Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

जनकपुरधाम साहित्य, कला तथा अन्तराष्ट्रिय नाट्य महोत्सव सुरु

खबरडबली संवाददाता

धनुषा । जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० सुरु भएको छ । मधेस प्रदेशको उद्योग वाणिज्य मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र मैथिली विकास कोषको संयुक्त आयोजनामा पाँच दिवसीय महोत्सव सुरु भएको हो ।

महेन्द्रनायारण निधि मिथिला संस्कृति केन्द्रमा विहीबार एक समारोहबीच पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले महोत्सवको समुद्घाटन गरे । मैथिली भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवर्द्धन विकासका निम्ति महोत्सवको आयोजना गरिएको मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले बताए । 

महोत्सवको समुद्घाटन समारोहमा प्रमुख प्रतिथि पूर्वप्रधानमन्त्री नेपालसहित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृृषेशचन्द्र लाल, नेकपा (एमाले)का सचिव योगेश भट्टराई, मधेस प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिताकुमारी यादव, मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्त, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, वरिष्ठ साहित्यकार प्राध्यापक डा राजेन्द्र विमललगायतका विशिष्ट व्यक्ति सहभागी थिए । 

पाँच दिवसीय महोत्सवमा विभिन्न विषयमा विमर्श हुनुका साथै सांस्कृतिक झाँकी, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाटक, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी, विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितासहित सांस्कृतिक कार्यक्रम हुनेछ ।

महोत्सवमा नेपाल र भारतका कलाकारले आठवटा नाटक प्रदर्शन गर्नेछन् । पहिलो दिन हिउँको पृथ्वी यात्रा, दोस्रो दिन तिनिता रङ्गीन, विरजु विल्टु आ बाबु तेस्रो दिन, मन मञ्च, काँट चौथो दिन, सामचको सामचको अविहा हे, दुःखहि जनम भेल र पाँचौँ दिन जोगाड् नाटक मञ्चन हुनेछ ।

महोत्सवमा नेपाल–भारतका मिथिला क्षेत्रका रङ्गकर्मी तथा गायकको प्रस्तुति रहनेछ । कलाकारहरू रञ्जना झा, प्रिया मल्लिक, सुनिलकुमार मल्लिक, आभाष लाभ, नवीन मिश्र, पुनम मिश्र, प्रियाराज, ललित कामत, नेहा प्रियदर्शनी, अमर आनन्द, हरिशङ्कर चौधरी, रविराज साह, सुभाष विरपुरिया, जुली झा, रामनारायण ठाकुर, मोहित खण्डेवाल, हृदय रामयसहितको सहभागिता रहनेछ ।

नेपाल र भारतका विद्वान्, विदुषी, सामाजिक अभियन्ता, रङ्गकर्मी तथा राजनीतिकर्मीको सहभागिता रहने सो महोत्सवमा सङ्घीयता, भाषा नीति, साहित्यका विभिन्न विधा तथा समाजको वर्तमान अवस्थाप्रति मन्थन हुने कोषका अध्यक्ष चौधरीले बताउनुभएको छ ।

महोत्सवको पहिलो दिन आज ‘नव घर उठ्य, पुरान घर...?’ शीर्षकमा रमेश रञ्जनको सहजीकरणमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, नेकपा (एमाले)का नेता योगेश भट्टराई, नेकपा (एकीकृत समाजवादी)की नेत्री रामकुमारी झाँक्री, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम र पूर्वराजदूत विजयकान्त लाल कर्ण सांस्कृतिक बहसमा सहभागी थिए । 

तत्कालीन जिल्ला विकास समिति धनुषाको निर्वाचित जनप्रतिनिधिले २०५८ सालमा स्थापना गरेको कोषले प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना गर्दै आएको महोत्सव २०७३ सालदेखि निरन्तर भइरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE