Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दम्पतीलाई किन तोकियो १४ वर्ष जेल सजाय ?

खबरडबली संवाददाता

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बिबीलाई भ्रष्टाचारको मुद्दामा बुधवार एउटा अदालतले १४ वर्षको कारावास सजाय सुनाएको छ।

यसअघि खानलाई राज्यको गोपनीयता भङ्ग गरेको अर्को अभियोगमा मङ्गलवार १० वर्षको जेल सजाय सुनाइएको थियो। दुवै सजाय सँगसँगै जाने ठानिएको छ। तर त्यसको आधिकारिक पुष्टि हुन भने बाँकी छ।

पाकिस्तानमा हुन लागेको निर्वाचनको एक साताअघि खानलाई दुइटा मुद्दामा सजाय तोकिएको हो। आगामी निर्वाचनमा इमरान खानलाई प्रतिस्पर्धा गर्न यसअघि नै रोक लगाइएको छ।

सन् २०२२ मा विपक्षीहरूले प्रधानमन्त्रीबाट हटाएका खानले यसअघि नै भ्रष्टाचारको एउटा मुद्दामा दोषी ठहर भएपछि तीन वर्षको कैद भोगिरहेका छन्।

उनले आफूविरुद्ध लगाइएका मुद्दाहरू राजनीतिक उद्देश्यले प्रेरित भएको बताएका छन्। भ्रष्टाचारसँग सम्बन्धित मुद्दा हेर्ने इस्लामाबादस्थित एउटा अदालतले सजाय सुनाएपछि खानकी पत्नी बुशरा बिबी जेल पुगेकी थिइन्। उनलाई त्यहीँ पक्राउ गरिएको हो।

खानले बुधवार सुनाइएको फैसलाबारे टिप्पणी गरिसकेका छैनन्। यद्यपि उनले मङ्गलवारको फैसलाको चर्को आलोचना गरेका थिए।

सामाजिक सञ्जाल एक्समा मङ्गलवार सार्वजनिक एउटा विज्ञप्तिमा उनले आफ्ना समर्थकहरूलाई "शान्त रहँदै फेब्रुअरी ८ मा आफ्नो मतद्वारा प्रत्येक अन्यायको प्रतिशोध लिन" आह्वान गरेका थिए।

डेढ अर्ब रुपैयाँ जरिबाना, दुईवटा मुद्दा

अदालतले खान दम्पतीलाई डेढ अर्ब पाकिस्तानी रुपैयाँ जरिबाना समेत तिर्न आदेश दिएको छ।

यसअघि खानले नेतृत्व गरेको तहरिक-ए-इन्साफ पार्टी (पीटीआई)का अध्यक्षले अदालतले खानलाई प्रतिरक्षाको मौका नदिएको दाबी गरेका छन्। उच्च अदालतले उनलाई तोकिएको जेल सजायको फैसला उल्ट्याउने विश्वास उनको दलका नेताहरूले गरेका छन्।

उनका वकिलले पाकिस्तान उच्च अदालतमा खानविरुद्ध तोकिएका सजायको पुनरावेदन गरिने बताएका छन्।पीटीआईका अनुसार अदालतको सजायले खानलाई १० वर्षसम्म सार्वजनिक पदमा रहनबाट समेत वञ्चित गर्ने छ।

खान कुनै बेला अन्तर्राष्ट्रिय क्रिकेटमा ख्यातिप्राप्त पाकिस्तानी खेलाडी थिए। उनी पछि राजनीतिमा प्रवेश गरे अनि देशको प्रधानमन्त्री समेत बने। गत अगस्टमा पक्राउ परेका खान अहिले रावलपिन्डीस्थित जेलमा छन्।

इमरान खान र बुशरा बिबीको बिहे

यसअघि धरौटीमा रिहा भएकी उनकी पत्नी बुधवार कारागारमा उपस्थित भएकी हुन्। सन् २०१८ मा खान प्रधानमन्त्री हुनुभन्दा केही महिनाअघि मात्रै उनको बुशरा बिबीसँग बिहे भएको थियो।

खान प्रधानमन्त्रीको पदमा हुँदासम्म उनी खासै चर्चामा आएकी थिइनन्। खान प्रधानमन्त्री हुँदा प्राप्त भएका राजकीय उपहारहरू निजी प्रयोजनका लागि राखेको वा बिक्री गरेको आरोप खान दम्पतीलाई लागेको थियो।

बुधवार अदालतले त्यही मुद्दामा फैसला सुनाएको हो। खान दम्पतीले त्यस्तो आरोप अस्वीकार गर्दै आएका छन्।

तोशाखाना के हो ?

सन् २०२२ को अक्टोबरमा पाकिस्तानको निर्वाचन आयोगले तोशाखाना मुद्दामा खानलाई अर्को पाँच वर्षको लागि चुनाव लड्न अयोग्य ठहर गरेको थियो।

निर्वाचन आयोगले इमरान खानले सत्तामा रहँदा तोशाखाना (सरकारी स्वामित्वको एक विभाग) बाट पाएका उपहारबारे अधिकारीहरूलाई सही जानकारी नदिएको बताएको थियो।

खानले निर्वाचन आयोगलाई बुझाएको विवरणमा ती सम्पत्तिबारे उल्लेख गरिएको थिएन। त्यसपछि आयोगले खानलाई प्रधानमन्त्री हुँदा आफूले पाएका उपहारहरू बेचेको र उनलाई फौजदारी कानुनमार्फत् सजाय दिनुपर्ने भन्दै जिल्ला अदालतमा उजुरी दिएको थियो।

उक्त मुद्दामा उनलाई तीन वर्षको जेल सजाय सुनाइएको थियो। पाकिस्तानमा सन् १९७४ मा तोशाखाना स्थापना भएको थियो। यो मन्त्रिपरिषद्‌मातहत रहेको एउटा विभाग हो।

तोशाखानामा प्रधानमन्त्री, राष्ट्रपति, राज्यप्रमुख, मन्त्री, सांसद वा अन्य वरिष्ठ अधिकारीहरूले विदेश भ्रमणका क्रममा प्राप्त गरेका बहुमूल्य उपहार राखिन्छ।

कुनै पनि विदेशयात्राको क्रममा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले ती उपहारहरूको अभिलेख राख्छन् र स्वदेश फर्किएपछि तोशाखानामा जम्मा गरिन्छ।

तोशाखानामा राखिएका सामानलाई कोसेली मानिन्छ। त्यहाँ राखिएका सामान मन्त्रिपरिषद्को स्वीकृतिपछि मात्र बिक्री गर्न मिल्छ। त्यस्ता उपहारको मूल्य ३०,००० रुपैयाँभन्दा कम भएमा त्यसलाई पाउने व्यक्तिले आफूसँग सित्तैमा राख्न सक्छ।

उपहारको मूल्य बढी भएमा त्यसको लागतको ५० प्रतिशत रकम तिरेर खरिद गर्न सकिन्छ। सन् २०२० अघिसम्म सामानको वास्तविक मूल्यको २० प्रतिशत मात्रै जम्मा गर्नुपर्ने नियम थियो।

त्यस्ता उपहारमा सामान्यतया महँगा घडी, सुन र हीराका गहना, अरू महँगा गहना, कोसेली, हीराजडित कलम र गलैँचा पर्छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending