Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

नेपाली वैज्ञानिकलाई अमेरिकामा २९ करोड अनुसन्धानवृत्ति

खबरडबली संवाददाता

वासिङ्टन डिसी । तपाईको बाल्यकालमा भएका घटना या कुनै समयमा भएका दुर्घटना तपाईको मस्तिष्कमा कति समयसम्म सञ्चय भएर वस्छन् ? त्यसले कतै तपाईको जीवनको उत्तराद्र्धमा गम्भीर समस्या लिएर डिप्रेशनको शिकार पो भएको छ कि ? अर्थात् चिकित्सकको भाषामा ‘पोष्ट ट्रमाटिक स्टेस डिसअर्डर’ अर्थात् गम्भीर दुर्घटनापछिको मनोवैज्ञानिक सन्त्रास मानव जीवनमा आजीवन समस्याको रुपमा रहन पनि सक्छ ।

वास्तवमा मानव जीवनमा आईपर्ने यस्ता अनेकन विस्मृतिलाई मस्तिष्कमा भण्डारण गरेर राख्ने सुक्ष्म कोषिकाहरु र त्यसअनुसारको निर्मित प्रोटिनहरुले मस्तिष्कलाई क्रियाशील वनाउनका लागि कसरी काम गरिरहेको छ ? त्यो आममानिसहरुको लागि चासो हुने कुरा पनि भएन । अझ मानिसको मस्तिष्कमा रहेका सुक्ष्म कोषिकाहरुले प्रोटिनको ‘सिन्थेसिस’ संयन्त्रमा भावनात्मक रुपले कसरी प्रतिक्रिया दिन प्रेरित गरिरहेको हुन्छ भन्ने विषय झन जटिल हो ।

नेपालबाट अमेरिका आएर बिसौँ वर्ष न्यूरो साइन्समा अभ्यास गरिरहेकी डा‍.प्रेरणा श्रेष्ठले भने यही विषयलाई नै आफनो अध्ययनको प्रमुख विषय बनाएकी छन् । सोही विषयको प्राथमिकताले उनले अहिले लोभलाग्दो सफलता हासिल गर्दै अगाडि बढेकी छन् ।

अमेरिकाको न्यूयोर्क राज्यको स्टोनी वु्रक युनिभर्सिटीमा न्यूरोवायोलोजी एण्ड बिहेभियर विभागमा अध्यापन गर्दै आएकी श्रेष्ठलाई यस्तै विषयमा अध्ययनका लागि  अमेरिकी सरकारी निकाय नेशनल इन्ष्टिच्युट अफ मेन्टल हेल्थले २२ लाख डलर अर्थात् आजको विनिमय दरमा २९ करोड २५ लाख बरावरको रकम उपलब्ध गराउने भएको छ ।

अनुसन्धानको लागि उपलब्ध हुने २२ लाख डलरको अनुदान पश्चात कुराकानीमा प्रतिक्रिया दिँदै श्रेष्ठले भनिन्– ‘यो मेरो कामको लागि पुरस्कार जत्तिकै महत्वपूर्ण हो ।’ श्रेष्ठका अनुसार मानिससँग मिल्दोजुल्दो आनीबानी भएका मुसामा अध्ययन गरिने विधिअनुसार (जसलाई मस्कुलर विधि पनि भनिन्छ,) उनको टोलीले किन मस्तिष्कमा लामो समयसम्म यस्तो विषय रहिरहन्छ भन्नका लागि औजार जडान गरि अध्ययन गर्नेछ । आगामी सन् २०२७ को अक्टोवर सम्ममा अध्ययन सकिने गरी हुन लागेको यो अध्ययनले भविष्यमा यस्ता  समस्यामा रहेका मानिसको उपचार विधि र पद्धति तर्जुमा हुनसक्ने श्रेष्ठ बताउँछिन् ।

अमेरिकी सरकारले नागरिकहरुको स्वास्थ्यको महत्वपूर्ण हिस्सा मानिएको मानसिक स्वास्थ्यसम्बन्धी काम गर्ने सरकारी निकायका अनुसार ३ तीन दशमलव ६ प्रतिशत वयस्कमा जीवन कालमा भएका कुनै घटना,दुर्घटनाका कारणले दीर्घकालीन रुपमा मनोवैज्ञानिक सन्त्रासको जीवन बिताउन वाध्य भएका छन् ।

यसैले यसलाई वैज्ञानिक तरिकाले कसरी अनुसन्धान गरेर दीर्घकालीन रुपमा मानसिक स्वास्थ्य सबल वनाउन सकिन्छ भनेर नेशनल इष्टिच्युट अफ मेन्टल हेल्थले विभिन्न कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । सरकारी निकायको रुपमा रहेको यसले मानव मस्तिष्कमा भावनात्मक उत्तेजनाले पार्ने असरलाई न्यूनीकरण गर्दे मानसिक स्वास्थ्यलाई जटिल बन्न नदिनेलगायत उद्देश्य अनुरुप काम गर्दे आएको छ । श्रेष्ठले दिएको जानकारी अनुसार उनको अनुसन्धान मानव मस्तिष्कमा कसरी भावनात्मक स्मरण लामो समयसम्म रहन्छ भन्नेमा केन्द्रित हुनेछ । 

उनी भन्छिन्– ‘हामीले अनुसन्धान गर्ने मुख्य दुई पक्ष एक, गम्भीर दुर्घटनाले व्यक्तिगत रुपमा पार्ने असर र उनीहरुले यसलाई स्वतः दिने प्रतिक्रिया । यसरी दुई कुरामा केन्द्रित हुनुको कारण उक्त दुर्घटनापछि मानिसलाई जीवन पर्यन्त मनोवैज्ञानिक सन्त्रासमा राख्न यसले बल पुरयाईरहेको हुन्छ भन्ने तथ्यमा आधारित छ ।  हामीहरुको अनुसन्धान टिमले मनोवैज्ञानिक सन्त्रासमा परेका मानिसको मस्तिष्कमा स्मरण गराईराख्न कोषिकाले कसरी निर्देशित गराइरहेका हुन्छन् भन्ने विषयलाई अध्ययन गर्नु र पर्याप्त सूचना सङ्कलन गर्नु हुनेछ’ उनी थप्छिन्– ‘यो अनुदानबाट हाम्रो अनुसन्धानले केही खोजलाई उजागर गर्नेछ ।’

प्रेरणा श्रेष्ठको अमेरिकाको आगमन रमाइलो छ ।  सन् १९९९ मा उनलाई अमेरिकामा आउने वा कुनै  देशमा एमबिबिएस अध्ययन गर्न जाने रहर जाग्यो ।  त्यसैबेला उनी अमेरिकामा पूर्ण छात्रवृत्तिमा बायोकेमेष्ट्री अध्ययनको लागि आइन् । अमेरिकामा मेडिकल कलेजमा भर्ना हुन चारवर्षको कोर्ष आवश्यक पर्ने भएकाले मेडिकल स्कूलको लागि पूर्वतयारी कक्षामा सामेल भएकी थिइन्।

अमेरिका आएपछि सन् २००२ को ग्रीष्मयाममा उनले वैज्ञानिक अनुसन्धानको लागि हार्डवर्ड युनिभर्सिटीको सेल वायोलोजी ल्यावमा दिएको परीक्षामा सफलता हात पारेपछि उनलाई अनुसन्धानमा झनै बढी रुचि भयो । त्यसपछि उनले आफूले सिकेको विषय र मानव मष्तिष्कका बारेमा थप ज्ञान हासिल गर्न विद्यावारिधि कार्यक्रममा सामेल भइन् ।

न्यूरो साइन्समा दुई दशकदेखि काम गर्दे आएकी श्रेष्ठ आफ्नो जीवनलाई निर्णायक मोडमा पुरयाउने काम भने हार्डवर्ड युनिभर्सिटीले दिएको रिसर्च फेलोको रुपमा ल्याबमा दिएको अवसरलाई मान्छिन् । उक्त ल्याबमा उनले मानव मस्तिष्कको विषयमा महत्वपूर्ण अनुसन्धान गर्न पाइन् ,सोही अनुसन्धान सकिएपछि उनलाई मानवको विषयमा थप अध्ययन गर्ने मार्ग पहिल्याउने सफलता प्राप्त भयो । निरन्तरको अध्ययन र अनुसन्धानपछि सन् २०११ मा रकफेलर युनिभर्सिटीबाट लाइफ साइन्समा विद्यावारिधि गरिन् ।

मानव मस्तिष्कका बहुआयामकि पाटोलाई केलाउने क्रममा आफूले महत्वपूर्ण ज्ञान हासिल गर्न सफल भएको उनको भनाइ छ । हाल स्टोनी बु्रक युनिभर्सिटीमा सहप्राध्यापकका रुपमा काम गर्दै आएकी श्रेष्ठले तीन वर्षअगाडि श्रेष्ठ ल्याब भनेर अनुसन्धान केन्द्र स्थापना गरेकी छन् ।

दश जनाको टोलीले उक्त प्रयोगशालालाई सञ्चालन गरेको छ । नेपालको आदर्श विद्या मन्दिरबाट विद्यालय शिक्षा अध्ययन र बुढानीलकण्ठबाट ‘ओ’ र ‘ए’ लेभलको अध्ययन पूरा गरेकी श्रेष्ठले अमेरिका आएर १२ वर्षको अनवरत अध्ययन अनुसन्धान पश्चात् विद्यावारिधि उपाधि हासिल गरेकी हुन् ।

आफनो सफलताको कथा भन्ने क्रममा श्रेष्ठले मानव भएर केवल व्यक्तिगत फाइदाको विषयमा मात्र केन्द्रित हुन नहुने भएकाले त्यसलाई अझै विस्तार गर्न  योगदान गर्नुपर्ने धारणा राखिन् । काठमाण्डौँको कमलादीमा जन्मिएकी श्रेष्ठ मानव शरीरको जटिल मानिने मस्तिष्क विज्ञानसँग जोडिनु बुबा र आमाको देन पनि हो कि भन्छिन् ।

‘मेरो पिताजी मङ्गलमोहन श्रेष्ठ र आमा मैया श्रेष्ठले मेमोरी कन्सर्न भनेर खोल्नु भएको फोटो स्टुडियो र मेरो मानव मेमोरीमा काम गर्ने रोडम्यापले कतै न कतै समन्वय गरेको छ कि भन्ने अनुभूति ममा हुन्छ’ मस्तिष्क विज्ञानलाई रुचिको विषय बनाइएको वारेमा उनको टिप्पणी रहेको थियो ।

सन् २०१५ को नेपालको भूकम्प र २०१९ को कोरोना महामारीका कारण कतिपय मानिसमा मानसिक स्वास्थ्यमा असर परेको हुनसक्ने भन्दै श्रेष्ठ थप्छिन्– ‘मैले हासिल गरेको अनुभव र सीपलाई नेपाली भूमिमा साटासाट गर्न म सदैव तयार छु ।’ उनले नेपालमा पनि सरकारी निकायबाट अध्ययन अनुसन्धान ,विज्ञानको क्षेत्रलाई महत्वमा राखेर कुनै न कुनै तरिकाले प्रोत्साहन दिन सक्नुपर्ने बताइन् ।

उनी भन्छिन्– ‘स्रोत र साधनको परिचालनलाई विविधीकरण गर्न गाह्रो पर्ने नेपालजस्ता देशमा वैज्ञानिक अध्ययन अनुसन्धानको लागि सरकारले प्रोत्साहन दिने र दीर्घकालीन रणनीतिअनुसार काम गरेको खण्डमा मात्र वैज्ञानिक र अनुसन्धानकर्ताहरुलाई आकर्षित गर्न सकिन्छ ।’

भावी पिढीलाई सुझाव दिँदै श्रेष्ठ भन्छिन्– ‘कुनै पनिैज्ञानिक अध्ययन अनुसन्धानको लागि सरकारले प्रोत्साहन दिने र दीर्घकालीन रणनीतिअनुसार काम गरेको खण्डमा मात्र वैज्ञानिक र अनुसन्धानकर्ताहरुलाई आकर्षित गर्न सकिन्छ ।’ रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आईसीसी महिला टी-२० विश्‍वकप छनोट : थाइल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी महिला टी २० विश्‍वकप ग्लोबल छनोटको पहिलो खेल नेपाललले थाइल्यान्डसँग खेल्दैछ।  थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले...

गाईभैँसी पालनबाट मासिक एक लाखभन्दा बढी आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर...

उम्मेदवार छान्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न ला...

कालीमाटीमा आज गोलभेँडा, आलु र काउलीको भाउ घट्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, आलु, ...

गगनलाई अस्वीकार गर्दै देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार...

रौतहटका १५२ मतदानस्थल अतिसंवेदनशील

चन्द्रपुर । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदा...

नेकपाले यी जिल्लामा टुंग्यायो उम्मेदवार, ५० प्रतिशत युवालाई अवसर

काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष...

शेखरले गगनसँग सहकार्य गर्ने, देउवाको बैठकमा नजाने

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...

टिकट वितरणमा ओलीले इतर समूहलाई पन्छाएपछि योगेशको ‘नोट अफ डिसेन्ट’

पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू

विश्व सम्बन्धलाई कमजोर नबनाउन राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आग्रह

लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending