Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

खेलकुद क्षेत्रको विकासमा सबैले ध्यान दिनुपर्छ: खड्का

खबरडबली संवाददाता

ललितपुर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासमा सबैले ध्यान दिनुपर्ने बताएका छन् । 

नेपाल कराँते महासङ्घ जिल्ला प्रमुख डोजो ललितपुरद्वारा विहीबार सातदोबाटोमा आयोजित तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिताको उद्घघाटन समारोहमा उपप्रधानमन्त्री खड्काले तीन तहका सरकार मिलेर मुलुकको खेलकुदलाई प्रोत्साहित गर्नुपर्ने बताए ।

उनले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गरेर स्वर्ण पदक ल्याउने प्रतिभाशाली खेलाडी उत्पादन गर्नका लागि खेलकुद क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए । “अन्तर्राष्ट्रियस्तरमा स्वर्णपदक हासिल गर्ने प्रतिभाशाली खेलाडी उत्पादन गर्नका लागि खेलाडीलाई खेलप्रति उत्साहित बनाउँदै प्रोत्साहन गर्नुपर्छ । खेलाडीलाई प्रोत्साहन गर्न, उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सक्षम बनाउन आगामी बजेट निर्माणका क्रममा खेलाडीको सेवासुविधामा ध्यान दिनेछौँ”, उपप्रधानमन्त्री खड्काले भने । 

उनले मुलुक र जनताप्रति समर्पित भएर सबैलाई मार्गनिर्देश गर्नुहुने सादगी राजनेता कृष्णप्रसाद भट्टराईको नाममा प्रतियोगिता सञ्चालन गरेकामा आयोजकलाई हार्दिक धन्यवाद व्यक्त गरे । 

उपप्रधानमन्त्री खड्काले २०५५/५६ मा खेलकुदमन्त्री हुँदा रोकिएर रहेका पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गराएर खेलकुदका कार्यक्रमलाई नियमित गराएको स्मरण गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै, यस्तो छ नेपालको प्लेइङ- ११

काठमाडौं । नेपालले आइसीसी विश्वकप लिग- २ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यस खेलमा नेपालले टस जितेर पहिल...

बागलुङमा दुई वर्षदेखि खेलमैदान अलपत्र

बागलुङ । बागलुङ नगरपालिका–४ ओडारचौरमा नौ वर्ष अघि सुरु निर्माण भएको बहुउद्देश्यी खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षदेखि कुनै पनि निकायबाट...

भरतपुरको मुख्यबजार क्षेत्रको ६ लेन सडक निर्माण अन्तिम चरणमा

चितवन । भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको यहाँको सहरी क्षेत्रको छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्त...

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके निर्वाचित

एजेन्सी । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले राष्ट्रपतिमा दिसानायके विजयी भए...

रौतहट राजपुरका दुई वडामा हैजा फैलियो

रौतहट । रौतहटको राजपुर नगरपालिकाको दुई वटा वडामा हैजा रोग फैलिएको छ । पछिल्लो तिन दिनमा राजपुर नगरपालिकाको वडा नम्बर ३ र ४ मा हैजाको लक्षणसहितका बिराम...

संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैनः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्नेकुरा उठाउँदा तर्सिनुपर्ने र झस्किनुपर्ने आवश्यकता नरहेको बताएका छन् ।  आइतवार सिंहदरबारमा संव...

कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन

विराटनगर । नेकपा एमाले-कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ ।  आइतबार सत्तापक्षीय संसदीय दलको संय...

मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानमा सयौँ पक्राउ

क्वालालम्पुर । मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३ सय ५५ संदिग्धलाई...

रास्वपाका कार्यकर्ताहरूलाई पार्टी कार्यालयमा भेला हुन सर्कुलर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ । मोबाइलमा ...

पक्राउ परेका व्यवसायी प्रसाईं काठमाडौं जिल्ला अदालतमा पेस

काठमाडौं । पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।  आइतबार उनलाई जिल्ला अदालतमा पेस गरिएको हो । त्यसअघि उनला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy