Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

प्रधानमन्त्रीलाई मेयर पुरीको ध्यानाकर्षणपत्र: बाघ नियन्त्रण गर्नेदेखि निजगढ स्मार्टसिटी कार्यक्रम पुन: सञ्चालन गर्नसम्म

खबरडबली संवाददाता

बारा। निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले निजगढको रतनपुरी क्षेत्रमा उपद्रोह मच्याउदैआएको बाघ नियन्त्रणमा लिएर स्थानीयबासिन्दाको जिउधनको सुरक्षा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् । स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग सोमबार वीरगञ्जमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमपछि नगर प्रमुख सुरथ पुरीले प्रधानमन्त्री  प्रचण्डलाई बुझाएको १० बुँदे ध्यानाकर्षणपत्र मार्फत् माग गरेका हुन ।

निजगढ नगरपालिका वडा नम्बर ११, १३, १२ र १० मा पर्सा राष्ट्रिय निकुञ्जबाट दिनहुँजसो बस्तिमा पस्ने बाघ, हात्ती जस्ता वन्यजन्तुले स्थानीय किसानको पशु चौपाय मार्ने तथा बाली नोक्सान पुर्‍याउने गरेको र मानवीय क्षतिसमेत हुनसक्ने डरले स्थानीयबासिन्दा आतङ्कित बनिरहेको अवस्थामा त्यस्ता वन्यजन्तुको यथाशीघ्र नियन्त्रण र पीडित किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाइनुपर्र्ने पत्रमा उल्लेख छ ।

निजगढ नगरपालिकालाई स्मार्टसिटीको सूचीबाट हटाइएको बारेमा पनि प्रमुख पुरीले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन । पत्रमा ‘संघीय सरकारले २०७३/०७४ निजगढसहित देशका ३ प्रमुख क्षेत्रलाई स्मार्ट सिटी अवधारणा अनुसार विकास गर्न ‘निजगढ स्मार्ट सिटी’ कार्यक्रम लागू गरिएकोमा हाल सो कार्यक्रम हटाइएकोले सो कार्यक्रम पुन: समावेश गरी सुचारु गरिनुपर्छ भनिएको छ ।

निजगढ नगरपालिकाको उत्तरतर्फको सीमा क्षेत्रमा विद्यमान अन्यौल स्पष्ट पार्न पनि नगर प्रमुख पुरीले प्रधानमन्त्रीसँग माग राख्नुभएको छ । ‘नेपाल सरकारले २०३५/१०/०१ मा जारी गरेको राजपत्रअनुसार हाल बाराको निजगढ र जीतपुरसिमराको उत्तरतर्फको सीमा चुरे पहाडको ‘पानीढलो’ बाट दक्षिणतर्फ कायम भएको र कार्यान्वयन हुन भने नसकेकोले सोको लागि संघीय सरकारबाट आवश्यक जहजीकरणको लागि उनले अनुरोध गरेका छन ।

त्यसैगरी भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीहरुको लागि जग्गा उपलब्ध गराउन भनेर निर्माण भएको कार्यविधि २०७८, लगत संकलन कार्यविधि ०७८ र वन ऐन २०७६ का केही दफाहरु बाँझिएको र लक्षित समुदायमा जग्गा वितरण गर्ने कार्यमा असहजता उत्पन्न भएकोले बाँझिएका कानुनहरु शंसोधन गरिनुपर्ने पनि उनले माग गरेका छन् ।

ज्ञापनपत्रमा नगर क्षेत्रको अधिकांश नम्बरी जमिनको नापीको नक्सा र भोगचल फरक परेकोले विशेष नापी टोली गठन गरी निजगढमा पुन: नापनक्साको प्रवन्ध गर्न पनि प्रधानमन्त्री प्रचण्डलाई भनिएको छ ।

त्यसैगरी पत्रमार्फत निर्माणाधिन तराई मधेस द्रुतमार्गको प्रवेश द्वार र प्रस्तावित दोस्रो अन्तर्राष्टिय विमानस्थल, पूर्वपश्चिम रेल र रक्सौल काठमाण्डौं रेल मार्गको समेत संगम स्थलको रुपमा रहेको निजगढ आगामी दिनमा देशको मुख्य केन्द्रको रुपमा विकास हुने स्पष्ट छ । दु्रतमार्ग निर्माण भइसकेपछि काठमाण्डौंसंग निजगढको दुरी ७०।९ किमि मात्रै हुने र यहाँ ढुवानी व्यवसाय, व्यापार, उद्योग र आवासिय क्षेत्रको विकास तीव्र हुने देखिन्छ । तसर्थ, निजगढलाई अहिले नै दीर्घकालिन योजनासहित व्यवस्थित शहरको रुपमा विकास गर्न संघीय सरकारले विशेष योजना तयार पारेर कार्यान्वयन गर्न जरुरी छ । साथै, काठमाण्डौं र ललितपुर महानगरपालिकामा अव्यवस्थित शहरीकरणका कारण उत्पन्न समस्याहरुको हल गर्न हाल उपत्यकामा संचालन भइरहेका केही अस्पताल, उद्योग, विद्यालय तथा विश्वविद्यालयहरु, सरकारी कार्यालय, तालिम केन्द्र, रंगशाला तथा प्रतिष्ठानहरुलाई सारेर त्यहाँको समस्या न्यूनीकरण गर्न सकिने भएकोले मेयर पुरीले यसतर्फ पनि संघीय सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै निर्माणाधिन तराई मधेस दु्रतमार्ग परियोजनाले संचालन गर्ने सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमबाट निजगढमा सिँचाई, नदी नियन्त्रण, स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा लगानी गर्न पनि मेयर पुरीको माग छ ।

ध्यानाकर्षण पत्रमा निजगढमा इलाका प्रशासन कार्यालय, नापी र मालपोत कार्यालयको सेवा केन्द्र स्थापना गरिनुपर्ने माग गरिएको छ ।

निजगढ नगरपालिका वडा नम्बर २ को वनदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सिद्धबहादुर थापासहित स्थानीय अगुवाहरुमाथि वन कार्यालय बाराले लगाएको मुद्दा खारेज गर्न पनि नगर प्रमुख पुरीले पत्रमार्फत प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन । उनले १० वर्षे सशस्त्र संघर्षको क्रममा निजगढ नगरपालिका वडा नम्बर २ को वन क्षेत्रभित्रको खाली जमिन स्थानीय अगुवाहरुको पहलमा गाउँको शैक्षिक र धार्मिक संघ(संस्थाहरुको नाममा भोगचल गर्ने गरी छुट्याइएको र हाल वन क्षेत्रको जमिन अतिक्रमण गरिएको भन्ने झुटा आरोपमा डिभिजन वन कार्यालय बाराले वनदेवी सामुदायिक वन समूहका अध्यक्ष सिद्धबहादुर थापासहित स्थानीय २६ जनाहरुविरुद्ध चलाएको वन अतिक्रमण मुद्दा फिर्ता गरिनुपर्ने बताईएको छ ।

प्रेस सेन्टर नेपाल केन्द्रीय समितिले आयोजनाको २०औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन वीरगञ्ज आएका प्रधानमन्त्री प्रचण्डले सोही क्रममा बारा र पर्साका स्थानीय तहका प्रमुखहरुसँग अन्तरक्रिया गरेका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सुरु

काठमाडौँ। रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा सञ्चालन हुने 'उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम' को एघारौँ संस्करण आइतबारदेखि सुरु...

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंगो लगायो

सुनसरी । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम टुंगो लगाएको छ। धरानमा आज बसेको केन्द्रीय समिति बैठकले नाम टुंगो लगाएको जानकार...

जेनजी प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । जेनजी आन्दोलनमा भएको दमनबारे तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार जेनजी अलायन्सका अभियन्ताहरूले माइतीघरमा प्रदर्शन गरेका छ...

प्रधानमन्त्री कार्कीले ओलीलाई गुण्डु पुगेर दिइन् समवेदना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उनका निवास पुगेकी छन्। केहीबेरअघि उनी श्...

बालेन शाहलाई संसदीय दलको नेता बनाउने रास्वपाको तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता चयन गर्ने तयारी गरिरहेको जनाएको छ। पार्टीभित...

रास्वपाले समानुपातिक सांसदको नामावली टुंगो लगायो, को - को परे ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ। आज बसेको सचिवालय बैठ...

बर्दियामा २९ जना उम्मेद्वारको जमानत जफत

गुलरिया। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा बर्दियाका दुई ओटा निवार्चन क्षेत्रमा भाग लिएका ३६ जना उम्मेद्वार मध्ये २९ जना उम्मेद्वारको जमानत ज...

नेपालमा पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

काठमाडौँ । नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पश्चिम...

यूएईस्थित नेपाली दूतावासद्वारा सुरक्षा सम्बन्धी सचेतना, अफवाह नफैलाउन अपिल

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले त्यहाँको सुरक्षा परिस्थिति ध्यानमा राख्दै नेपाली समुदायलाई सामाजिक सञ्जालमा अफवाह नफैला...

अमेरिकी लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल काठमाडौंमा

काठमाडौँ । अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल नेपाल आएका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार उनले नेपाल भ्रमण गरेका नेपाली सेनाका प्रवक्ता ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: