Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

मुलुककै पहिलो 'ग्वार्को फ्लाइओभर' निर्माणको काम कछुवाकाे गतिमा

निर्माण समय सकिन २५ दिन बाँकी हुँदा ३५ प्रतिशत प्रगति

मनाेज भट्टराई

ललितपुर । पछिल्लो समय ललितपुरको चापागाउँ दोबाटोदेखि बालकुमारी सम्म अत्यास लाग्दो ट्राफिक जाम हुने गरेको छ । विगतमा पनि लामो समय ट्राफिक जाम हुने यो सडकमा  नर्माण थालिएको फ्लाइओभरका कारण सर्वसाधरणले सास्ती वेहोर्नु परेको छ । 

जोकोहीले पनि यो सडक भएर यात्रा गर्नु पर्यो भने कम्तीमा पनि एक घण्टा समय निकालेर हिड्नु भर्ने हुन्छ । चापागाउँ दोबाटो देखि बालकुमारी सम्मको यात्रालाई कम्तीमा पनि ४५ मिनेट समय निकालेर यात्रा तय गरेन भने जोकेही पनि समयमा गन्तब्यमा पुग्न कठिन हुने गरेको छ । 

विगतदेखिनै ग्वार्को क्षेत्रमा अत्यासलाग्दो ट्राफिक जाम हुने गरेको र त्यही ट्राफिक जाम घटाउने उद्देश्य राखेर निर्माण थालिएको फ्लाइओभरका कारण सर्बसाधणले सास्ती खेपी रहनु परेको छ । 

त्यसमा पनि निर्माण कम्पनीले समयमा निर्माण नसक्ने भए पछि यो बाटो भएर यात्रा गर्ने जोकैहील अझै लामो समय सास्ती खेप्नु पर्ने देखिएको छ । मुलुककै पहिलो फ्लाइओभर भएर पनि सर्वसाधारणको यसप्रति बढी चासो रहेकोले पनि यात्रा गर्दा जाममा परेपनि खासै कसैले केही भनेको सुनिन्न । तर दुर्भाग्य मुलुककै पहिलो फ्लाइओभर निर्माणाधीन अन्य पूर्वाधारका आयोजनाजस्तै यसको निर्माण पनि समयमा नसकिने भएकोे छ । यो फ्लाइओभरको ठेक्का सम्झौता हुँदा दिइएको समय सकिन अब एक केही हप्तामात्र बाँकी छ । तर, निर्माण प्रगति भने बल्ल ३५ प्रतिशतमात्रै पुगेको छ ।

अर्कोतिर यो फ्लाइओभर समयमा नबन्दा त्यो क्षेत्र भएर अहिले आवतआवत गर्न झनै समस्या बढेको छ । फ्लाइओभर बनाउनका लागि अहिले आठ लेन सडकको मध्य भागका चार लेन बन्द गरिएको छ । अहिले सबै सवारीसाधन सर्भिस लेनबाट मात्र चल्नुपर्ने बाध्यता छ ।

सरकारले महत्व दिएका केही आयोजनामध्ये यो पनि एक हो । संसारका धेरै मुलुकमा सडक पूर्वाधारमा फ्लाइओभर र टनेल निर्माणको विषय सामान्य भइसकेको भएपनि हाम्रोमा भने पहिलो पटक फ्लाइओभर र टनेल (नागढुंगा) बन्दैछन् । तर, यिनै आयोजना निर्माणको गति कछुवा शैलीमा छ । देशको राजधानीमै भौतिक पूर्वाधार निर्माणमा यस्तो खेलाँची गरिन्छ भने दूरदराजमा बन्ने आयोजनाहरुमा कस्तो लापरवाही होला ? यो सबैले देखेकै र भोगेकै कुरा हो । 

ग्वार्कोमा फ्लाइओभर निर्माण गर्न २०७८ फागुन १२ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । दुई वर्षमा निर्माण पूरा गर्ने गरी आशिष–समानान्तर जेभीसँग भएको सम्झौताको अन्तिम म्याद यही महिना थियो । त्यसअनुसार समय सकिन केही हप्ता (फागुन ११) मात्र छ । तर, ग्वार्को फ्लाइओभरको भौतिक काम ३५ प्रतिशतमात्र भएको छ ।

ग्वार्को फ्लाइओभर इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण भइरहेको छ । सरकार र निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएपछि यसको डिजाइनमा त्रुुटि देखिएको थियो । फेरि डिजाइन गर्दा नै एक वर्ष समय लागेको थियो । त्यसपछि मात्र फ्लाइओभर निर्माणको काम सुरु भएकाले तोकिएको समयअनुसार काम हुन नसकेको सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

योमात्र होइन, मुलुकका अधिकांश आयोजनामा सुरुको डिजाइन असफल भएर अर्को बनाउनु सामान्य जस्तो भइसकेको छ । कतिपय स्थानमा पक्की पुल निर्माण गर्दा नदीको एकातिरको भागमा पिल्लर बनाएपछि अर्को भागमा पिल्लर बनाउँदा नमिल्ने गरी समस्या आएका घटना पनि छन् ।

सम्झौता हुँदा तोकिएको म्याद फागुनमा सकिने भए पनि निर्माणको काम पूरा हुने अवस्था नरहेको विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर राकेश महर्जनले बताए । आगामी जेठ–असारसम्ममा निर्माण पूरा गर्ने लक्ष्य राखेर अहिले काम भइरहेको उनको भनाइ छ । अहिले पाइल निर्माण गर्नेर्, याड बनाउने र ग्राउन्ड इम्प्रुभमेन्टको काम जारी रहेको उनले बताए । विगतमा भन्दा पछिल्लो समय कामले गति लिएकाले आगामी असारभित्र निर्माण पूरा हुने महर्जनले बताए ।

निर्माण कम्पनीले साउनसम्म म्याद थपको प्रस्ताव गरेको विकास केन्द्रका निर्देशक नरेशमान शाक्यले बताए ।  निर्माण कम्पनीले साउनसम्मको म्याद थप प्रस्ताव गरेको र असारसम्म म्याद थप गर्ने योजना बनाइएको उनले बताए । अहिले फागुन १२ सम्मको समय रहेकाले आवश्यक छलफल गरेर म्याद थपको निर्णय गर्ने शाक्यको भनाइ छ ।

ग्वार्को चोकमा फ्लाइओभर बनेपछि कलंकी–कोटेश्वर सडक खण्डमा चल्ने सवारीसाधन फ्लाइओभरबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनतर्फ चल्ने सवारीसाधन ओभरपासको सडक खण्डबाट गुड्नेछन् । यो योजना १७ करोड ६ लाख रुपैयाँ लागतमा बनिरहेको छ ।

ग्वार्को फ्लाइओभर निर्माणबाट चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभु सडक खण्डमा सवारीसाधनलाई सुरक्षित, सुगम तथा व्यवस्थित तरिकाले आवागमन गर्न सुविधा हुनेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अवैध लागूऔषधसहित १२ जना प्रहरी फन्दामा

काठमाडाैं । चितवनको ईच्छाकामना गाउँपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १६ किलोसहित २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्र...

आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुन्छः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुने प्रक्रियामा रहेको बताएकी छन् । शुक्रबार काठमा...

नाबालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा  २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-९ दिपज्योती मार्...

कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

सिरहा । आफ्नै बुवा ५१ वर्षीय चन्दर यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका-१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भन्ने जितेन्द्...

सबै पक्षलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय कानूनहरुले समेत प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्म...

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपांगता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयार...

भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले लोकतन्त्रको विकल्प भनेको सम्मुन्नत लोकतन्त्र नै भएकाले अभ्यासका माध्यमबाट यसलाई सुदृढ बन...

विश्व प्रेस स्वतन्त्रता दिवसः वातावरण संरक्षणका लागि आवश्यक छ ‘प्रेस स्वतन्त्रता’

काठमाडौं । विश्वभर अहिले प्रेस स्वतन्त्रताका बारेमा चर्चा चलिरहेको छ । प्रत्येक वर्ष मे ३ का दिन औपचारिक रुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ । मे ३ का...

देश र जनताका हितमा सरकारले एतिहासिक काम गरेको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन् ।  नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेश...

कान्ति राजपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौं । ललितपुरको टिकाभैरब हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ सवारी साधन संचालनमा पूर्ण रुपमा बन्द भएको छ । ललितपुरको बगुवा– ति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies