Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

उमेरहद लागेर बिदा भएका विद्यार्थी नेताबारे अहिले निर्णय गर्न रञ्जित तामाङको प्रस्ताव

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका जारी केन्द्रीय समिति बैठकमा अनेरास्ववियू क्रान्तिकारीको जारी महाधिवेशन र यसको नेतृत्वबारे प्रशस्त बहस भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पूर्वविद्यार्थी अध्यक्षहरू तथा युवा नेताहरूले क्रान्तिकारीको नयाँ नेतृत्व तथा ३२ वर्षे उमेरहद लागेर बिदा भएका देशभरका झण्डै ६ सय नेता कार्यकर्ताबारे चासो राखिरहेका छन् ।

आज तेस्रो दिनको बैठमा क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङले पार्टी केन्द्रीय समितिको यही बैठकबारे बिदा भएका नेताहरूबारे निर्णय गरेर जान प्रस्ताव गरेका छन् ।

बैठकमा बोल्दै उनले भने, ‘युवाहरूको भर्ती खोलेर पार्टी निर्माणका जिम्मा दिनु पर्दछ । युवाहरूलाई निराश बनाएर पार्टीमा उत्साह आउँदैन । उमेरहदका कारण बिदा हुने विद्यार्थीहरूलाई सबै तहमा प्राथमिकताका साथ यहीँबाट न्यायोचित निर्णय गरेर जाउँ ।’

तामाङले वर्तमान सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङमाथि गर्न लागेको कारबाहीबारे पनि बैठकमा धारणा राखे ।

‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएमा तत्काल पार्टी सडक संघर्षमा जानुपर्छ,’ उनले भने ।

अध्यक्ष प्रचण्डको नेतृत्वको विकल्प पार्टीमा नभएको तर्क अघि सार्दै तामाङले भने, ‘प्रचण्ड पोश्चर नै माओवादीको विगत, वर्तमान र भविष्य हो, पार्टी पदाधिकारीमा पनि आशालाग्दा नेताहरू हुनुहुन्छ । उहाँहरूको पासपोर्ट साईजको फोटोको पनि कार्यकर्तालाई हेक्का छ । उहाँहरूले धैर्यता गर्नुपर्दछ । माओवादीलाई २०६४ सालमा फर्काउनका लागि पार्टीमा एकता र केन्द्रीकरण जरुरी छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम एसियाली द्वन्द्वको असर : मल खरिद टेन्डर असफल, असारपछि आपूर्ति अनिश्चित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

प्रचण्डसँग एकताको छलफल नभएको ओलीको दाबी, ‘सिद्धान्त मिलेसँग मात्रै सहकार्य’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभए...

सरकारी कर्मचारीको तलब अब महिनाको दुई पटक

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ। अर्थ मन्त्रालयले हालसम्म महिना भुक्तान भएपछि मासिक रूपमा दिइँदै आएको त...

‘१०० रुपैयाँ’को भन्सार कडाइ : सीमामा उकुसमुकुस, जनजीवन प्रभावित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

चामल र पेट्रोल महँगिँदा विद्यार्थी किन चुप बसेका छन्ः पूर्वमन्त्री झाँक्री

काठमाडौँ। पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दुःखमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गरेकी छ...

डोकोमा श्रीमती, काँधमा वाचा : कम्मानेको अपूरो आशा

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...

२१ दिनपछि ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...

जलेश्वरमा हावाहुरी : टेम्पुमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदातीन जनाको मृत्यु

सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending