म्याग्दी । बेनी नगरपालिका–७ र २ को सिमाना मङ्गलाघाटस्थित डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल संरक्षण थालिएको छ ।
मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे जीर्ण बनेपछि मर्मत थालिएको हो । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठले स्वरुप नबिग्रने गरी पुल मर्मत गर्न लागिएको जानकारी दिए ।
“स्थानीयलाई आवत जावतमा सहज, सुरक्षित बनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पुल मर्मतको काम चालु आर्थिक वर्षभित्रनै सम्पन्न गर्ने लक्ष्य सहित काम थालिएको छ”, उनले भने, “प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल मर्मत गर्न लागेको हो ।”
नदीदेखि पुलको उचाइलाई अहिलेको भन्दा बढाउने र काठको ठाउँमा स्टिल राखिने भएको छ । ४२ मिटर लामो पुलको पुननिर्माण गर्न करिब रु ४५ लाख लागत अनुमान गरिएको प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमका प्राबिधिक दयाराम शाहले बताए । पर्खाल भत्काएर पुरानै ढुङ्गाबाट नयाँ बनाउने, पुरानै लठ्ठालाई तन्काएर राखिने उनले बताए ।
जिल्लाकै पुरानो र स्थानीय स्रोतसाधनलाई प्रयोग गरी बनाइएको पुल जीर्ण बनेपछि चार वर्षअघि बेनी नगरपालिकाको पहलमा सामान्य मर्मत गरिएको थियो । अहिले पुल जीर्ण छ । पुल जीर्ण बनेपछि आवतजावतमा समस्या र जोखिम भएको छ । पुरानो र ऐतिहासिक महत्वको पुलको काठ कुहिएको छ । जालीमा खिया लागेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...
मंसिर २९ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको आगामी फागुन २१ गते तोकिएको निर्वाचनको मितिमा कुनै पनि प्रकारको दाँयाबाँया नगरी सम्पूर्ण ध्यान ...
मंसिर २९ गते, २०८२ - १७:५५
मोरङ । मोरङमा भएका भिन्दाभिन्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना किशोरी घाइते भएकी छन् । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–६, गैरीगा...
मंसिर २९ गते, २०८२ - १७:५२
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा अमेरिकी अर्थतन्त्रलाई ‘इतिहासकै सबैभन्दा ठूलो’ ब...
मंसिर २९ गते, २०८२ - १७:४९
सुर्खेत । नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियामा विशेष चासो व्यक्त गरेका छन् । शनिबार सुर्खेतमा...
मंसिर २९ गते, २०८२ - १७:४६
सिराहा । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्रीय कार्यसमितिले सर्वसम्मत रूपमा सिफारिस गरेका उम्मेदवारहरूको नामावलीमा जिल...
मंसिर २९ गते, २०८२ - १७:४३
ढाका । सुडानको अबियेई क्षेत्रमा रहेको संयुक्त राष्ट्रसङ्घको आधार शिविरमा भएको आक्रमणमा बङ्गलादेशी सेनाका ६ जना शान्तिसेनाको ज्यान गएको छ भने ८ जना घाइ...
मंसिर २९ गते, २०८२ - १७:४१
टोकियो । जापानका हाईस्कुल विद्यार्थीमध्ये करिब १० प्रतिशतले चिकित्सकको सल्लाहविना सेवन हुने औषधि पछिल्लो वर्षमा बारम्बार प्रयोग गरेको बताएका छन् । ...




प्रतिकृया लेख्नुहोस्: