काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न थालेपछि भारतले बहुमूल्य धातु आयातमा कडाइ गरेको हो ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले ९९.९ प्रतिशत शुद्धता भएका सिल्भर बारलाई ‘फ्री’ सूचीबाट हटाएर ‘रिस्ट्रिक्टेड’ अर्थात् प्रतिबन्धित सूचीमा राखेको जनाएको छ । अन्य प्रकारका सिल्भर बारको आयातमा पनि नियन्त्रण लगाइएको छ ।
भारत सरकारले यसअघि नै सुनमा लाग्ने आयात शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइसकेको छ । अब चाँदीमा पनि कडाइ गरिएपछि बहुमूल्य धातुको आयात थप घट्ने अनुमान गरिएको छ । प्लाटिनमको आयात शुल्क समेत १५.४ प्रतिशत पुर्याइएको छ ।
भारतीय प्रधानमन्त्री Narendra Modi ले केही दिनअघि नागरिकलाई अनावश्यक रूपमा सुन नकिन्न र अत्यावश्यकबाहेक विदेश भ्रमण नगर्न आग्रह गरेका थिए । त्यसलगत्तै सरकारले सुन–चाँदी आयातमा थप कडाइ गरेको हो ।
भारतले ठूलो परिमाणमा सुन र चाँदी आयात गर्दै आएको छ । तर पश्चिम एसियाली तनावका कारण कच्चा तेलको मूल्य बढिरहेको अवस्थामा बहुमूल्य धातुको आयातले विदेशी मुद्रा सञ्चितिमा थप दबाब पारेको भारतीय सरकारको निष्कर्ष छ ।
सुन, चाँदी र पेट्रोलियम पदार्थको भुक्तानी अमेरिकी डलरमा हुने भएकाले आयात बढ्दा व्यापार घाटा समेत चुलिने खतरा हुन्छ । यही कारण सरकारले ‘अनावश्यक आयात घटाउने’ रणनीतिअन्तर्गत नयाँ नीति लागू गरेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८३ - २२:१२
बढ्दो तापक्रमसँगै गाउँदेखि शहरसम्म सर्पको त्रास, लापरबाहीले निम्त्याउन सक्छ ज्यानै जाने जोखिम
जेष्ठ ३० गते, २०८३ - २१:५९
काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप–२०२६ बिहीबार मध्यरातिबाट सुरु भएसँगै नेपालमा पनि प्रोजेक्टरमार्फत साम...
जेष्ठ ३० गते, २०८३ - २१:४८
विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आइतबार आयोजना गर्ने कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन कांग्रेस नेता शेखर कोइराला र पूर्व महामन्त्री...
जेष्ठ ३० गते, २०८३ - २१:४४
काठमाडौं । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबल हालसम्मकै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने खेल प्रतियोगिता बन्न सक्ने भन्दै विज्ञहरूले चिन्ता ...
जेष्ठ ३० गते, २०८३ - २१:३५
दाङ । दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँप...
जेष्ठ ३० गते, २०८३ - ०८:०९
घोराही (दाङ) । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...
जेष्ठ ३० गते, २०८३ - ०७:५३
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...
जेष्ठ ३० गते, २०८३ - ०७:४६
काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...
जेष्ठ ३० गते, २०८३ - ०७:४५
काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...
जेष्ठ ३० गते, २०८३ - ०७:३०
काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...



प्रतिकृया लेख्नुहोस्: