Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

सन् २०२३ मा सामसुङ इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफामा ८४.९ प्रतिशतले गिरावट

खबरडबली संवाददाता

एजेन्सी । दक्षिण कोरियाको प्रबिधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले गत वर्षको आम्दानीमा दोहोरो अङ्कको गिरावट बेहोरेको छ ।  स्थानीय रूपमा निर्मित ब्राण्डहरूको कमजोर विश्वव्यापी मागले चिप्सबाट हुने आम्दानी घट्दा घाटा निम्त्याएको कम्पनीले बुधबार जनाएको छ ।  

सन् २०२३ मा सामसुङको परिचालन मुनाफा ८४.९प्रतिशतले घटेर ६.५७ ट्रिलियन   पुगेको छ ।
पछिल्लो समयमा  विश्वव्यापी वित्तीय सङ्कटले विश्व अर्थतन्त्रलाई तहसनहस पारेको छ । राजस्व १४.३ प्रतिशतले घटेर २५८.९४ ट्रिलियन ओन तथा शुद्ध आय ७२.२ प्रतिशतले घटेर १५.४९ ट्रिलियन ओन पुगेको छ ।
अक्टोबर–डिसेम्बरको तीन महिनामा मात्रै परिचालन मुनाफा ३४.४ प्रतिशतले घटेर २.८२ ट्रिलियन ओन पुगेको छ ।
चौथो त्रैमासिकमा राजस्व ३.८ प्रतिशतले घटेर ६७.७८ ट्रिलियन ओन र शुद्ध आय ७३.४  प्रतिशतले घटेर ६.३४ ट्रिलियन ओन पुगेको छ ।

सामसुङको चिप बनाउने व्यवसायले चौथो क्वाटरमा २१.६९ ट्रिलियन ओनको राजस्वमा परिचालन घाटा २.१८ ट्रिलियन ओन रेकर्ड गरेको छ । चौथो क्वाटरको मेमोरी चिप्स व्यवसायले अघिल्लो त्रौमसिकको तुलनामा मोबाइल उपकरण र चिप्सको बलियो मागसँगै उत्पादन गर्ने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा विस्तारित लगानीका कारण सर्भरको मागमा सुधार देखाएको कम्पनीले जनाएको छ ।

एलएसआईले चौथो त्रैमासिकमा आविस्कारसम्बन्धी आम्दानीमा सुधार  देखाएको छ । तर विश्वव्यापी आर्थिक सुधारमा ढिलाइका कारण धातुजन्य समानको आम्दानीमा गिरावट आएको छ । 

सामसुङको डिस्प्ले प्यानल युनिटले अक्टोबर–डिसेम्बरमा ९.६६ ट्रिलियन ओनको राजस्वमा २.०१ ट्रिलियन ओनको परिचालन मुनाफा भएको बताएको छ । मोबाइल डिस्प्ले व्यवसायले अघिल्लो त्रैमासिकको तुलनामा चौथो त्रैमासिकमा राम्रो प्रदर्शन देखाएको छ । स्मार्ट फोनको माग अलि बढी थियो, ठूलो प्यानल व्यवसायले वर्षको अन्त्यसम्ममा मौसमी टिभीको मागका कारण घाटामा केही कम भएको छ ।

सामसुङको मोबाइल र नेटवर्क डिभिजनले २५.०४ ट्रिलियन ओनको राजस्वमा २.७३ ट्रिलियन ओनको परिचालन मुनाफा दर्ता गरेको छ ।

कम्पनीले ग्यालेक्सी एस २४ श्रृंखलामा ग्यालेक्सी एआईलाई एकीकृत गरेर एआई स्मार्टफोन बजारको नेतृत्व गर्ने लक्ष्य राखेको बताएको छ । सामसुङको टिभी र डिजिटल उपकरण युनिटले त्रैमासिकमा १४.२६ ट्रिलियन ओनको राजस्वमा ५० बिलियन ओनको परिचालन घाटा दर्ता गरेको छ ।

प्रमुख बजारहरूमा उपभोक्ताको भावना बिग्रिएको कारण समग्र टिभीको माग वार्षिक आधारमा कमजोर भएको छ ।  तीव्र प्रतिस्पर्धाको बीचमा लागत बढेको  सामसुङले उल्लेख गरेको छ ।

सन् २०२३ मा सामसुङको कूल पूँजीगत खर्च ५३.१ ट्रिलियन ओन थियो जसमा ४८.४ ट्रिलियन ओन सेमिकन्डक्टर युनिटमा  २.४ ट्रिलियन ओन डिस्प्ले प्यानल डिभिजनमा खर्च गरिएको थियो ।  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुगु देशको ६५औँ साक्षर जिल्ला घोषणा

मुगु । हिमाली जिल्ला मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको छ । ‘बहुभाषिक शिक्षाको प्रवर्द्धन, पारस्पारिक समझदारी र शान्तिका लागि साक्षरता’ भन्ने मूल नारा...

गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा

महोत्तरी । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यप...

एन्फा महिला लिग: एपिएफको १९ गोल

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशमाथि गोल वर्षा गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार ...

प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूतबीच भेट

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कर्टेभलबीच भेटवार्ता भएको छ। दुवै जनाबीच सैनिक मुख्यालय जङ्गी अड्डाम...

बागमती प्रदेशसभाबाट ३ विधेयक सर्वसम्मत पारित

मकवानपुर । आइतबार र सोमबार दुईदिन बसेको प्रदेशसभा बैठकले ३ वटा विधेयक पारित गरेको छ । प्रदेशसभाका दुईवटा समितिबाट दफवार छलफलपछि आएका प्रतिवेदन सहितका ...

जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा

जुम्ला । यहाँका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातारा...

चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना

बेइजिङ । वासिङ्टनले चिनियाँ र रुसी प्रविधि प्रयोग गरी सवारी साधनको बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरेको समाचार सार्वजनिक भएपछि चीनले सोमबार अमेरिकाला...

शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढ्याे

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोगका बिरामीको चाप रहेको छ । अस्पतालमा डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामीको चाप बढेको हो ...

नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु

रौतहट । रौतहटको पूर्विभेग राजदेवी नगरपालिका स्थित एकजना जितिया ब्रतालुको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ ।  राजदेवी ८ लक्ष्मिपुर गाउँ छे...

ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धनुषाको ढल्केवरमा रहेको ढल्केवर सबस्टेसनको अनुगमन तथा निरीक्षण गरेका छन् ।  उनले सोमबार ने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy