Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

मलेसियाका पूर्वप्रधानमन्त्री नजिबको कारागार सजायले आधा घटाइयो

खबरडबली संवाददाता

एजेन्सी । मलेसियाले भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पूर्वप्रधानमन्त्री नजिब रजाकको कारागार सजाय आधाले घटाएर छ वर्ष बनाएको मुलुकको क्षमा बोर्डले शुक्रबार बताएको छ । 

अर्बौं डलरको एमडिबी वित्तीय घोटालामा सार्वजनिक सम्पत्तिको दुरुपयोगसँग सम्बन्धित अपराधमा नजिबलाई सन् २०२२ मा १२ वर्षको कारागार सजाय सुनाइएको थियो । “राय र सल्लाहमाथि विचार गरेपछि क्षमा बोर्डले नजिब रजाकको सजाय र जरिवानामा ५० प्रतिशतले कटौती गर्ने फैसला गरेको छ”, विज्ञप्तिमा भनिएको छ । 

एक उत्तराधिकारीलाई सिंहासन हस्तान्तरण गर्नु दुई दिनअघि पूर्वराजा सुल्तान अब्दुल्लाको अध्यक्षतामा रहेको क्षमा बोर्डको सोमबारको बैठकले उक्त निर्णय गरेको हो । बोर्डमा अन्य अधिकारीका साथै महान्यायाधिवक्ता पनि रहेका थिए । 

लामो सुनुवाइपछि नजिबलाई सन् २०२० मा पूर्व एमडिबी एकाइ एसआरसी इन्टरनेसनलबाट आफ्नो निजी बैंक खातामा चार करोड २० लाख रिङ्गिट ८९ लाख अमेरिकी डलर) को हस्तान्तरणमा सत्ताको दुरुपयोग, मनी लन्ड्रिङ र आपराधिक उल्लङ्घन गरेको दोषी पाइएको थियो । 

कारागार सजाय उल्ट्याउने उनको प्रयासलाई मुलुकको सर्वोच्च अदालतले खारेज गरेको थियो । सन् २००९ देखि सन् २०१८ सम्म प्रधानमन्त्री रहेका ७० वर्षीय नजिबले निष्पक्ष सुनुवाइ नभएको दाबी गरेका थिए । उनले एक न्यायाधीशको स्वार्थको द्वन्द्व भएको र आफ्नो कानूनी टोलीलाई मुद्दाका कागजातहरू अध्ययन गर्न पर्याप्त समय नदिइएको आरोप लगाएका थिए । 

मलेसियाका राजनीतिक संरक्षक महाथिर मोहम्मदको विपक्षी गठबन्धनले सन् २०१८ को निर्वाचनमा घोटालाका आक्रोशका बिच उनलाई सत्ताबाट बाहिर पुर्याएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending