपूर्ण तवरले आवाज उठाएको भन्दै ती युवाको उनले प्रशंसा गरे । दुई दिन अघिमात्रै शर्माको निर्वाचन क्षेत्रमा पर्ने ज्यामिरगढीका युवाले सांसद हराएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पत्रकार महासंघले भर्चुअल बैठक डाक्याे

काठमाडौं । नेपाल पत्रकार महासंघले भर्चुअल बैठक बोलाएको छ । सोमबार एक सूचना जारी गर्दै महासंघले बुधबार भर्चुअल माध्यमबाट प्रदेश तथा जिल्ला शाखा अध्यक्ष...

मेलम्चीमा भ्रष्ट्राचार गर्ने पुर्व सचिवसहित चार जनालाई आठ बर्षको जेल सजाय

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका चार जनालाई सजाय सुनाइएको छ । विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वसचिव ग...

दुर्गा प्रसाईको समर्थनमा बुटवलमा प्रदर्शन गर्ने सातजना पक्राउ

रुपन्देही । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा सोमबार बुटवलमा प्रदर्शन गर्ने सातजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  ...

यी हुन सरकारका सचिवहरूको २४ निर्णय

काठमाडौं । सरकारले आगामी एक महिनाभित्र सिंहदरबार प्रवेशमा ई–पास प्रणाली कार्यान्वयन गर्ने भएको छ ।  सोमबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा ...

पर्सामा १ सय ४५ किलो गाँजासहित एउटा कार पक्राउ

पर्सा । सशस्त्र प्रहरी बल पर्साले १ सय ४५ किलो गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । आइतबार राति बीओपी अमरपट्टीबाट खटिएको मोबाइल गस्ती टोलीले विन्द...

इजरायलको लेबनानमा हिजबुल्लाहका केन्द्रमा आक्रमण, सयभन्दा बढीको मृत्यु

काठमाडौं । इजरायलले लेबनानमा रहेको हिजबुल्लाह लक्ष्यहरूमा ठूलो मात्रामा आक्रमण गरेको छ । इजरायलले लेबनानका मानिसहरूलाई सुरक्षित रहन हिजबुल्लाह लक्ष्यह...

अर्थमन्त्री पौडेल आजराती चीन प्रस्थान गर्दै

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राती चीन प्रस्थान गर्ने भएका छन् । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थ...

३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई एकसय बेच्ने जिम्बु थकालीलाई तीनलाख जरिवाना

काठमाडौं । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।  एमआरपी मूल्य भन...

मुगु देशको ६५औँ साक्षर जिल्ला घोषणा

मुगु । हिमाली जिल्ला मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको छ । ‘बहुभाषिक शिक्षाको प्रवर्द्धन, पारस्पारिक समझदारी र शान्तिका लागि साक्षरता’ भन्ने मूल नारा...

गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा

महोत्तरी । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy