Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

म्यान्माको जुन्ताद्वारा सङ्कटकाल छ महिना थप

खबरडबली संवाददाता

एजेन्सी । म्यान्माको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बुधबार सङ्कटकालीन अवस्थालाई छ महिनासम्म बढाउन सहमति जनाएको जुन्ताले बताएको छ । यस कदमले सेनाले निर्वाचन गराउन गरेको प्रतिबद्धतामा पुनः ढिलाइ भएको छ । 

जुन्ताले विज्ञप्तिमा भनेको छ, “स्थिति सामान्य नभएको र आतङ्कवादीहरूसँग मुकाबिला गर्ने प्रक्रिया जारी राख्न सक्षम हुनुपर्ने भन्दै कार्यवाहक राष्ट्रपति यु मिन्ट स्वेले आगामी छ महिनाका लागि सङ्कटकालीन अवस्थालाई बढाउने घोषणा गर्नुभएको छ ।”

सन् २०२१ फेब्रुअरीमा सेनाले आङ सान सु कीको सरकारलाई अपदस्थ गर्दा व्यापक विरोध प्रदर्शन भएको थियो र सेनाको कदमप्रति असहमति व्यक्त गर्नेमाथि कारवाही गर्दै सङ्कटकाल घोषणा गरेको थियो । 

नयाँ निर्वाचन गराउने वाचा गरेको जुन्ता सरकारले मुलुकका धेरै भागमा आफ्नो सैन्य विद्रोहका लागि सशस्त्र विरोधको सामना गरिरहेको भन्दै सङ्कटकाललाई धेरै पटक बढाएकाले निर्वाचन गराउन ढिलाइ भइरहेको छ । 

म्यान्माको सेनाले तयार पारेको सन् २००८ को संविधानमा अधिकारीहरूलाई सङ्कटकाल हटेको छ महिनाभित्र नयाँ निर्वाचन गराउनुपर्ने व्यवस्था गरिएको छ । 

जुन्ता सरकारले उक्त संविधान अहिले पनि लागु भएको जनाएको छ । एक स्थानीय अनुगमन समूहका अनुसार असहमति व्यक्त गर्नेमाथि गरिएको कारवाहीमा चार हजार चार सयभन्दा धेरै मानिस मारिएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई एकसय बेच्ने जिम्बु थकालीलाई तीनलाख जरिवाना

काठमाडौं । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।  एमआरपी मूल्य भन...

मुगु देशको ६५औँ साक्षर जिल्ला घोषणा

मुगु । हिमाली जिल्ला मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको छ । ‘बहुभाषिक शिक्षाको प्रवर्द्धन, पारस्पारिक समझदारी र शान्तिका लागि साक्षरता’ भन्ने मूल नारा...

गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा

महोत्तरी । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यप...

एन्फा महिला लिग: एपिएफको १९ गोल

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशमाथि गोल वर्षा गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार ...

प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूतबीच भेट

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कर्टेभलबीच भेटवार्ता भएको छ। दुवै जनाबीच सैनिक मुख्यालय जङ्गी अड्डाम...

बागमती प्रदेशसभाबाट ३ विधेयक सर्वसम्मत पारित

मकवानपुर । आइतबार र सोमबार दुईदिन बसेको प्रदेशसभा बैठकले ३ वटा विधेयक पारित गरेको छ । प्रदेशसभाका दुईवटा समितिबाट दफवार छलफलपछि आएका प्रतिवेदन सहितका ...

जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा

जुम्ला । यहाँका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातारा...

चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना

बेइजिङ । वासिङ्टनले चिनियाँ र रुसी प्रविधि प्रयोग गरी सवारी साधनको बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरेको समाचार सार्वजनिक भएपछि चीनले सोमबार अमेरिकाला...

शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढ्याे

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोगका बिरामीको चाप रहेको छ । अस्पतालमा डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामीको चाप बढेको हो ...

नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु

रौतहट । रौतहटको पूर्विभेग राजदेवी नगरपालिका स्थित एकजना जितिया ब्रतालुको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ ।  राजदेवी ८ लक्ष्मिपुर गाउँ छे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy