काठमाडौं । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैंकक प्रस्थान गर्न लागेका यात्रुको झोलाबाट पैसा चोरी गरेको आरोपमा नेपाल वायुसेवा निगमका लोडर पक्राउ परेका छन् । याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको आरोपमा दैलेख महावु गाउँपालिका–३ घर भई काठमाडौं काँडाघारी बस्ने ३५ वर्षीय देव बहादुर सुनार बुधबार दिउँसो पक्राउ परेका हुन् ।
याङ्गहाङले आफ्नो थाई भाट चोरी भएको भनी निवेदन दिए पश्चात् सिसिटिभी समेतको अवलोकन गरी प्रारम्भिक अनुसन्धान गर्दा देवबहादुरको गतिविधि शङ्कास्पद देखिएकोले नियन्त्रणमा लिएर अनुसन्धानको क्रममा उनले उक्त थाई भाट चोरी गरेको खुल्न आएको प्रहरीको भनाई छ ।
साथै उनको शरीर तथा लकर तलासी गर्दा विभिन्न दरका थाई भाट १९ हजार ४ सय समेत बरामद भएको छ । उनलाई थप अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - ११:२१
काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...
आश्विन ४ गते, २०८१ - ११:१६
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...
आश्विन ४ गते, २०८१ - ११:१३
काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...
आश्विन ४ गते, २०८१ - ११:११
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...
आश्विन ४ गते, २०८१ - ११:०१
रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...
आश्विन ४ गते, २०८१ - ११:००
काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...
आश्विन ४ गते, २०८१ - १०:१७
बागलुङ । धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...
आश्विन ४ गते, २०८१ - १०:०९
हेटौंडा । विभिन्न आन्दोलन तथा संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ। जनताबाट निर्वाचित प्रतिनिधिले ...
आश्विन ४ गते, २०८१ - १०:००
काठमाडौं। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ। असोज १० देखि १२ गते...
आश्विन ३ गते, २०८१ - १९:५५
काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...
प्रतिकृया लेख्नुहोस्: